सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

प्रधानमन्त्री केपी ओली कञ्चनपुर आएकै दिन दलित संघ संगठनद्वारा बिरोध प्रर्दशन !

33
Sana Kishan

ससद विघटन बिरुद्धमा नेकपा प्रचण्ड नेपाल पक्ष, नेपाली काँग्रेस, जसपा, जनमोर्चा लगायतका राजनीतिक दलहरु आन्दोलित भईरहेका बेला कञ्चनपुरका दलित समुदाय समेत आन्दोतिल भएका छन ।

सोमबार प्रंधानमन्त्री केपी शर्मा ओली कञ्चनपुरको बेदकोट नगरपालिका दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास कार्यक्रमका लागि जिल्ला आएकै दिन दलित संघ संगठनले संसद विघटन बिरुद्धमा बिरोध प्रर्दशन तथा सभा गरेका हुन । नेपाल दलित मुक्ति संगठनले कञ्चनपुरको महेन्द्रनगरमा संसद विघटन बिरुद्धमा प्रर्दशन गरेको हो ।

Arus

नेपाल दलित मुक्ति संगठनले कञ्चनपुरका नेता बिनोद नेपालीले प्रतिगमन बिरुद्धमा र दलित समुदायमाथि भएको सरकारी ज्यादती बिरुद्धमा प्रर्दशन गरिएको बताए । कतिपयले नेकपा प्रचण्ड नेपाल पक्षीय दलित नेताहरु भनेपनि उनीहरुले भने सबै राजनीतिक दलका दलित नेता, कार्यकर्ता एव समुदाय सहभागि रहेको बताएका छन ।

Karnali Traders

बिरोध कार्यक्रममा दलित समुदायका नेता कार्यकर्ताहरुले नेपाली जनताले ल्याएको संविधानको हत्या र एकमात्र प्रदेश २का दलित समुदायका प्रदेश प्रमुख तिलक परियारलाई हटाएको बिरोध गरेका थिए । कञ्चनपुरका दलित समुदायका अगुवा गणेश विकले जनयुद्धको पनि दलित समुदायकै युवा पहिलो सहित भएको बताउदै परिर्वतनका लागि दलित समुदायको योगदानको कदर नभएको बताए ।

बिरोध सभामा नेकपा प्रचण्ड नेपाल पक्षीय सुप प्रदेशका अध्यक्ष भानुभक्त जोशी, नेकपा नेता एव पुर्वमन्त्री उर्वादत्त पन्त, पुर्व संसद नन्दसिह सार्कीले संसद विघटन एव दलित समुदायका प्रदेश प्रमुख हटाएको बिरोधभमा भत्र्सना जाहेर गरेका थिए । ईश्वरी सुनारको अध्यक्षतामा भएको कार्यक्रममा रमेश तिरुवाले संचालन गरेका थिए । कञ्चनपुर जिल्लाभरीबाट आएका दलित समुदायले प्रधामन्त्री बिरुद्धमा बिरोध प्रर्दशन गर्दै संसद पूर्नस्थापनाको माग अघि सारेका थिए ।

 

 

(janasarokarpost.com बाट साभार)

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.