सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कमलेश घरडीको-‘लेट इट गो’

“कमलेश घरडी”
भिडभाडमा छोइएको निहुँमा
पैसाको लिनदेन नमिल्दा
पदोन्नतिको सिफारिस नगरिदा
एक सज्जन
जेल परेर फर्केपछि
उ माथीको मानसिक अत्याचार
टुलुटुलु हेरेर
हामी भन्छौ
‘लेट इट गो’ ।

सम्बन्ध बचाउन झुक्दा
खोजिनिती गरेर
रिन निकाली दिदा
अपनत्वको आधार खडा गरिदिदा
झरिरहेका आँसु पुछिदिदा
जब त्यही आफन्त
पैसा फिर्ता माग्दा
ईर्श्यालु नजरले
तिरस्कार गर्छ ।
एक हातले ताली बजेन
बिशादको विकल्प बचेन
लाल्छन उसैलाई लाएर
हामी फेरि भन्छौ
‘लेट इट गो’ ।

भोका भोकै रहे
नाङ्गाका आङ छोपिएन
ओछ्याउन भुमी बाहेक
च्याद्दर छैन
चन्द्रमाको कान्ति

ताराको संख्या गनेर
बिताएका रातका हरेक प्रहर
अरुबाट मानवता खोज्ने उ
कुकुर देख्दा
ढुङ्गा पैले उसैले हिर्काउछ ।
हामी अन्जान सरि भएर भन्छौ
‘लेट इट गो’ ।

World Link Ads
Mahakali Polytechnic

तुफानी मनमा
मुखनेर तारिफ गरेर
पछाडी हातमा हतियार बोक्छ ।
सफलतामा कुटिल मुस्कान छर्न
भुल्दैन अरुको लाशको लागि
फुल र अगरबत्ती
आफ्नो लागि

Dirghayu Ads
Sana Kishan

मलामीको लाइन खोज्ने
फिजिक्स र गणितमा टपरले
पुनःजन्मको आशमा
छोरिको बलि दिदै गर्दा
कुटिल तरिकाले
हामी भन्छौं
‘लेट इट गो’ ।

मजदुरिले पेट पाल्ने
एक बुबा
चन्दा र कर
पेट काटेर चढाउछ ।
पढ्न शहर पठाएको छोरा
‘बा’ लाई पाखे भनेर
ढोग्न बिच्किन्छ ।
सान्त्वना दिदा दिदा
बूढो भाको शरीर
सहारा खोज्दा
त्यही सान्त्वना मात्रै
फिर्ता आयो ।
खाडीको गर्मीमा भत्भती पोल्दा
देश बनाउन सपना देख्ने छोरो
घरमा जुठो थाल
आमाकै पोल्टामा पार्छ ।
निर्लज्ज हामी भनिरहेकै छौ
‘लेट इट गो’ ।

अब त अति भो
मूंढको अगाडी
इसारा गर्न छोडौ ।
ढोंगीको अगाडि
कराउन छोडौ ।
सान्त्वना हैन
साहारा दिऔ ।
मतियार बनेर
अर्थपूर्ण आयु नघटाऔ ।
दुधको दूध, पानीको पानी भनौ
सक्दो समाजसेवा
मिल्दा सपना
भरपर्दो सम्बन्ध

उन्नत समाजका खातिर
अब हामी प्रतिवाद गरौ
नभनौ
‘लेट इट गो’ ।

(scientificjoy.com बाट साभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.