सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

दोधारा चाँदनीमा वन्यजन्तुको आतंक !

दोधारा चाँदनीका शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्र संग जोडिएका बस्तीमा पाटे बाघ देखा पर्न थालेका छन् । दोधारा चाँदनीका शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्र तथा भारतिय सिमा संग जोडिएको सिमा बस्तीहरुमा फेरी अहिले आएर पाटे बाघ देखा पर्न थालेको स्थानियहरुले बताएका छन् । बस्तीको नजिक रहेको सामुदायिक बन तथा झाडीहरुमा पाटे बाघ देखा पर्न थालेको बताईएको छ् ।

स्थानिय किसानहरुको बाघले बाख्रा खादै आएको बाघ फेरी दोधारा चाँदनीको बस्तीको गहुँवारी र सामुदायिक बनहरुमा देखा पर्न थालेको स्थानियहरुको भनाई रहेको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ९ आमभोज क्षेत्रमा शुक्लाफाँटा वन्यजन्तु आरक्ष क्षेत्रबाट बस्ती भित्रिएको पाटे बाघ देखा परेको स्थानिय चन्द्र प्रकाश बिष्टले बताएका छन् ।

गहुँवारी र नजिक रहेको सामुदायिक बन क्षेत्रमा दिन भरी लुकेर बस्ने पाटे बाघ रातीको समयमा बस्तीमा देखा पर्ने गरेको स्थानिय बिष्टले बताए । आफ्नो गहुँवारीमा आफैले समसा“झको अवस्थामा देखेको बताउदै रातीको समयमा हिड्न समेत डर मान्दै आएको उनको भनाई रहेको छ् । सामुदायिक बनको झा“डी बृद्धि भए संगै वन्यजन्तुलाई लुक्न र शिकार गर्न सजिलो हुने भएकाले दोधारा चाँदनीको सामुदायिक वन क्षेत्र वन्यजन्तुको बसाईको रोजाई बन्दै आएको बताईएको छ् ।

World Link Ads
Mahakali Polytechnic

पछिल्लो समय दोधारा चाँदनी क्षेत्रमा बाघले चौपाया माथी आक्रमण गरि शिकार गर्ने घटना बढ्न थालेपछि स्थानीय बासिन्दा त्रसित बनेका छन् । बाघ संगै निलगाई, बदेल, बादर, हात्ती वन्यजन्तुले दोधारा चाँदनीका स्थानिय किसानहरुलाई सास्ती दिदै आएको छ् । मानव र वन्यजन्तु बीचको द्वन्द्व पनि बढ्दो छ् ।

Sana Kishan

संरक्षण अभियानमा स्थानीयहरु सकारात्मक हुदाहुदै पनि जंगली जनावरको आतंकका कारण वर्ष भरिको खाने अन्नपात एकै दिनमा सखाप पारीदिन थालेपछि प्रतिशोधको भावनाले गर्दा मानव–वन्यजन्तुबीचको द्वन्द्व अहिले बढिरहेको जानकारहरु बताउछन् । दोधारा चाँदनी नगरपालिका वडा नं. ७ संसारी मध्यवर्ती सामुदायिक बन नजिक बस्तीमा बादरको आतंक ब्याप्त रहेको स्थानिय बुद्धि देबी कठायतले बताए ।

खेतमा लगाएको गहुवाली उखेलेर नष्ट गर्ने, घरमा पसेर खाना समेत खाईदिने गरेको उनको भनाई रहेको छ् । केही दिन अघि निल गा“ईले रातीको समयमा वाली खाएर नष्ट गर्दै आएको अहिले दर्जनौ बादर गहुँ खेतमा पसेर गहुँवाली नष्ट गर्दै आएको उनको भनाई रहेको छ् । बादरले केही नराख्ने, मकै अघि अघि छर्दै गयो पछि पछि बादरले टिप्दै जाने जस्ता समस्याका कारण गाउँलेहरुले हैरानी व्यहोर्नुपरेको छ् । गहुँ खेतमा बादर धपाउन जाने महिला तथा बालबालिकालाई समेत बादरले टोक्न आउने र लखेट्ने छ् । बफर जोन भित्र वन्यजन्तुलाई हानी पुग्ने कुनै पनि गतिविधि गर्न नपाइने र यसको संरक्षण गर्नुपर्ने भएपनि वन्यजन्तुलेनै मानव जीवनलाई प्रभावित बनाइरहेको स्थानियहरुको भनाई रहेको छ् ।

दोधारा चाँदनीको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र भारतिय सिमा संग जोडिएको जंगल नजिकका बस्तीहरुमा वन्यजन्तुले गहुँवाली खाद्यान्य र तरकारी बालीमा नोक्सान पु¥याएपछि कृषकहरुले बाली जोगाउन रातभर वन्यजन्तु लखेट्न बाध्य भएका छन् । कृषकहरुले रातभर वन्यजन्तु लखेट्न ठूलो ठूलो आवाजमा घन्टा बजाउने, ठा“उ–ठा“उमा बा“स गाडेर तार समेत लगाउने गरेका छन् । छाडो चौपाय त्यसैमा जंगली जनावरले दोधारा चाँदनीका कृषकहरुले हैरानी खेप्नु पर्दै आएको छ् । भारतको सिमा संग जोडिएको दोधारा चाँदनी वडा नं. ३ को बडवाल बस्तीमा निलगाँई, बादर, बदेल, खरायो दुस्मी लगाएतका वन्यजन्तुले गहुँ, मकै र तरकारी बालीमा नोक्सान पु¥याएपछि कृषकहरुले रातभर वन्यजन्तु लखेट्ने गरेको स्थानिय लक्ष्मी रानाले बताएका छन् ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज अन्तर्गत दोधारामा गठित सगरमाथा उपभोक्ता समितिका संयोजक अमर बस्नेतले २०६१ साल देखि २ सय भन्दा बढी वन्यजन्तुबाट प्रभावित भएको बताएका छन् । झण्डै २ सय बढी किसानको बाख्रा बाघले आक्रमण गरि मारेको सगरमाथा उपभोक्ता समितिका संयोजक अमर बस्नेतले बताएका छन् । पछिल्लो समय वन्यजन्तुले बाली नोक्सान पु¥याएको भन्दै दोधारा चाँदनीका कृषकहरुले राष्ट्रिय निकुञ्ज संग क्षतिपूर्ति समेत मा“ग गर्दै आएका छन् ।
काठमाण्डौं स्थित नेपाली काग्रेंसका नेता तथा पुर्व मन्त्री श्री रमेश लेखक संग दोधारा चाँदनी नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष तथा नगर प्रबक्ता श्री दिल बहादुर सिजाली (संगै नेपाली कांग्रेंस दोधारा चाँदनी नगर कार्य समिति सदस्य श्री सुरेश गिरी) ले भेट गर्नुभएको छ् ।

(janasarokarpost.com बाट साभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.