सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडी पाटन स्थित बनारसी धाममा सोमबार मेला लाग्ने !!

389
Sana Kishan

बैतडीको बनारसी धाममा भोली मेला लाग्ने भएको छ । पाटन ३ गुजर स्थित बनारसी धाममा भब्य मेला लाग्ने भएको हो । प्रत्येक वर्षको माघ महिनाको सुक्ल पक्षको दशमी तिथीमा मेला लाग्ने गर्दछ ।

माघ सुक्लपक्षको प्रतिपदादेखि नवरात्रा सुरु भएकोमा भोली दशमीको दिन मेला लाग्ने पण्डीत गंगादत्त अवस्थील जानकारी दिनुभयो ।

Arus

उक्त मेलामा दलितहरुको प्रतिनिधित्व हुने गर्दछ । उक्त मेलामा खिपाली, गौणाली, कुणी, कल्तडी, कणाली, बत्थी लगायतका दलीतहरु पुजारी रहने गर्दछन । भोली दिउसो १२ बजे देउरो आउने वडा नं ३ का वडाअध्यक्ष फणेन्द्र बिष्टले जानकारी दिनुभयो ।

Karnali Traders

बनारसी मेलामा पाटन नगरपालिका लगायत सुर्नया गाउपालिका लगायतका जिल्लाका धर्मावलम्बीहरु दर्शन गर्न जानेछन । चिनोबानो पनि चढाँउने गरीन्छ । बनारसी धामलाई बैतडीकै प्रसिद्ध सक्तिपीठको रुपमा चिनिन्छ ।

यसैगरी भोली नै सिमणा र सैनदेउ देवताको पनि पुजाआजा हुने बताइएको छ । (कृष्ण बिष्टले radio7star मा लेखेका छन्)

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.