सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

वनमन्त्री आलेले भने : १९ बर्षसम्म पुर्नस्थापना हुन नसकेका आरक्षपीडितको अब १९ दिनमै समस्या समधान हुन्छ !

कञ्चनपुर-   वन तथा वातावरणमन्त्री प्रेम बहादुर आलेले कञ्चनपुरका आरक्षपीडितको समस्या १९ दिनमै समाधान हुने बताएका छन । आइतबार चौथो शुक्लाफाँटा पर्यटन महोत्सवको उद्घाटन कार्यक्तममा आरक्षपीडितको ज्ञापन पत्र बुझ्दै मन्त्री आलेले शुक्लाफाँटा निकुञ्जबाट विस्थापित पीडितको छुट्टै आयोग गठन गरेर समस्या समाधान गरिने घोषणा गर्नुभयो ।

‘अब चिन्ता नगर्नुहोस, १९ बर्ष होईन १९ दिन कुर्नु प्रदैन ।’ आरक्षबाट विस्थापित भएको यति लामो समयमसम्म पनि कुनैपनि सरकारले समस्या समाधान गर्न नसकेको बताउदै उनले १९ दिनमै आरक्षपीडितको समस्या समाधान गर्ने बाचा गर्नुभयो । मन्त्री आलेले पर्यापर्यटन विकासका लागि साथै प्रदेशका चिडियाखाना बनाउने बताउदै, खुला चिडियाखानाको अवधारण व्यक्त गर्नुभयो ।

सुदूरमा थुप्रै सम्भावना भएकाले विगतमा पनि यस क्षेत्रबाट थुप्रै मन्त्री भएको स्मरण गराउँदै काठमाण्डौँमा दाह संस्कार गर्नका लागि दाउरा अभाव भएको सन्दर्भमा निःशुल्क दाउरा वितरण गरिने समेत बताए । शुक्लाफाँटा निकुञ्ज भित्र पूर्वाधार विकासका लागि आवश्वयक बजेट दिने बताउदै उनले महाकाली पुल, कोरिडोर विस्तार गरिने बताए । मन्त्री आलेले प्रधानमन्त्री केपी ओलीकै पहलमा महाकालीका पक्की पुल निर्माण भईरहेको बताउदै उनले ६ महिनाभित्रै प्रधानमन्त्रीबाट उद्घाटन गरिने बताए ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

सुदूरपश्चिम प्रदेश सभा सदस्य महेश दत्त जोशीले लामो समयदेखि विस्थापित आरक्षपीडितको समस्या समाधानका लागि सरकार गम्भिर भएर छुट्टै आयोग बनाएर विस्थापितको पुर्नस्थापितमा जोडदिए ।

Dirghayu Ads

आरक्षपीडित संघर्ष समितिका अध्यक्ष हिरासिह भण्डारीले विगतमा पनि मन्त्री, नेताहरुले यस्तै गरि पीडितको समस्या साधान हुन्छ, भन्दै आवश्वासन दिने तर, पुरा नगर्ने प्रवृतिका कारण आफुहरुको समस्या जस्ताको तेस्तै रहेको बताए । आरक्षपीडित संघर्ष समितिका संयोजक भण्डारी सहित पीडितका अगुवा मनबिर ओड, दिपक बोहरा, कालुसिह भण्डारीले वनमन्त्रीलाई ज्ञापन पत्र बुझाएका थिए ।

काँग्रेस सभापति शेर बहादुर देउवाका पालामा ०५८ सालमा शुक्लाफाँटा विस्तारका क्रममा विस्थापित पीडितको अहिलेसम्म पूर्नस्थापना हुन सकेका छैनन । पीडितका नाममा १२ औँ आयोग बनिसक्दा पनि पीडितको समस्या उस्तै रहेको छ । उनीहरु विभिन्न शिबिरमा बस्दै आएका छन ।

(beldandipost.com.np बाट साभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.