सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

अब निफ्राको सेयर मूल्य यसकारण ओरालो लाग्छ !

सेयर बजारमा अहिले सर्वाधिक चर्चामा रहेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) का लगानीकर्ताहरु उत्साहित बनेका छन् । आइपीओ जारी गरेर दोस्रो बजारमा कारोबार शुरु गरेको ५ औं दिनमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक खर्बपति क्लबमा प्रवेश गरेको छ ।

आइतबारदेखि कारोबार शुरु गरेको कम्पनीको सेयरमा हरेक दिन सकारात्मक सर्किटसँगै अगाडि बढेको छ ।

जसका कारण बिहीबारको प्रि–ओपनिङ सेसनको कारोबारमा ४.८३ अंकले सेयर मूल्य बढेर ५२१ रुपैयाँ पुगेसँगै बैंक खर्बपति क्लबमा प्रवेश गरेको हो ।

World Link Ads
Mahakali Polytechnic

यसअघि खर्बपति क्लबमा नेपाल टेलिकम, नेपाल लाइफ इन्स्योरेन्स, नबिल बैंक, नेपाल पुनर्बीमा कम्पनी, नागरिक लगानी कोष, ग्लोबल आइएमई, एनआइसी एसिया बैंक छन् ।

प्रि–ओपनपछि कारोबार शुरु भएको बजारमा बैंकको सेयर ९.८६ प्रतिशतले बढेर ५४६ रुपैयाँ पुगेको छ । बैंकको दोस्रो बजारमा २० करोड कित्ता सेयर सूचिकृत भएको छ ।

२० करोड कित्तालाई ५४६ रुपैयाँका आधारमा १ खर्ब ९ अर्ब २० करोड रुपैयाँ पुग्छ ।

धेरै लगानीकर्ता भएको कम्पनी भएकाले बजारमा अहिले यसको मूल्य कतिसम्म जाला भन्ने अनेक अड्कलबाजी चलिरहेका छन्।

Sana Kishan

बिहीबारको मार्केट डेप्थ हेर्दा खरिद गर्नेतर्फ अझै पनि ठूलो चाप देखिएकाले कम्पनीको मूल्य केही दिन बढ्न सक्ने देखिन्छ।

कतिपय सेयर जानकार भने कम्पनीको बजार मूल्य दुई(तीन दिनमै घट्न सक्ने दाबी गर्छन् ।

उनीहरु भन्छन्, अहिलेसम्म माग अत्यधिक भएकाले नै बजार बढेको हो। अझै पनि सेयरको माग देखिएकाले केही दिन बढ्न सक्छ। पछिल्ला दिनमा उल्लेख्य कारोबार हुँदै गएकाले केही दिनमै यसको मूल्य वृद्धिमा ब्रेक लाग्न गई घट्न सक्नेछ। बिहीबार मात्रै यो कम्पनीको ५० करोड रूपैयाँको सेयर किनबेच भएको छ। बुधबार ७० करोडको भएको थियो।

यति धेरै रकमको कारोबार हुनु भनेको बेच्नेहरू पनि धेरै हुनु हो। यद्यपि अहिलेसम्म खरिद गर्नेको चाप बिक्री गर्नेभन्दा धेरै भएको मात्रै हो। साधारण सेयर संख्या नै ८ करोड कित्ता भएकाले केही दिनमै खरिद गर्न चाहनेले धान्न नसक्नेगरी आपूर्तिमा चाप पर्न सक्नेछ र यसको मूल्य ओरालो लाग्छ ।

निफ्राको अहिलेसम्मको वित्तीय स्थिति नाजुक छ भने ब्यावसाय बृद्धि गर्न सबभन्दा ठूलो चुनौती देखिन्छ ।

कम्पनीले ठूलो रकममा निक्षेप संकलन गरी पूर्वाधार क्षेत्रमा लगानी गर्छ। उसले संकलन गरेको निक्षेपमा दिने ब्याज र ऋणी आयोजनाबाट लिने ब्याजको अन्तर नै आम्दानीको मुख्य स्रोत हो।

सेयर खरिद वा बिक्री गर्दा त्यसबाट हुने नाफा वा नोक्सान बेहोर्ने स्वयं लगानीकर्ताले नै भएकाले सुझबुझपूर्ण निर्णय लिनुपर्ने देखिन्छ । अनलाइनमार्ग

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.