सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

सुदूरपश्चिम खबर सुदूरपश्चिम खबर
फाल्गुन ११, २०७७
1 मिनेट पाठ

काठमाडौं ः प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बालवाटारस्थित प्रधानमन्त्री निवासमा बिहान १० बजेका लागि बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए। उनले नियमित बैठक भनेर बोलाइएको बताए।

महाशिवरात्रिको अवसरमा बैतडीमा भलिबल प्रतियोगीता हुँदै

फाल्गुन १५, २०७७
47

वेदकोट नगरपालिकाको आठौं नगर सभा सम्पन्न (फोटो पिचर)

फाल्गुन १५, २०७७
21

सुरक्षा परिषद्को बैठक सकिए लगत्तै मन्त्रिपरिषद् बैठक बस्न लागेको हो। मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमलाई मध्यनजर गर्दै सुरक्षा परिषद्को बैठक बोलाइएको हो। स्रोतका अनुसार आज सुरक्षा परिषद्को बैठक र मन्त्रिपरिषद् बैठकबाट विप्लव नेतृत्वको नेकपामाथि सरकारले लगाएको प्रतिबन्ध फुकुवा हुनसक्ने सम्भावना छ।

शनिबार विज्ञप्ति सार्वजनिक गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले सरकारसँग वार्ता गर्न सकारात्मक रहेको जनाएका थिए। विप्लवले सहज रुपमा गतिविधि र कार्यक्रम गर्ने वातावरण बने सरकारसँग वार्ता हुने बताएका हुन्।

सरकारले विप्लवको यो कदमलाई सकारात्मक भनेको छ। ‘उहाँहरू (विप्लव)ले जुन वक्तव्य पछिल्लो पटक सार्वजनिक गर्नुभएको छ, त्यो सकारात्मक छ। उहाँहरू शान्तिपूर्ण धारमा आउन खोज्नु हुँदा सरकारले त्यसलाई आवश्यक वातावरण बनाउँछ’, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अन्नपूर्ण पोस्ट्सँग भने, ‘त्यसमा इमानदारीपूर्वक प्रक्रिया अगाडि बढोस् भन्ने सरकारको चाहना छ। सरकारले पनि त्यसको प्रतिक्रिया छिट्टै दिन्छ। आवश्यक कुरा हामी छिट्टै मिलाउँछौँ।’

सम्भवतः आज बस्ने मन्त्रिपरिषद् बैठकले विप्लवको वक्तव्यलाई सम्बोधन गरी प्रतिबन्ध फुकुवा र औपचारिक पत्रका विषयमा निर्णय लिने तयारीमा सरकार जुटेको छ।

सरकारले प्रतिबन्ध फुकुवा गरे वार्ताका लागि सकारात्मक रहेको सन्देश विप्लवले विज्ञप्तिमार्फत् दिएका हुन्। ‘हाम्रो क्रान्ति राष्ट्र, समाज, अग्रगामी रुपान्तरण एवम् जनसमुदायको हित र अधिकारका लागि गरिएको सचेत पहल हो’, शनिबार विप्लवले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘यसको प्रक्रियामा आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्रो पार्टी सरकारसँग संवाद र वार्ताको लागि सकारात्मक रहेको विषय सबैमा जानकारी गराउँदछौँ।’

सरकारले ०७५ फागुन २८ गते विप्लवका गतिविधि हिंसात्मक देखिएको भन्दै उनी नेतृत्वको पार्टीमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। त्यसयता दुवै पक्षले एकअर्कालाई गलाउने गर्दै वार्तामा ल्याउन अनेक अनौपचारिक प्रयास जारी राख्दै आएका थिए।

प्रधानन्यायाधीश र प्रधानसेनापतिबीच भेटवार्ता अर्थपूर्ण !
सिंहदरबारमा सुरक्षा परिषद्को आकस्मिक बैठक
सरकारले ८ भदौ ०७६ मा पूर्वमन्त्री सोमप्रसाद पाण्डेको नेतृत्वमा वार्ता टोली गठन गरेको थियो। पाण्डेले त्यही बेला विप्लव पक्षका गुणराज लोहनी, अनिल शर्मा, चिरन पुनलगायत नेतासँग छलफल गरेका थिए।

पछिल्लो चरण सत्तारुढ पार्टी नै विभाजित हुन पुगेको अवस्थामा विप्लवलाई वार्तामा ल्याउने, सार्थक वार्ता भए त्यसको राजनीतिक लाभ उठाउने निष्कर्षमा सरकार पुगेको थियो। यस्तै, प्रतिबन्ध फुकुवा गरी विचार मिल्ने वाम पार्टीसँग रणनीतिक मोर्चादेखि पार्टी एकतासम्म गरेर अगाडि जाने वातावरण बनाउन वार्ता अनिवार्य देखिएको थियो।

यसअघि सुरक्षा परिषद्को बैठक कात्तिक ५ मा प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको थियो। सुरक्षा परिषद्को प्रमुखमा प्रधानमन्त्री रहने व्यवस्था छ। प्रधानमन्‍त्री अध्यक्ष रहने राष्ट्रिय सुरक्षा परिषदमा सदस्यमा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्यसचिव र प्रधानसेनापति रहने व्यवस्था छ। परिषद्को सदस्यसचिव भने रक्षाका सचिव हुन्छन्। अन्य सुरक्षा निकायका प्रमुखहरूलाई बैठकमा आमन्‍त्रितका रुपमा बोलाउने चलन छ।

सोमबार मात्र प्रधानसेनापति पूर्णचन्द्र थापा सर्वोच्च अदालत पुगेर प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरासँग भेटवार्ता थिए।नेपाली सेनाका प्रवक्ता सहायकरथी सन्तोषबल्लभ पौडेलले सेनापति सर्वोच्च अदालत पुगेर सर्वोच्चले भोग चलन गरेको सेनाको स्वामित्वको नौ रोपनी जग्गा प्राप्ति र हस्तानान्तरणका विषयमा छलफल गरेको जानकारी दिएका थिए। तर निकै संवेदनशील घडीमा भएको यो आकस्मिक भलाकुसारी जग्गा मामिलामा मात्रै सिमित नभएको आशंका गरिएको छ। पुस ५ गते प्रधानमन्‍त्री केपी ओलीले गरेको संसद विघटनको मुद्दामा सर्वोच्चले यसै साता फैसला सुनाउँदैछ। अन्नपूर्णपोस्ट बाट सभार

सिफारिस

बैतडी

महाशिवरात्रिको अवसरमा बैतडीमा भलिबल प्रतियोगीता हुँदै

फाल्गुन १५, २०७७
47
मुख्य समाचार

वेदकोट नगरपालिकाको आठौं नगर सभा सम्पन्न (फोटो पिचर)

फाल्गुन १५, २०७७
21
मुख्य समाचार

भेट्छौ अनि छुट्टिन्छौ कुरा खास गर्दैनौ : धर्मानन्द भट्ट

फाल्गुन १५, २०७७
12
मुख्य समाचार

‘सरकारले अविश्वास प्रस्तावको डटेर सामना गर्छ, आउने परिणाम स्वीकार्छ’

फाल्गुन १४, २०७७
13
मुख्य समाचार

आईपीओको नतिजा अब तीन ठाउँबाट मात्रै हेर्न पाइने

फाल्गुन १४, २०७७
7
मुख्य समाचार

गृह मन्त्रालयद्वारा ३६ जिल्लाका सिडिओको सरुवा (सूची सहित)

फाल्गुन १४, २०७७
19
अर्को

विद्यार्थी कुट्ने बैजनाथ सिद्धनाथ माविका प्रधानाध्यापक पक्राउ

सर्वोच्चको फैसलापछि कांग्रेस र जसपाले के गर्ला ?

  • लोकप्रिय
  • प्रतिक्रिया
  • सिफारिस

बैतडीमा गाईलाई गोठमा बाँधने बेला हान्दा एक महिलाको मृत्यु !

माघ १७, २०७७

बैतडीमा विद्यालय गएकी १७ बर्षीया किशोरी हत्या गरि फालिएको अवस्थामा फेला !

माघ २२, २०७७

भागरथीको शव आज दाहसंस्कार गरिदैँ : गोठलापानी बजार देखि सेरासम्म शवयात्रा निकालिने !

फाल्गुन ७, २०७७

दिनेश भट्टका बुबाले गरे भागरथी भट्टको हत्या भएको दिन बारे यस्तो खुलाशा !

फाल्गुन ८, २०७७
radio7star.org बाट साभार

दोगडाकेदारमा गुपचुप भएका ५ वटा हत्याका घटनाहरु !

फाल्गुन ३, २०७७

महाशिवरात्रिको अवसरमा बैतडीमा भलिबल प्रतियोगीता हुँदै

फाल्गुन १५, २०७७

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधब पक्षको बैतडी जिल्ला कमिटिको बैठक भोली बस्दै !!

फाल्गुन १५, २०७७

जन्मसमय अनुसार यसरी थाहा हुन्छ तपाईको भाग्य !!

फाल्गुन १५, २०७७

वेदकोट नगरपालिकाको आठौं नगर सभा सम्पन्न (फोटो पिचर)

फाल्गुन १५, २०७७

तपाई ३६ वाला कम्मरलाई घटाएर २६ बनाउन चाहानुहुन्छ ? पिउनुहोस् यो स्पेशल ड्रिंक

फाल्गुन १५, २०७७

सुदूरपश्चिम खबर

आशिर्वाद मिडिया प्रा लि
दर्ता नम्बर : २२४७९७-०७६-०७७
सुचना बिभाग दर्ता नम्बर : २१७५-०७७-०७८
संचालक / प्रबन्धक निर्देरशक : मनिषा भट्ट

प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In