सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सकारात्मक उर्जा प्राप्त गर्नका लागि घरमा राख्नुस् यी ५ विरुवा !!

217
Sana Kishan

सकारात्मक उर्जाको हामी सबैलाई आवश्यकता हुन्छ । र आफ्नो आसपास सकारात्कमता बनाइ राख्नका लागि हामी कयौं प्रयास गछौं ताकि पोजेटिभ इनर्जिको माहोल बन्न सकोस् । र, सवै नकारात्मक उर्जा हामीबाट टाढा जाओस् ।

सकारात्मक उर्जाका लागि केही केही विरुवाले पनि साथ दिने गर्छ ।हरियालीमा मानिसको मनमा सकारात्मक उर्जा दिन सहायता गर्छ । त्यस कारण केही यस्ता बोट विरुवा छन् जसले हामीलाई उर्जावान बन्न मद्दत गर्छ ।

Arus

तुलसीःतुलसी स्वास्थ्यका हिसावले पनि निकै गुणकारी वस्तु हो । यो गुणकारी विरुवा स्वास्थ्यका लागि मात्र होइन सकारात्मक उर्जाका लागि पनि निकै फाइदायुक्त हुन्छ ।

मेहन्दीःसकारात्मक उर्जाका लागि शरीर तथा मन चुस्त र दुरुत हुन आवश्यक हुन्छ । र शरीर र मनको थकानलाई टाढा गर्न लागि गुलमेहन्दी निकै फाइदाजनक हुन्छ । यो विरुवा घरमा राख्दा निन्द्रको समस्या समेत अन्त्य हुन्छ ।

मनिप्लान्टःघरको वातावरणलाई खुसी र सकारात्मक बनाउनका लागि मनिप्लान्ट पनि निकै सहयोगी हुने छ । यस विरुवाले घरमा रहेको नकारात्मकतालाई बाहिर लैजान्छ ।

घ्यू कुमारीःशरीरको सुन्दरताका लागि एलोभेराको निकै महत्व छ । तर के तपाइलाई घरमा रहेको नकारात्म उर्जा हटाउनका लागि एलोभेरा महत्वपूर्ण हुने कुरा जानकारी छ ?

वाँसःबेम्बु ट्रिले भाग्य तथा प्यार युक्त अवस्था बनाइ राख्नका लागि सहयाता गर्छ । यो सानो खालको वासलाई खासै हेरचाहा को आवश्यकता पनि पर्दै न । साने सिसाको भाडोमा थोरै पानी रखेर एक कुनामा राख्न सकिन्छ ।

यो पनि पढ्नुहोस् ःकपाल र नङ काट्दा किन दुख्दैन ? किन यस्तो हुने गर्छ ?ःहाम्रो शरीरका दुई अंगहरू आजीवन बढिरहन्छन् । ती हुन् नङ र कपाल । हामीहरू फोहोर नजमोस् भनेर नियमित रूपमा कपाल र नङ काट्छौं । तर कपाल र नङ काट्दा हामीलाई दुख्दैन । शरीरका अन्य भाग चाहिँ अलिकति मात्र काटियो भने पनि बेस्सरी दुख्छ । किन यसो हुन्छ त ?

शरीरविज्ञानको दृष्टिकोणले हेर्ने हो भने कपाल र नङमा ज्यान नहुनाले यसो भएको हो । कपाल र नङ मृत कोशिकाबाट बनेका हुन्छन् त्यसैले तिनलाई काट्दा दुख्दैन । तर कपाल पूरै मृत कोशिकाबाट बनेको भएपनि नङ चाहिँ यसो पनि होइन ।

Karnali Traders

तपाईंले याद गर्नुभएको होला, बढेको नङ काट्दा मात्र पीडा नहुने हो तर छालासँग टाँसिएको नङमा चोट लागेमा वा भाँचिएमा पीडा हुन्छ ।

पूरै नङ मृत कोशिकाबाट नबनेको बरू बढेका नङ मात्र मृत कोशिकाबाट बनेका हुनाले नदुखेको हो । छालासँग जोडिएका नङ चाहिँ जीवित कोशिकाबाट बनेको हुनाले त्यसमा चोट लाग्दा हामीलाई दुख्छ ।

यो पनि पढ्नुहोस् ःधर्म शास्त्रका अनुसार कलियुगको आयू अब कति ?ःधर्म शास्त्र अनुसार ब्रह्माण्डमा चार युग रेहका छन् । जसमा सत्य, त्रेता, द्वापर र कलियुग पर्छन् ।हिन्दु शास्त्रका अनुसार चार मध्येको अन्तिम कलि युग हो । यो युगमा मानिसहरुको चरित्र बिग्रने, सभ्यताको नाममा नयाँ समस्याहरु जन्मने भनेर शास्त्रहरुमा उल्लेख गरिएको छ ।

द्वापर युगको अन्त्यपछि शुरु भएको युग नै कलि युग हो । कलि युगको अन्त्यसँगै सारा संसार ध्वंस भई नयाँ संसारको शृजना हुने विश्वास गरिन्छ ।कलि युग ४ लाख ३२ हजार वर्षको हुने शास्त्रहरुमा उल्लेख गरिएको छ ।

सत्य युग चार चरणमा रहेको थियो जसको आयू १७ लाख २८ हजार वर्षको रहेको शास्त्रमा उल्लेख गरिएको छ । त्यस्तै त्रेता युग २ चरणमा रहेको थियो । जसकोआयु १२ लाख ९६ हजार वर्ष रहेको बताइएको छ । तेस्रो युग द्वापर युगका २ चरण रहे जसमा ८ लाख ६४ हजार बर्ष रहेको धार्मिक विश्वास रहेको छ । तर, शास्त्रहरुमा यष्ुगहरुको सयम र वर्षबारे फरक फरक व्याख्या गरिएको छ ।

कलियुगको आरम्भः१२ सय दिव्य वर्षको एक कलियुग मानिएको छ । कलियुग चौथो युग हो । शास्त्रहरुका अनुसार महाभारत युद्ध ३१३७ ईसा पूर्वमा भएको थियो । कृष्णको यो युद्धको ३५ वर्षपछि देहान्त भएको थियो, जसपछि कलियुगको आरम्भ भएको विश्वास लिइन्छ ।

कलि युगमा भगवान विष्णुको दशौं अवतारको रुपमा कल्किको प्रभाव रहेको विष्णु पुराणमा उल्लेख गरिएको छ ।कल्कि अवतारको कथा यस प्रकार छकल्किको रुपमा विष्णु कलियुगको अन्तिममा उपस्थित हुनुहुन्छ भनेर धर्म ग्रन्थहरुमा भनिएको छ। कल्कि अवतार कलियुग र सत्ययुगको संधिकालमा हुनेछ।

यो अवतार ६४ औं कला युक्त हुनेछ। कल्कि पुराणको अनुसार, विष्णुको अवतार कल्किले देवदत्त नाम गरिएको घोडामा चढेर संसारबाट पापिहरुको विनाश गर्नुहुन्छ र धर्मको पुन स्थापना गर्नुहुन्छ। त्यसपछि कलियुगको अन्त्य हुन्छ र फेरी सत्य युगको प्रारम्भ हुन्छ ।

 

 

 

(gnewsnepal.com  बाट साभार)

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.