सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्

पशुपति नाथको मन्दिरमा क्षमापूजाका लागि भारतबाट २५ ब्राह्मण बोलाइए !

सुदुरपश्चिम खबर सुदुरपश्चिम खबर
फाल्गुन १०, २०७७
1 मिनेट पाठ

काठमाडौँ । पशुपतिनाथ मूल मन्दिरको ज्योतिर्लिङ्गमुनि सुनको जलहरी राख्नुअघि चाँदीको जलहरी मर्मतका लागि क्षमापूजा सुरु भएको छ । क्षमापूजा गर्न दक्षिण भारतबाट २५ ब्राह्मणलाई आमन्त्रण गरिएको छ ।

क्षमापूजामा ९६ नेपाली ब्राह्मण गरी शनिबारदेखि १२१ ब्राह्मणले शिव र शक्तिको आराधना सुरु गरेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले जानकारी दिए। आगामी बुधबारसम्म क्षमापूजा हुनेछ ।

रणबहादुर शाहको शासनकालमा राखिएको चाँदीको जलहरी जीर्ण भएर जल, पञ्चामृतलगायत पशुपतिनाथलाई चढाइएका सामग्री चुहिएर भित्रसम्म पुग्ने गरेको थियो । वर्षौंदेखि गर्न नसकिएको मर्मत गरी त्यसमाथि सुनको जलहरी राख्नुअघि क्षमापूजा सुरु भएको हो ।

वर्षौंदेखि राखिएको चाँदीको जलहरी हटाउने भनी भइरहेको प्रचारप्रसार गलत रहेको कोषले जनाएको छ । चाँदीको जलहरी मर्मत गरी त्यसमाथि सुनको राख्न लागिएको हो । सुनको जलहरी निर्माण पनि सुरु भइसकेको कोषले जनाएको छ । एक हप्तामा सुनको जलहरी राख्ने गरी काम भइरहेको छ ।

पशुपति क्षेत्रमै कालीगढ राखेर नेपाली सेनाको सुरक्षासहित सुनको काम भइरहेको छ । मूल मन्दिरको जलहरी सुनको बनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयले रु ३० करोडको सुन नेपाल राष्ट्र बैंकमार्फत उपलब्ध गराएको छ ।

सुनको जलहरी बनाउन १०८ किलो सुन लाग्नेछ । गत माघ १२ पशुपतिनाथमा लाख बत्तीसहित विशेष पूजा गर्न पुग्नुभएका प्रधामन्त्री केपी शर्मा ओलीले सुनको जलहरी राख्न कोषलाई रु ३० करोड बजेट दिन संस्कृतिमन्त्री भानुभक्त ढकाललाई निर्देशन दिएका थिए ।

मूल मन्दिरको छाना र बसाहामा पनि सुनको लेप लगाउने गरी काम भइरहेको छ । यसका लागि करीब ३४ किलो सुन लाग्ने अनुमान गरिएको छ । रु ३० करोडबाहेकको रकम कोषले आन्तरिक स्रोतबाट व्यहोर्ने जनाइएको छ ।

महाशिवरात्रिको तयारी

पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी पनि सुरु गरिएको छ । विगत वर्षमा एक वर्षअघि नै भारतका विभिन्न अखडाबाट साधुसन्त पशुपति क्षेत्रमा आउने गरेकामा यस वर्ष अहिलेसम्म नआएको कोषले जनाएको छ । यस वर्ष फागुन २७ गते महाशिवरात्रि पर्व परेको छ ।

कोरोना महामारीका कारण यस वर्षको महाशिवरात्रिमा विगत वर्षमा जस्तो भीड नहुने अनुमान गरिएको सदस्य सचिव डा ढकालले बताए । यद्यपि मन्दिरमा आउने जति भक्तजनलाई भने दर्शन गराउने गरी कोषले तयारी सुरु गरेको छ । भारत र नेपालका विभिन्न अखडाबाट महाशिवरात्रिमा पशुपति आउने साधुसन्तको सूची विगत वर्षदेखि नै पहिले नै कोषमा आउने गरेको छ ।

कोरोना महामारीका कारण गत वर्ष चैत ११ गतेदेखि बन्द पशुपतिनाथ मन्दिर यस वर्ष पुस १ गतेदेखि बिहान ६ देखि अपराह्न २ बजेसम्म खुला गरिएको छ । भक्तजनले दिनभर मन्दिर खुला हुनुपर्ने माग गर्दै आएका छन् ।

 

(onlinekhabar.com बाट साभार)

यी चार राशी भएका पुरुषहरुले असाध्यै माया गर्छन् श्रीमतीलाई !!

फाल्गुन १३, २०७७
20

किन लगाइन्छ निधारमा टीका ? यस्तो छ वैज्ञानिक कारण !!

फाल्गुन १३, २०७७
12

 

सिफारिस

समाज

यी चार राशी भएका पुरुषहरुले असाध्यै माया गर्छन् श्रीमतीलाई !!

फाल्गुन १३, २०७७
20
समाज

किन लगाइन्छ निधारमा टीका ? यस्तो छ वैज्ञानिक कारण !!

फाल्गुन १३, २०७७
12
समाज

आजको दिन (बिहिबार) कुन देवी–देवताको पूजा गर्ने ?

फाल्गुन १३, २०७७
16
समाज

त्रिपुरा माताको दर्शन गरी हेर्नुहोस् मिती २०७७ फागुन १३ गते बिहीवारको राशिफल !!

फाल्गुन १३, २०७७
24
समाज

केदार बाबाको दर्शन गरी मिती २०७७ फागुन १२ गते बुधवारको राशिफल हेर्नुहोस् ! तपाईंको दिन शुभ रहोस् !!

फाल्गुन १२, २०७७
67
समाज

सुत्ने समयमा यी ५ चिज सिरानीमुनी राख्दा सुख र शान्ति मिल्छ !

फाल्गुन ११, २०७७
30
अर्को

अबको चरणमा शिक्षक र सार्वजनिक यातायातका चालक–सहचालकलाई पनि कोरोना खोप दिईने !

अमेरिकाको आकाशमा उडिरहेको विमानमा आगलागी !

  • लोकप्रिय
  • प्रतिक्रिया
  • सिफारिस

बैतडीमा गाईलाई गोठमा बाँधने बेला हान्दा एक महिलाको मृत्यु !

माघ १७, २०७७

बैतडीमा विद्यालय गएकी १७ बर्षीया किशोरी हत्या गरि फालिएको अवस्थामा फेला !

माघ २२, २०७७

भागरथीको शव आज दाहसंस्कार गरिदैँ : गोठलापानी बजार देखि सेरासम्म शवयात्रा निकालिने !

फाल्गुन ७, २०७७

दिनेश भट्टका बुबाले गरे भागरथी भट्टको हत्या भएको दिन बारे यस्तो खुलाशा !

फाल्गुन ८, २०७७
radio7star.org बाट साभार

दोगडाकेदारमा गुपचुप भएका ५ वटा हत्याका घटनाहरु !

फाल्गुन ३, २०७७

राति अबेर सम्म निन्द्रा नलाग्ने समस्या छ, भने के गर्ने ?

फाल्गुन १३, २०७७

त्रिपुरा माताको दिव्य धाम एकै नजरमा : फोटो फिचर र भिडियो सहित दर्शन गर्नुहोस् !!

फाल्गुन १३, २०७७

छ वर्षअघि म्याद सकिएको दाल नयाँ लेबल लगाएर बिक्री गर्दा तीन लाख जरिवाना !

फाल्गुन १३, २०७७

सशस्त्रका दुई अधिकृत ५० हजार घुससहित पक्राउ !

फाल्गुन १३, २०७७

निर्मला र भागरथीको नियति आखिर कहिलेसम्म ?

फाल्गुन १३, २०७७

सुदूरपश्चिम खबर

आशिर्वाद मिडिया प्रा लि
दर्ता नम्बर : २२४७९७-०७६-०७७
सुचना बिभाग दर्ता नम्बर : २१७५-०७७-०७८
संचालक / प्रबन्धक निर्देरशक : मनिषा भट्ट

प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In