सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्

मजबुत र स्वस्थ दाँतको लागि ध्यान दिनुपर्ने कुराहरु !

सुदुरपश्चिम खबर सुदुरपश्चिम खबर
फाल्गुन १०, २०७७
1 मिनेट पाठ

मानिसहरुले आफ्ना शरीरका विभिन्न अंगहरुलाई स्वस्थ राख्न हरसम्भव प्रयास गर्छन् तर, धेरैले दाँतको भने ख्याल गर्दैनन् । धेरै मानिसहरुलाई दन्त स्वास्थ्यको बारेमा राम्रो जानकारी छैन् र उनीहरु दाँतको स्वास्थ्यलाई महत्वपूर्ण मान्दैनन् ।

upaharkhabar.com बाट साभार

गाउँगाउँमा  विकास  :रोकिएनन् बसाईँसराईँ ,शुन्य बन्दै गाउँघर !

फाल्गुन १६, २०७७
3

ज्योतिष शास्त्र अनुसार आर्थिक सम्पन्नता दिलाउने उपायहरू !

फाल्गुन १४, २०७७
15

तर, कुनै पनि मानिसको सम्पूर्ण स्वास्थको लागि स्वस्थ दाँत आवश्यक हुन्छ । दाँतमा समस्या देखिएमा यसले हाम्रो स्वास्थलाई मात्रै प्रभावित गर्दैन, लुक्सलाई पनि प्रभावित गर्छ । त्यसैले दाँतको स्वास्थ्य र सरसफाइमा ध्यान दिन जरुरी छ ।

हुन त हामी धेरैले दिनको दुई पटक ब्रस गर्ने गर्छौं नभए कम्तीमा पनि दिनको एकपटक त पक्कै ब्रस गर्छौं । हामीले ब्रस गर्न सानैबाट सिकेका हुन्तौं तर, आश्चर्यजनक कुरा धेरैजसो मानिसहरुले अझै पनि सहि ढंगले ब्रस गर्न जान्दैनन् ।

दन्त चिकित्सकहरुका अनुसार स्वस्थ र मजबुत दाँतको लागि दैनिक ब्रस गरिसकेपछि जिब्रो पनि राम्रोसँग सफा गर्नुपर्छ ।

चिकित्सकका अनुसार हामीले दिनमा कम्तीमा पनि दुई पटक ब्रस गर्नुपर्छ र ब्रस गरेपछि नुनपानीले कुल्ला वा माउथ वास गर्नुपर्छ । यसले हाम्रो दाँत र गीजाहरुलाई ब्याक्टेरियाबाट बचाउँछ । ब्रस गर्ने सहि तरिका थाहा पाइराख्नु दाँतको सुरक्षाको पहिलो कदम हो । त्यसैले यी कुराहरु जानीराखौंः

दाँतको सफाई

ब्रस गर्नको लागि कुनै पनि मानक समय हुँदैन् । तर, दन्तचिकित्सकहरुले कम्तिमा दुई मिनेटसम्म ब्रस गर्नुपर्ने सल्लाह दिन्छन् । यसले मुखभित्रको सतहबाट विभिन्नखाले ब्याक्टेरिया निस्कन्छ । यसले दाँतमा हुने क्षतिलाई पनि रोक्छ ।

यस्तो हुनुपर्छ टुथब्रस

यदि ४ महिना भन्दा धेरै समय एउटै ब्रस प्रयोग नगर्नुहोस् । ४ महिना भन्दा धेरै प्रयोग गर्दा पनि तपाईको ब्रस खराब नभएको हुनसक्छ तर तपाईंले त्यसलाई छोडेर नयाँ ब्रस किन्नुपर्छ ।

त्यसैगरि बजारमा विभिन्न आकार, प्रकार, लम्बाई र गुणको टुथब्रस आँउछ तर दन्तचिकित्सकका अनुसार सहि टुथब्रसको लम्बाई २५.५ देखि ३१.९ मिलिमटर हुनुपर्छ र चौडाई ७.८ देखि ९.५ मिलिमिटर हुनपर्छ ।

दाँतमा दाग देखियो भने

यदि तपाइहरूको दाँतमा कालो दाग देखिएको छ, खाना दाँतमा फस्न थालेको छ, चिसो तातो खाँदा दाँतमा झनझनाहट हुन्छ वा गीजाबाट रगत आउन थालेको छ भने दन्त चिकित्सकसँग भेटेर उचित उपचार गर्न ढिला नगर्नुहोस् ।

आफ्नो दाँत स्वस्थ र मजबुत बनाउन चाहनुहुन्छ भने निश्चित समयको अन्तरालमा चिकित्सकसँग भेटेर सल्लाह लिनुहोस् ।

सय प्रतिशत प्राकृतिक, प्रभावकारी र दाँत सम्बन्धी सम्पूर्ण समस्यालाई सहि समाधान गर्ने अचुक घरेलु औषधी

सहनै नसक्ने गरी दाँत दुख्ने, किरा पर्ने जस्ता दाँत सम्बन्धी समस्याबाट धेरैजस्तो मानिस ग्रसित छन् । दाँत दुख्दा खेरीको पिंडा कल्पना समेत गर्न नसकिने हुन्छ । सहनै नसक्ने गरि दाँत दुखिरहँदा यसलाई एकछिन त औषधीले शान्त बनाउँछ तर यसबाट संधैका लागि भने छुटकारा दिलाउँदैन ।

दाँत दुखाई र दाँतमा पर्ने किरा एक आम समस्याको रुपमा रहेको छ। हामी यस समस्या लाई निर्मुल पार्न अनेक औषधी सेवन गर्ने गर्छौं तर त्यो एकछिनको लागि मात्र हुन्छ । जब औषधीले काम गर्न छोड्छ फेरी दुख्न सुरु गरिहाल्छ ।

तर आज हामी दाँतको कीरालाई पूर्ण रुपमा निकाली दुखाईबाट सधैँका लागि छुटकारा पाउन मद्धत गर्ने अचुक घरेलु औषधीको बारेमा बताउन गइरहेका छौँ, जुन १०० प्रतिशत प्राकृतिक, प्रभावकारी र दाँत सम्बन्धी सम्पूर्ण समस्यालाई सहि समाधान गर्छ ।

१. तील र ल्वङको तेल

एक चम्चा तीलको तेलमा ३र४ थोपा ल्वङको तेल मिसाएर हरेक बिहान खाली पेटमा यस तेलले कुल्ला गर्ने । यसको साथै तील र ल्वङको तेललाई बराबर मात्रामा मिसाउने । एउटा कटनको डल्ला यो तेलमा चोपेर दुखेको दाँत वा किराले खाएर खाली भएको दाँतको बीचमा राखेर १० देखि १५ मिनेट सम्म दबाएर च्याप्ने।

यस विधिलाई दिनको ३र४ पटक प्रयोग गर्नको लागि तील र ल्वङको तेलको मिश्रणमा ३र४ ओटा कटनको बललाई चोपेर एउटा कन्टेनरमा राख्ने। त्यसपछि हरेक पटक खाना खाए पछी यस कटन बललाई १०(१५ मिनेटका लागि दाँतको बीचमा च्यापेर राख्ने। यसो गर्नले दाँतको दुखाईलाई तुरुन्तै ठिक गर्नुका साथै दाँतमा हुने किरालाई सधैँको लागि निकालीदिन्छ।

२. लसुन

३र४ ओटा लसुनको केस्रालाई मसिनो बनाएर काट्ने । यसमा एक चिम्टी रक सल्ट राखेर मज्जाले मिसाउने । अब यस लसुनलाई सडेको दाँतको बीचमा हालेर १० मिनेटको लागि च्यापेर राख्ने । बिहान बेलुका एक एक पटक यो विधि प्रयोग गर्नाले दाँतमा भएको ब्याक्टेरिया खत्तम हुन्छ र दाँतको कालोपन पुरै हटेर जान्छ ।

३. फिटकिरी

जस्तो सुकै दुखाई लाई पनि कम गर्न फिटकिरीलाई एक अचुक औषधीको रुपमा लिइन्छ । एक कप पानीमा एक टुक्रा फिटकिरी लाई डुबाएर १र२ मिनेटका लागि राख्ने । १र२ मिनेट पछी पानीलाई चम्चाले चलाएर फिटकिरीलाई निकाल्ने ।

अब यो पानीलाई मुखमा राखेर ३र४ मिनेटका लागि घुमाइराख्ने । यस प्रक्रियालाई दिनमा २र३ पटक दोहोर्याउने । लगातार यो विधि प्रयोग गर्नले ३र४ दिनमै जस्तोसुकै गम्भीर दाँतको दुखाईलाई सधैँको लागि हटाउँछ ।

४. नुन–पानीले कुल्ला गर्ने

एक कप मन तातो पानीमा एक चम्चा नुन मिसाएर मुख कुल्ला गर्दा दाँत दुखेको निको गर्छ । नुन–पानीले मुखमा भएका फोहर खानेकुरा हटाएर सफा गरिदिनुका साथै दुखाई निको गर्छ ।

५. निमपत्ता

ताजा निमको पातलाई पखालेर नुन मिसाई पिसेको लेदोलाई दाँत दुखेको ठाउँमा लगाउँदा निको गर्छ । निमको पातमा व्याक्टेरियाबिरुद्ध लड्ने गुणसमेत हुने भएकाले निमपत्ता दुखाई कम गर्ने प्रभावकारी घरेलु उपाय हो । हरियो निमपत्ता नभएमा सुकेको पातलाई पानीमा पकाएर सो मन तातो पानीले कुल्ला गर्न सकिन्छ । दैनिक तीनपटक मन तातो पानीले कुल्ला गर्नुपर्छ ।

यो कुरालाइ पनि नियमित रुपमा गर्नुहोस्

त्यस्तै दिनको दुइ पटक ब्रस गर्ने, खाना खाए पछी कुल्ला गर्ने, सके सम्म मिठाई नखाने, दाँतमा अड्किने खालको खाद्यपदार्थ नखाने, प्रशान्त पानी पिउने, धुम्रपान,सुर्ती, तमाखु सेवन नगर्ने लगायतका सावधानी अपनाउनले दाँतमा किरा पर्ने वा दाँत दुख्ने जस्ता समस्या कहिल्यै आउँदैन ।

बच्चाहरुको दाँतमा किरा लग्न नदिन के गर्ने ?

आमाबुबाहरुले बच्चाहरुको दूधे दाँतलाई महत्वपूर्ण ठान्दैनन् । यसको सट्टामा अर्को दाँत आउने भएकोले त्यसलाई महत्व नदिइएको हो । तर दूधे दाँत पनि त्यत्तिकै महत्वपूर्ण हुन्छ किनकि दूध दाँतले स्थायी दाँत ओगट्ने ठाउँ ओगट्छ, जसले पछि आउने दाँत बाङ्गो टिङ्गो हुन दिँदैन ।

यसले चपाउन मद्दत गर्छ । प्रष्ट बोल्न मद्दत गर्छ । ठूलो मान्छेको दाँतमा जस्तै बच्चाहरुको दाँतमा पनि मुखको किटाणुको एसिड उत्पादन गरेर दाँतको खनिज पदार्थ नष्ट गर्छ । जसले गर्दा दाँतमा प्वाल पर्छ । हामी त्यसलाई दाँतमा किरा लागेको भन्छौं ।

दातमा किरा लाग्ने कारणहरु

१. लामो समयसम्म स्तनपान वा बोटलबाट दूध खुवाउनाले ।

२.सुत्न अगाडि स्तनपान वा बोटलको दूध खुवाउनाले ।

कस्ता खाने कुराले दाँतमा किरा लाग्छ ?

१. गुलियो तथा कार्बोहाइड्रेृटयुक्त खानेकुरा ।

२. च्याप च्याप र टाँसिने खानेकुरा

३. पाकेटबन्दी तयारी खाना ।

दाँतमा किरा लाग्नाले बच्चालाई कसरी असर गर्छ ?

१. दाँत दुख्नाले लेख्न पढ्न ध्यान जाँदैन ।

२. दाँत दुख्नाले स्कुल जाँदैन ।

३. राम्रोसँग खाना चपाउन सक्दैन ।

४. दाँतमा किरा लाग्नाले हाँस्दा नराम्रो देखिने हुनाले बच्चाको आत्मविश्वास घट्छ ।

बच्चाहरुको दाँतमा किरा लाग्नबाट कसरी बचाउने ?

१. दाँत निस्कनु अगाडि नै गिजालाई सफा भिजेको कपासले सफा गरिराख्नु पर्दछ ।

२. पहिलो दाँत निस्केदेखि नै दाँत माझी दिनुपर्दछ । यो क्रम बच्चाले राम्रोसँग थुक्न नजानेसम्म र फ्लोराइडयुक्त मञ्जन चलाउन नहोउञ्जेलसम्म जारी राख्नुपर्दछ ।

३. चक्लेट, टफी जस्ता गुलिया र च्याप च्याप खानेकुरा तथा दाँतमा टाँसिने खानेकुरा जस्तै चाउचाउ, बिस्कुट, चिप्सहरु खान दिनुहुँदैन ।

४. पेय पदार्थ, जुसहरु कम खान दिने ।

दाँतमा किरा लाग्न नदिन दिनमा दुइपटक दाँत माझ्नुपर्छ । बच्चाहरुले राम्रोसँग दाँत माझ्न सक्दैनन् । त्यसकारण कम्तीमा एकपटक आमबाबुले राम्रोसँग दाँत माझी दिनुपर्छ । वर्षमा दुइपटक दन्त चिकित्सककोमा गएर दाँत जँचाउनुपर्छ

दाँतको सफाई बाहेक यो हुन् मञ्जनको उपयोगी फाइदाहरु

१. पोलेको भागमा राहत

आगोले होस् वा किराले टोकेर पोलेको ठाउँमा मञ्जन लगाउँदा निकै आराम महसुस हुन्छ । पोलेको घाउमा मञ्जन लगाउँदा दागधब्बा पनि हराउँछ ।

२. जुत्ता पालिस गर्न

मञ्जनले तपाईं छालाको जुत्ता पनि सफा गर्न सक्नुहुन्छ । यसका लागि थोरै मञ्जन लिएर नरम कपडाले जुत्तामा रगड्नुहोस् र त्यसपछि सफा कपडाले सफा गर्नुहोस् । यसले तपाईंको छाला जुत्ता चम्किलो हुन्छ ।

३. गहनालाई चम्काउन

यदि तपाईं आफ्नो सुन र चाँदीको गहनालाई टल्काउन चाहनुहुन्छ भने मञ्जन प्रयोग गर्नुहोस् । यसका लागि मञ्जनलाई ब्रसमा राख्नुहोस् र पानी राखेर रगड्नुहोस् । त्यसपछि पानीले धोएपछि गहना सफा र चम्किलो पाउनुहुनेछ ।

४. दाग धब्बा मेटाउँछ

कपडाबाट दाग धब्बा मेटाउनका लागि मञ्जनले निकै सहयोग गर्दछ । यसका लागि दागमा थोरै मञ्जन लगाएर रगड्नुहोस् र राम्रोसँग धुनुहोस् ।

५. मेनिक्योरमा उपयोगी

तपाईंको हातको सफाई अर्थात् मेनिक्योर, घर बसीबसी मञ्जनको सहायताले गर्न सक्नुहुन्छ । यसका लागि पानीमा थोरै मञ्जन मिसाएर हात डुबाउनुहोस् र टुथब्रसको सहायताले सफा गर्नुहोस् । यसले हात सफा हुनुका साथै हातबाट ब्याक्टेरिया पनि नष्ट हुन्छ ।

६. डण्डीफोर हटाउन

यदि तपाईंलाई डण्डीफोरको समस्याले सताएको छ भने मञ्जनले तपाईंलाई सहयोग गर्नेछ । मञ्जनमा एन्टीब्याक्टेरियल तत्वका कारण छाला चाँडै नै ठिक हुने गर्छ । यसका लागि राती सुत्नुअघि डण्डीफोरमा मञ्जन लगाउनुहोस् र बिहान उठेर धुनुहोस् ।

मञ्जनले रातभरी डण्डीफोरको तेल सोसेर त्यसलाई सुकाइदिन्छ । तर कतिलाई मञ्जनको एलर्जी पनि हुन्छ त्यसकारण यसलाई उपचारका लागि अपनाउनुअघि परीक्षण गर्नुहोस् ।

७. सिडीको स्क्र्याच हटाउन

सिडी निकै चाँडो स्क्र्याच हुन्छ । यदि तपाईं पनि सिडी वा डिभीडीमा परेको स्क्र्याचलाई सफा गर्न चाहनुहुन्छ भने मञ्जनको प्रयोग गर्नुहोस् । यसका लागि नरम कपडामा मञ्जन राख्नुहोस् र पुछ्नुहोस् ।

८. रंग सफा गर्न

धेरैजसो बच्चाहरु आफ्नो कलरले घरको भित्तामा लेख्ने गर्दछन् । यदि तपार्ईंको घरको भित्ता पनि यसरी नै खराब भएको छ भने त्यसमा मञ्जन लगाएर रगड्नुहोस् र सफा गर्नुहोस् ।

९. नङलाई चम्किलो बनाउन

मञ्जनले दाँतलाई इनामेलजस्तै नङको पनि सुरक्षा गर्छ । नियमित रुपमा नङ पालिस लगाउँदा नङ खराब हुन्छ । त्यसकारण यदि तपाईं स्वस्थ नङ चाहनुहुन्छ भने मञ्जनको प्रयोग गर्नुहोस् । त्यसका लागि नङ पालिस हटाएर केही बेरका लागि मञ्जन लगाउनुहोस् यसले नङ चम्किलो र स्वस्थ बनाउँछ ।

यो जानकारी पनि पढ्नुहोला

यस्ता खानेकुरा खाएमा हड्डी र दाँत बलियो हुन्छ

हड्डी र दाँत बलियो बनाउन नियमित रुपमा हरिया सागसब्जी, मौसमी फलफूल पनि खानु आवश्यक हुन्छ । यसले शरीरलाई स्वस्थ बनाउन र आवश्यक पोषक तत्व प्राप्त हुन्छ ।

पनीर

पनीरमा प्रसस्त मात्रामा क्याल्सियम हुन्छ । यसको सेवनले शरीरमा क्याल्सियमको कमी हुनबाट बचाउँछ । र हड्डी र दाँत बलियो बनाउन मद्दत गर्छ ।

दही

खानामा नियमित दहीको सेवन गर्नाले यसमा भएको तत्वले हड्डी र दाँतलाई मजबुत बनाउँछ । एक कप दहीमा ४५० मिग्रा क्याििल्शयम हुन्छ । त्यसैले दहीको नियमित सेवन गर्नु फाइदाजनक हुन्छ ।

गुँड

गुँडमा पसस्त मात्रामा फसफोरस र क्याल्सियम हुन्छ । एक कप गुँणमा ८० मिग्रा क्याल्सियम पाइन्छ । यसले हड्डी र दाँत बलियो बनाउन मद्दत गर्छ ।

दुध

दुध प्रोटीन, क्याल्सियम, चिल्लोपदार्थ हुन्छ । दुध जुनसुकै उमेरका ब्यक्तिका लागि लाभदायी हुन्छ । एक गिलास दुधमा २४० मिग्रा क्याल्सिय पाइन्छ ।

दाँत किन पहेँलो र कालो हुन्छ ? ब्रस नगर्दा स्वास्थ्यमा हुने खतराहरु र दाँत तथा गिँजा स्वस्थ राख्ने उपायहरू

दाँतले अनुहारको सौन्दर्य नै उजागर गर्छ । सौन्दर्यको कुरा मात्र होइन, दाँत स्वास्थ्यका लागि पनि उत्तिकै महतवपूर्ण मानिन्छ । दाँतले चपाएरै खानेकुरा खाइन्छ । दाँत सफा, बलियो भयो भने खाएको खानेकुरा राम्ररी चपाउन सकिन्छ ।

दाँत किन हुन्छ पहेँलो र कालो ? यस्ता छन् दाग हटाउने उपाय

दाँतमा बस्ने दाग प्रायः दुई किसिमका हुन्छन, बाहिरी र भित्री

बाहिरी दाग प्रायः अस्थायी हुन्छन् र मेसिनले सफा गर्दा हट्छ। भित्री दाग भने हट्दैन र यिनीहरु स्थायी हुन्छन् र यसले सम्पूर्ण दाँतको रङ नै परिवर्तन गरिदिन्छन्। दाँतमा दाग बस्ने र रङ परिवर्तन हुने कारणहरु निम्नानुसार छन्ः

बाहिरी दागका कारणः कफी, चिया, केही ठाउँका जमिनमुनिको पानीको प्रयोग, रक्सी, खैनी र चुरोटको सेवन आदिले दाँतको बाहिरी भागको इनामेलमा दाग बस्छ। दाँत राम्ररी सफा नगर्नाले र कुनैकुनै मुख कुल्ला गर्ने औषधिको प्रयोगले पनि दाग बसेर दाँत नराम्रो देखिन्छ।

भित्री दागका कारणः क्यानसरको उपचारमा प्रयोग हुने औषधि, साइकोसिसमा प्रयोग हुने औषधि, एलर्जीको औषधि, फ्लोराइडको चाहिनेभन्दा बढी प्रयोगले गर्दा दाँतको भित्री भागमा दाँग बस्छ।

यस्तै आमाले गर्भावस्थामा विभिन्न औषधिको सेवन गर्दा र आमा र बच्चाले बच्चाको दाँत बन्दै गरेको बेला प्रयोग गर्ने विभिन्न औषधिले पनि दाँतको भित्री भागमा दाग बस्छ। यसैगरी, चोटपटकका कारण दाँतको नशा मरेर दाँतको रङमा स्थायी परिवर्तन आउन सक्छ। नशा मरेको दाँतको जरैदेखि उपचार गरेपछि पनि दाँतको रङमा परिवर्तन आउँछ।

दाँत सफा (ब्रस) नगर्दा स्वास्थ्यमा यस्तो खतरा

दाँत सफा नगर्दा दाँतमा किरा लाग्ने वा बिग्रने मात्र नभएर गिजा सम्बन्धी गम्भीर रोग पनि लाग्न सक्छ । कुनै कुनै केसमा त किराले दाँत प्वाल पार्नेमात्र होइन दाँतलाई जरासम्म जोड्ने हाडसमेत नष्ट हुन्छ ।

ब्याक्टेरियाले उत्पादन गर्ने इन्जाइमले दाँतका हाड खियाउँछ, अन्त्यमा गिजासम्बन्धी रोग लाग्छ र इन्फेक्सन हुन्छ । त्यतीमात्र नभएर हाम्रो सिङगो शरिरलाई यस्तो रोग लगाउछन् ।

१.मुटुसम्बन्धी रोग

मुख र दाँत सफा नगर्दा मुटुसम्बन्धी रोग लाग्छ । मुखमा उत्पन्न हुने ब्याक्टेरिया र दाँत सफा नगर्नुबीच सम्बन्ध छ ।

दाँत सफा नगर्दा मुखमा उत्पन्न हुने ब्याक्टेरिया हाम्रो शरीरको रक्त प्रवाहमा मिसिन्छ र पाचन प्रणालीलगायत विभिन्न प्रणालीमा असर पार्न सक्छ । मुख र दाँत सफा नहुनुको परिणामस्वरुप मुटुसम्बन्धी रोग, मस्तिष्कघात र अल्जाइमर्स डिजिज लाग्न सक्छ ।

२.बच्चा जन्मनमा समस्या

दाँत सफा गर्नु गर्भवतीका लागि अझ बढी महत्वपूर्ण छ । किनभने गर्भवतीले दाँत सफा नगर्दाको असर गर्भमा समेत पर्छ । दाँत सफा नगर्नुको असर गर्भको बच्चाको वजन थोरै हुने, समय नै नपुगी जन्मने र हुनुपर्नेजस्तो शारीरिक विकास हुँदैन ।

३.मधुमेह

दाँतको सफाइ नगर्दा मधुमेह उत्पन्न हुनसक्छ । जर्नल अफ अमेरिकन डेन्टल एसोसिएसनमा प्रकाशित एउटा अध्ययनले गिजासम्बन्धी रोग र मधुमेहबीच सम्बन्ध रहेको पत्ता लगाएको छ।अध्ययनले एउटा भएका कारणले अर्को हुने भनेर ठोकुवा नै गरेको छैन ।

४.मस्तिष्कघात

दाँत सफा नगर्दा उत्पन्न हुने प्लेक रक्त प्रवाहमा प्रवेश गरेपछि रक्त नलीमा समेत प्लेक जम्मा हुन्छ । यसले मस्तिष्क र मुटुमा रक्त प्रवाहमा अवरोध गर्छ । फलस्वरुप मस्तिष्कघात र हृदयघात हुनसक्छ।

सुन्दर दाँत र स्वस्थ गिँजा होस् भन्ने चाहनुहुन्छ ? यी १० उपायहरू अपनाउनुहोस्

१. भोजन आहारमा ध्यान दिनुहोला तपाईँले जे खानुहुन्छ, त्यो कुरा दाँतमा गएर अड्किने गर्दछ। त्यसैले धेरै वाइन, कालो चिया अथवा चुरोट खानुभएको छ भने दाँत सफा रहन्छ भन्ने आस नगर्नुहोस्। तै पनि दाँत सफा र चम्किलो राख्न चाहनुहुन्छ भने दाँत फोहोर गर्ने खानेकुरा खाइसकेपछि अवश्य दाँत माझ्नुहोला।

२. दाँत माझ्दा गुन्गुनाउनुहोला अनुसन्धानको अनुसार हाम्रो दाँतलाई कमसेकम २ मिनेट जति माझ्दा पर्याप्त हुन्छ। त्यसैले दाँत माझ्दा घडी हेर्नुहोस् वा टाइमर राख्नुहोस् अथवा २ मिनेट लामो गीत गुन्गुनाउनुहोला।

३. टुथब्रसलाई पेन्सिलजसरी समात्नुहोला के तपाईँले टुथब्रसले कार सफा गर्नु लाग्नुभएको हो र? हैन भने, पक्कै पनि धेरै मज्जाले नै ब्रस गर्नुहुँदैछ। अनुसन्धानको अनुसार, धेरै बल लगाएर दाँत माझ्नु, दाँत सफा गर्ने उपाय होइन । ब्रस समात्ने उचित तरिका आफ्नो ब्रसलाई गिँजासँग ४५ डिग्रीको कोण बनाएर माझ्नु र बिस्तारै आरामले माझ्नु हो ।

४. दिनहुँ एक कप चिया पिउनुहोला चियामा हुने ‘फ्लाभोनोइड्स’ तथा अरू तत्वहरूले दाँतमा अड्किले ब्याक्टेरियाहरूलाई मार्दछ र दाँतलाई किराले खानबाट पनि बचाउँदछ।

५. ब्रस परिवर्तन गर्नुहोला कम्तिमा २ महिनापछि आफ्नो पुरानो ब्रसलाई परिवर्तन गर्नुहोस्, नत्र फेरी आफ्नो दाँतको किटाणु आफ्नै दाँतमा सर्न सक्दछ।

६. जिब्रो सफा गर्नुहोला दाँत माझ्दा सँधै जिब्रोलाई पनि सफा गर्नुहोला। दुर्गन्धित सास निकाल्ने मूख्य तत्व भनेको जिब्रोमा भएको फोहोरहरू हो। ब्रसले जिब्रोलाई घोट्नुभन्दा जिब्रेको प्रयोग गर्नु उचित हुन्छ।

७. चिनीको प्रयोग कम गर्नुहोला यदि तपाईँ प्रौढ हुनुहुन्छ भने पनि चिनी भएको खानेकुराहरू कम खानुहोस्। चिनीको अधिकतम प्रयोगको कारण जिब्रोमा फोहोर जम्ने, दाँतमा लेउ लाग्ने र दाँत किराले खाने हुन सक्छ, त्यसैले चिनीयक्त खानेकुराको न्यून सेवन गर्नुहोला।

८. दाँतलाई सफा गर्ने खानेकुराहरू खानुहोला स्याउको सेवन नियमित गर्दा दाँतमा भएको किटाणुहरूलाई नष्ट गर्दछ। गाँजर, काँचो र दुधिलो मकै पनि दाँत सफा राख्ने खानेकुरामा पर्दछ।

९. दाँतले चपाउने काम मात्रै गर्नुहोला ब्यागमा सँधै बोटल ओपनर अथवा कैँची राख्नुहोस्। यदि तपाईँसँग सही साधन साथमा छ भने दाँतले बोटल खोल्ने दुस्प्रयास गर्नुहुँदैन।

१०. पानी नियमित र धेरै मात्रामा पिउनुहोला जहाँ भएपनि पानीलाई साथमा राखनुहोस्। हरेक १्२ घन्टामा पानी पिउनुहोस्, यसले गर्दा दाँतमा फोहोर जम्न पाउँदैन।

दाँतको पहेलोपन हटाउने केहि घरेलु औषधी

१.नुन मा केहि थोपा शुद्ध तोरीको तेल मिलाएर दांत सफा गर्ने गर्नाले केहि दिनमै दाँतको पहेलोपना हटेर जान्छ ।

२.केरालाइ पिसेर यसको पेष्ट बनाउनु होस् यसको पेष्टले दांतलाइ दिनहु एक मिनेट मसाज गर्नुहोस, मसाज पछि दांत ब्रश गर्नुहोस र यो उपाए दिनहु गर्नाले दाँतको पहेलोपन हटेर जान्छ चुरोटको सेबन गर्ने गर्नाले पनि दांत पहेलो हुन्छ भने कुनै खानेकुरा लगातार खानाले, उमेर बढ्दै जाँदा अनि धेरै औषधिको सेवन गर्नेहरुको पनि दात पहेलो हुन्छ ।

३.तुलसीमा दाँतको पहेलोपन हटाउने एक अद्भुत शक्ति रहेको छ यसले दाँतमा रहेको पहेलोपन हटाउने मात्र होइन मुख र दात सम्बन्धि अन्य रोगबाट बचाउने काम पनि गर्दछ , तुलसीको पात लाइ घाममा सुकाउने र सुकेपछि यसको पाउडर बनाइ टुथपेस्ट संग मिलाएर ब्रस गर्ने गर्दा दांत को पहेलोपना हटेर केहि दिनमै चमक आउन थाल्छ ।

४.कागतीको रस निकालेर त्यसमा जति रस छ त्यतिनै मात्रामा पानि मिसाउनु होस् र खाना खाइ सकेपछि यहि कागती पानीले दिनहु कुल्ला गर्ने गर्नुहोस यसो गर्दा दाँतको पहेलोपना त हट्छ नै सास गनाउने समस्यामा पनि हटेर जान्छ अनि स्वस्थ्यलाई पनि निकै फाईदा जनक छ ।

५.सुन्तलाको बोक्रा र तुलसीको पात लाई घाममा सुकाएर त्यसको पाउडर बनाउनु होस् र दाँत ब्रश गरिसकेपछि उक्त पाउडरले दातमा हल्का मसाज गर्नुहोस्र सुन्तलाको बोक्राबाट प्राप्त हुने भिटामिन सी र क्याल्सियम कारण दात चम्किलो हुन्छ ।

६.नीमको उपयोग धेरै पहिले देखी नै दांतको सफाई गर्न गरिदै आएको छ यसमा दांत सेतो बनाउने र दाँतमा लाग्ने कीराहरूलाई नष्ट गर्ने सक्ति रहेको छ यो दिनहु नीमको काठ, निमको सानो हाँगाले दात सफा गर्ने गर्नाले दांतमा कुनै किसिमको रोग लाग्दैन र पहेलो भएको भए पनि हट्छ ।

तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।

(urlabarinews.com बाट साभार)

सिफारिस

upaharkhabar.com बाट साभार
जीवनशैली

गाउँगाउँमा  विकास  :रोकिएनन् बसाईँसराईँ ,शुन्य बन्दै गाउँघर !

फाल्गुन १६, २०७७
3
जीवनशैली

ज्योतिष शास्त्र अनुसार आर्थिक सम्पन्नता दिलाउने उपायहरू !

फाल्गुन १४, २०७७
15
जीवनशैली

राति अबेर सम्म निन्द्रा नलाग्ने समस्या छ, भने के गर्ने ?

फाल्गुन १३, २०७७
15
जीवनशैली

निर्मला र भागरथीको नियति आखिर कहिलेसम्म ?

फाल्गुन १३, २०७७
60
जीवनशैली

मोबाइल र कम्प्युटरको धेरै प्रयोग गर्नाले निम्त्याउने रोगहरू !

फाल्गुन १२, २०७७
19
जीवनशैली

के तपाईलाई थाहा छ,संसारको सबै भन्दा धेरै शरीरलाई फाइदा गर्ने तरकारी : स्कुस !!

फाल्गुन १२, २०७७
24
अर्को

छालामा दाद देखियो ? यसरी गर्नुहोस् घरेलु उपचार !!

यि राशिका व्यक्तिहरू सँधै हुन्छन् सकारात्मक र विद्वान !

  • लोकप्रिय
  • प्रतिक्रिया
  • सिफारिस

बैतडीमा गाईलाई गोठमा बाँधने बेला हान्दा एक महिलाको मृत्यु !

माघ १७, २०७७

बैतडीमा विद्यालय गएकी १७ बर्षीया किशोरी हत्या गरि फालिएको अवस्थामा फेला !

माघ २२, २०७७

भागरथीको शव आज दाहसंस्कार गरिदैँ : गोठलापानी बजार देखि सेरासम्म शवयात्रा निकालिने !

फाल्गुन ७, २०७७

दिनेश भट्टका बुबाले गरे भागरथी भट्टको हत्या भएको दिन बारे यस्तो खुलाशा !

फाल्गुन ८, २०७७
radio7star.org बाट साभार

दोगडाकेदारमा गुपचुप भएका ५ वटा हत्याका घटनाहरु !

फाल्गुन ३, २०७७
Nepal skipper Paras Khadka and team members acknowledging fans after beating the UAE in the third One Day International match at the ICC Academy grounds, in Dubai, on Monday, January 28, 2019. Photo courtesy: CricketingNepal

नेपालले खेल्ने विश्वकप छनोटका सबै खेल प्रत्यक्ष प्रसारण हुने

फाल्गुन १६, २०७७

अनुहारमा रहेको डन्डिफोर दाग हटाउन भान्सामा पाइने ५ चीज !

फाल्गुन १६, २०७७

महिनावारी समस्या छ : राजमा खाँदा हुँन्छ महिलाहरुलाई यति धेरै फाईदा ।

फाल्गुन १६, २०७७

स्वास्थ्य जीवन बाच्न रातीको खाना कतिबेला र कति खाने ?

फाल्गुन १६, २०७७
640357703

शरिर स्वस्थ राख्न सुत्नु अघि गर्नुहोस् यी कार्य !!

फाल्गुन १६, २०७७

सुदूरपश्चिम खबर

आशिर्वाद मिडिया प्रा लि
दर्ता नम्बर : २२४७९७-०७६-०७७
सुचना बिभाग दर्ता नम्बर : २१७५-०७७-०७८
संचालक / प्रबन्धक निर्देरशक : मनिषा भट्ट

प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In