सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैजनाथ सिद्धनाथ विद्यालयका प्रध्यानाध्यापकबाट छात्रामाथि कुटपिट !

269
Sana Kishan

कञ्चनपुर-  बालिका, किशोरी, महिला एव छात्रामाथि हत्या हिंसा बलात्कारजन्य घटना घटिरहेका बेला फेरी कञ्चनपुरको एक सामुदायिक विद्यालयका प्रध्यानाध्यापकले छात्रामाथि निर्धात कुटपिट गरेका छन ।

सोमबार विद्यालयमा भीमदत्त नगरपालिका ९ मटैनाको बैजनाथ सिद्धनाथ माध्यामिक विद्यालयका प्रअ खडक सिह विष्टले कक्षा ९मा अध्ययनरत छात्रा मनिका नाथमाथि कुटपिट गरि घाईते बनाएको हो । छात्रका बाबु पदम नाथले विद्यालय गएकी छोरीमाथि प्रअ विष्टले कुटपिट गरि घाईते बनाएको बताए । ‘छोरी विद्यालय गएकी थिईन, ‘घर आउँदा प्रअले कुटपिट गरेपछि बेहोस भईन, अहिले अस्पताल ल्याएका छौँ, टाउकोमा चोट लागेको छ ।’

Arus
Karnali Traders

छात्राको महाकाली अस्पतालमा उपचार भईरहेको छ । छात्रामाथि कुटपिट गर्ने प्रअ विष्ट प्रहरी नियन्त्रणमा छन । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता अमर बहादुर थापाले छात्रामाथि कुटपिट गरेका प्रअलाई नियन्त्रणमा लिएर घटना बारे अनुसन्धान भईरहेको बताए । घटनाबारे विद्यार्थी संघ सगठन महिला अधिकारकर्मीले बिरोध जनाएका छन ।

घटनाको सत्यतथ्य छानबिन गरि दोषि उपर कार्बाहीको माग अघि सारेका छन । क्रान्तिकारी कञ्चनपुरका नेता हरिससिह ऐरीले घटना निन्दनीय भएको बताउदै दोषि उपर कार्बाहीको माग अघि सारे । अनेरास्ववियू कञ्चनपुरका नेता रमेश पन्तले घटना दुखत भएको बताउदै प्रअमाथि कार्बाहीको माग अघि सारे । अनेरास्ववियू कञ्चनपुरका सह संयोजक ओम बस्नेतले छात्रामाथि प्रअ जस्तो जिम्मेबार व्यक्तिबाट छात्रामाथि भएको घटना भत्र्सनायोग्य भएको बताउदै प्रशासनबाट कार्बाही नगरि प्रअमाथि विद्यार्थीले गर्ने चेतावनी दिए । महिला अधिकारकर्मी शारदा चन्द, मिना भण्डारी, निर्मला भट्ट सहितका अधिकारकर्मीले महिला, बालबालिकामाथि भईरहेका घटनाको भत्र्सना गर्दै दोषि उपर कार्बाहीको माग अघि सारेका छन । भीमदत्त नगर ९का वडाध्यक्ष राम नाथले घटना अत्यन्तै दुखत एव निन्दनिय भएको बताएका छन । पढाउने शिक्षकमाथि गस्ता गैर कानुनी हर्षतबाट विद्यार्थीले के सिक्ने भन्दै प्रशन गरेका छन ।

 

 

 

(janasarokarpost.com बाट साभार)

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.