सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चनपुरमा चौथो शुक्लाफाँटा पर्यटन महोत्सव सुरु !!

57
Sana Kishan

कञ्चनपुर : पर्यटकीय सम्भावनाको पुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज’ भन्ने मूल नारा सहित कञ्चनपुरमा चौथो शुक्लाफाँटा पर्यटन महोत्सव सुरु भएको छ ।

भीमदत्त नगरपालिकाको आयोजनामा आइतबारदेखि सञ्चालन भएको चौथो शुक्लाफाँटा पर्यटन महोत्सव एक हप्तासम्म सञ्चालन हुनेछ । महोत्सवको वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले उद्घाटन गरेका हुन् ।

Arus

भीमदत्त नगरपालिकाको आयोजनामा सुरु भएको महोत्सव फागुन १५ गतेसम्म चल्नेछ । बाह्रसिंगाको लागि निक्कै प्रसिद्ध मानिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जंगली हात्ती, पाटेबाघ, चितुवा, एकसिंङ्गे गैँडा, घोडगधा, जरायो, चित्तल, लगुना जस्ता स्तनधारी जनावर पनि देख्न पाइन्छ ।

Karnali Traders

वन्यजन्तु तथा चराचुरुङ्गीहरूका लागि महत्त्वपूर्ण मानिने निकुञ्जमा साल, सिसौँ र खयरको जंगल तथा ठूलो घाँसे मैदान समेत रहेको छ । त्यस्तै, रानी ताल सहित अन्य ससाना दर्जनौँ तालहरूमा मगर गोहीहरू प्रशस्त पाइन्छन् ।

 

 

 

 

(setohimalnews बाट सभार)

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.