सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

महिला लघुवित्तको आईपीओ बाँडफाँड हुँदै ?

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर (आईपीओ) को बाँडफाँड यसै साता हुने भएको छ ।
बुधबारसम्म प्रि–अलोटमेण्ट गरेर शुक्रबारसम्म बाँडफाँड गर्ने तयारी रहेको निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडको स्रोतले जानकारी दिएको छ । हाल संस्थाको आइपीओको डाटा भेरिभाईको काम भइरहेको छ । भेरिभाईको काम सकिए लगत्तै प्रि–अलोटमेण्ट गरिनेछ ।
संस्थाले माघ ३० गते, शुक्रबारबाट फागुन ५ गते, बुधबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४ करोड रूपैयाँ बराबरको ४ लाख कित्ता साधारण सेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेको थियो ।
महिला लघुवित्तको आईपीओको लगानीकर्तालाई ३००५ सम्म बोनस सेयर दिन सक्ने अबस्थामा छौंः कृष्णप्रसाद न्यौपानेउक्त आईपीओमा १५ लाख १९ हजार १ सय २८ जना आवेदकले २ अर्ब ३४ करोड ३३ लाख ७७ हजार रुपैयाँ बराबरको २ करोड ३४ लाख ३३ हजार ७ सय ७० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारणको लागि माग गरिएको ३ लाख ७५ हजार कित्ता भन्दा ६२.४९ गुणा धेरै आवेदन हो । माग भन्दा ६२.४९ गुणा धेरै आवेदन परेको हुनाले यस आइपिओ हात पार्न हम्मेहम्मे देखिन्छ । गोलाप्रथाद्वारा बाँडफाँड गर्दा लगभग ३७ हजार ५ सय जना लगानीकर्ताले १० कित्ताका दरले शेयर हात पार्नेछन् भने बाँकी आवेदकहरूको हात खाली हुनेछ ।
संस्थाले निष्कासन गरेको आईपीओमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात ५ हजार कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात २० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ३ लाख ७५ हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो ।
(arthasansar.com बाट साभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.