बैतडी १० फागुन–
बैतडीमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या १मा झरेको छ । हाल सम्मको तथ्यांक अनुसार ६सय ३८ जनामा संक्रमण पुष्टी भएपनि अहिले सक्रीय संक्रमित एकजनामात्रै रहेकाछन् । जिल्लामा सक्रिय संक्रमित भएका पञ्चेस्वर गाउँपालिकाका ब्यक्ति रहेकाछन् छन् । संक्रमण देखिएपछि उहाँ अहिले होम आइसोलेशनमा बसेर उपचार गराइरहनुभएको छ । पछिल्लो समय कोरोनाको संक्रमण दर घटेको छ भने, कोरोना परिक्षण गराउनेको संख्या समेत घटेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश प्रशाद भट्टले बताउनुभयो । अहिले पनि जिल्ला अस्पताल बैतडीमा कोरोना परिक्षण हुने गरेकोमा न्यून मात्रामा स्वाव परिक्षणका लागी आउने गरेको उहाँले बताउनुभयो ।
(ninglashainionline.com बाट साभार)