सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

प्रधानमन्त्री ओली- प्रचण्डलाई कसैले पनि जोगाउन सक्दैन्, बाटो विराएकाहरुले दुःख पाउँछन् !

आफ्नो समुहका नेता कार्यकर्तालाई सम्बोधन गर्न विराटनगर पुगेका प्रधानमन्त्री केपी ओलीले आज पनि प्रचण्ड माधव समुहप्रति व्यङ्ग्य र कटाक्ष गरेका छन् । उक्त समुहका एक जना अध्यक्ष पुष्पकमल दाहाललाई आफूतिरै फर्किन आग्रहसमेत गरेका ओलीले बाटो विराएकाहरुले दुःख पाउने चेतावनी दिए । प्रधानमन्त्री ओलीले विराटनगर पुगेर विराटनगर पुगेर ५० वर्ष पुरानो इतिहासको स्मरण गरेका छन्। शनिबार विराटनगरमा आयोजित आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओली ५० वर्ष पुरानो झापा विद्रोहको स्मरण गरेका हुन्।

 

प्रदेश नम्बर एकको विराटनगरमा आयोजित नेकपको ओली समुहको जनसभालाई सम्बोधन गरेका ओलीले विगतमा जस्तै नेकपाकै अर्को समुहप्रति कटाक्ष गरे । सम्बोधनको सुरुमै सभामा उपस्थित कार्यकर्तालाई हौसला दिदै ओलीले प्रचण्ड माधव समुहको भेलामा बल्ल बल्ल २–४ हजार व्यक्ति सहभागि भएको भन्दै याथार्थभन्दा बाहिर गएर भ्रम फैलाउने प्रयास गरे । उनले सभा कस्तो हुन्छ भनेर हेर्न आग्रह मात्रै गरेनन्, यथार्थ भेला क्यामरा, ड्रोन र आँखाले नदेखिने र चन्द्रमाबाट मात्रै देख्न सकेको तर्क गरे ।

 

Sana Kishan

ओलीले प्रचण्डलाई व्यङ्ग्य गर्दै कहिले डाक्टर कहिले वैद्य त कहिले झाँक्रीको सहयोग लिने गरेको बताए । रामकुमारी झाँक्रीलाई संकेत गर्दै ओलीले अब प्रचण्डलाई ति झाँक्रीले पनि जोगाउन नसक्ने जिकिर गरे । प्रचण्डले राजनीतिक रुपमा बाटो विराएको भन्दै आफूतिरै फर्किन ओलीले आग्रह गरेका छन् । प्रचण्ड माधव समुहकै अवरोधका कारण सरकारले काम गर्न नपाएको भन्दै अहिले तीबै गतिमा काम गरिएको बताए ।

 

World Link Ads
Mahakali Polytechnic

उनले आफूहरुको लामो र कठिन संघर्षको परिणमस्वरुप देशले संविधान पाएको बताए।‘नेपालमा राजनीतिक, लोकतान्त्रिक आन्दोलन शीथिल भएका बेला, जनताका अधिकार खोसिएका बेला। निरंकुश राजतन्त्र र निर्दलीय पञ्चायत व्यवस्थामा रहेको अवस्थामा हामीले लोकतान्त्रिक गणतन्त्रका लागि ५० वर्ष अगाडि शंखघोस गरेका थियौँ यही भूमिबाट’, उनले भने, ‘त्यसबेला हामी स–साना टुक्राहरुमा कसैले नपत्याउने अवस्थामा थियौ। आज हामी यस अवस्थामा पुगेका छौँ।’ उनले प्रचण्ड–नेपाल समूहतर्फ संकेट गर्दै नेकपा फुटाउने अभियानमा लागेको आरोप लगाए।

 

(नेपाल रैबारबाट साभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.