सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

नेपलिज ब्रिटिश कम्युनिटी यूकेले स्थापनाको ११औं वार्षिकोत्सव मनाउने

104
Sana Kishan

लन्डन । नेपलिज ब्रिटिश कम्युनिटी यूकेले आउंदो मार्च ६ शनिबार स्थापनाको ११ औं वार्षिकोत्सव मनाउने भएको छ । कोरोना महामारीका कारण बेलायत लकडाउनमा रहेकाले ‘भर्चुअल माध्यमबाट वार्षिकोत्सव मनाउन लागिएको हो ।

संस्थाले कार्यक्रमलाई ‘विशेष मनोरन्जन २०२१’ नामाकरण गरेको छ जसमा नेपालका चर्चित सेलिब्रेटीहरुले प्रस्तुति दिने कार्यक्रम छ । बेलायतको समय अनुसार दिउसो २ देखि ४ बजेसम्म हुने उक्त कार्यक्रममा लोकप्रिय गायक-गायिकाहरु राज सिग्देल, एलिना चौहान, संगीतकार गायक वसन्त सापकोटा, कवि नवराज पराजुली, हांस्यकलाकारहरु मनोज गजुरेल र जितु नेपाल लगायतले प्रस्तुति दिने तय भएको छ ।

Arus

करिब दुई घण्टा हुने कार्यक्रममा संस्थाकै आयोजनामा तीन वर्ष अगाडि लन्डनमा भएको कविता कन्सर्टमा सहभागी स्थानीय श्रष्ठाहरु नृपेश उप्रेती, रमेश कायस्थ, मन्जु भण्डारी, फडिन्द्र भट्टराई, नारायण गाउंले तथा कलाकारहरु आशिषराज र दीपक थापाले पनि मनोरन्जन दिने कार्यक्रम छ ।

Karnali Traders

संस्थाले वार्षिकोत्सवबारे जानकारी दिन शनिबार गरेको एक पत्रकार सम्मेलनमा संस्थाका संयोजक राज ओझाले स्वागत मन्तव्य व्यक्त गर्दै कार्यक्रमको औचित्यबारे प्रकाश पारे । उनले कोरोना कहरले सबैजना आक्रान्त भएका बेला बेलायतवासी नेपाली समुदायका साथै देश विदेशमा छरिएर रहेका समस्त नेपालीहरुको मुहारमा थोरै हांसो ल्याउने उद्देश्यले मनोरन्जनात्मक कार्यक्रमको परिकल्पना गरिएको बताए ।

संस्थाका सांस्कृतिक संयोजक किरण अधिकारीले कार्यक्रमबारे प्रकाश पारेका थिए भने संस्थाका सचिव रविन्द्र अधिकारीले प्रेस विज्ञप्ति पढेर सुनाएका थिए ।
पत्रकार सम्मेलन मा विविसि नेपालि सेवा का कार्यक्रम प्रस्तोता भगिरथ योगी लगायतका पत्रकार हरू को उपस्थिति थियो।
कार्यक्रम मा एनविसि युके का पदाधिकारि हरु coordinator राजेन्द्र ओझा, Secretary रबिन्द्र अधिकारी,कोषाध्यक्ष खेमराज जोशी, कमल पौडेल,मूना पौडेल, लेखनाथ घिमिरे,भान बहादुर चन्द, संजीव घिमिरे ,प्रभु नेउपाने लगयत का पदाधिकारी को उपस्थिति थियो।

बेलायतमा दर्ता भएको उक्त च्यारिटी संस्था (www.nbc-uk.org)एनविसि यूकेले नेपाल तथा बेलायतमा विभिन्न च्यारिटी कार्यक्रम गर्दै आएको छ ।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.