सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

ट्रक स्कुटर एक आपसमा ठोक्किंदा दुई जनाको मृत्यु !

51
Sana Kishan

विराटनगर : मोरङको उर्लाबारीमा शनिबार राति भएको दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ। पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत उर्लाबारी नगरपालिका–४ भद्रमारी चोकमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको हो।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ क १०३५ नम्बरको ट्रकसँग विपरीत दिशाबाट आउँदै गरेको को ३१ प ५१ नम्बरको स्कुटर ठोक्किएको हो।

Arus

दुर्घटनामा परेर स्कुटरमा सवार उर्लाबारी–८ सिसौलीका २३ वर्षीय प्रदीप धामी र २२ वर्षीय सुदीप भुजेलको ज्यान गएको जानकारी राईले दिए। उनका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुलाई सडकबाट उठाएर उपचारका लागि उर्लाबारीस्थित अरनिको अस्पताल लगिएको थियो।

Karnali Traders

दुवै जनाको उपचारका क्रममा राति ८ः१५ बजेतिर मृत्यु भएको जानकारी डीएसपी राईले दिए। उनका अनुसार दुवै मृतकको अनुहार र शरीरका विभिन्न भागमा चोट लागेको छ। दुई जना मृतकमध्ये स्कुटर कसले चलाएका थिए भनेर खुल्न नसकेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार अर्को गाडीलाई ओभरटेक गरिरहेको ट्रकमा तीव्र गतिमा रहेको स्कुटर एक्कासि ठोक्किएपछि दुर्घटना भएको हो। दुर्घटनामा परेर स्कुटर पूर्ण रुपमा क्षतिग्रस्त बनेको छ। ट्रकको पनि अगाडिको भागमा क्षति पुगेको छ।

ट्रक र चालक झापाको कमल गाउँपालिका–६ का ४३ वर्षीय भक्तबहादुर दाहाललाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। भयानक दुर्घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोखरेलको नेतृत्वमा टोली खटिएको छ।

(annapurnapost.com बाट साभार)

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.