सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

समयमा सुत्ने-उठ्ने गर्नाले हुन्छन् यस्ता फाइदा !!

66
Sana Kishan

 

निद्रा त हाम्रो लागि कुनै वरदान भन्दा कम होइन । तर, यो व्यस्त जीवनमा हाम्रो निद्रा बारम्बार डिस्टर्ब भइ नै हाल्छ । जे भए पनि दिमागलाई फ्रेस बनाउन होस् या शरीरका अन्य अंगलाई आराम दिन नै किन नहोस्, हामीलाई आरामको जरुरत निकै पर्छ ।

Arus

पछिल्लो समय हामीलाई स्मार्टफोन वा कम्प्युटरबाट आउने कृत्रिम प्रकाशले निद्रामा निकै डिस्टर्ब गरेको छ । शोधकर्ताहरुका अनुसार कृत्रिम उज्यालोका कारण हाम्रो शरीरले राम्रोसँग काम गर्न पाएको छैन ।

यसले हाम्रो स्वास्थ्यलाई पनि निकै असर गरेको छ । हाम्रो आँखामा रेटिना हुन्छ, जुन प्रकाशप्रति निकै संवेदनशील हुन्छ । यसलाई डिस्टर्ब हुनु भनेको हाम्रो स्वास्थ्यमा निकै धेरै असर पर्नु हो ।

तर, विहान छिटो उठ्ने हो भने हाम्रो शरीरमा अतिरिक्त ऊर्जा प्राप्त हुन्छ । मानसिक रुपमा शान्त हुन पनि बिहान छिटो उठ्दा फाइदा नै हुन्छ । दिउँसोको समस्याबाट मुक्ति पाउन पनि बिहान छिटो उठ्नु पर्ने हुन्छ ।

यदि हाम्रो बानी राती अबेरसम्म सुत्ने छैन भने त्यसलाई तुरुन्त बदल्नु आवश्यक हुन्छ । अनि फेरि ढिलोसम्म सुत्ने बानी पनि तत्काल छोड्नु पर्ने हुन्छ । किनकि केही अघि भएको एउटा शोधले पत्ता लगाएको छ कि विहान अबेरसम्म सुत्ने बानी हुँदा मानिसको व्यवहारमा पनि निकै परिवर्तन आउँछ । यसले हामीलाई हाम्रो दिमागमा पनि असर पार्छ ।

विहान अबेर उठ्दा हाम्रो शरीरबाट क्यालोरी खर्च हुन पाउँदैन जसले हामीमा मोटोपनाको समस्या निम्त्याउन पनि सक्छ । यसले हाम्रो वजन बढ्दै जान्छ, हर्मोन असन्तुलित हुन्छ । राती अबेरसम्म निद्रा पर्दैन भने हामीले सुत्नुअघि खुट्टालाई तातो पानीमा डुबाउने, मनतातो दूध पिउने गर्न सक्छौँ । यसो गर्दा हामीलाई निद्रा पर्न सहज हुन्छ ।

यो पनि पढ्नुहोस् ःइरानमा पनि कोरोना विरु द्धको खोप लगाउन सुरु !!ःकोरोनाभाइरस विरुद्धको खोप लगाउने अभियान इरानमा पनि सुरु भएको छ ।महामारीको प्रारम्भिक चरणमा नै बढी प्रभावित भएको इरान मध्यपूर्वका देशहरुमध्ये धेरै मानवीय क्षति व्यहोरेको मुलुकमा पर्दछ । पहिलो चरणमै महामारी भोगेपछि खोप लगाउन भने अरु धेरै देशहरुभन्दा पछाडि परेको हो ।

Karnali Traders

“हामीले पनि कोरोनावि,रुद्धको खोप लगाउने अभियान सुरु गर्यौँ, यो देशव्यापी अभियान हो, सुरुमा स्वास्थ्यकर्मीहरुलाई लगाउने छौँ भने त्यसपछि प्राथमिकता क्रमका आधारमा सबैलाई लगाउने छौँ,” राष्ट्रपति हसन रौहानीले भने ।

कोरोनाभाइरसविरु,द्ध रुसमा विकास गरिएको स्पुट्नीक भी नामक खोप इरानमा लगाउन थालिएको हो । खोप गत बिहीबार इरान ल्याइएको थियो ।“रुसबाट २० लाख स्पुट्नीक खोप इरान ल्याइएको छ,” इरानको स्वास्थ्य मन्त्रालयका प्रवक्ता किनौश जहानपौरले भने ।

मुस्लिम गणतन्त्रात्मक मुलुक इरानका स्वास्थ्य मन्त्री सइद नमाकीले देशभरी १४ लाखभन्दा बढी मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएको जानकारी दिए ।उनका अनुसार इरानमा अहिलेसम्म कोरोनाका कारण ५८ हजार ५०० भन्दा बढीको मृत्यु भइसकेको छ ।

यो पनि पढ्नुहोस् ःचिसोबाट बच्नका लागि पाँच सयका नोटहरु बालेर आगो ताप्ने यी व्यक्ति !!ःचिसो मौसममा मानिसहरु शीतलहर र चिसोबाट बच्नका लागि विभिन्न उपाय अपनाउने गर्छन् तर भारतको उत्तर प्रदेशको महोबा जिल्लामा एक मानसिक रुपमा विक्षिप्त व्यक्तिले चिसोबाट बच्न निकै अचम्मको तरिका अपनाएका छन् ।

भारतीय सञ्चार माध्यमको रिपोर्ट अनुसार महोबा शहरस्थित पुरानो सब्जी मन्डी परिसर बाहिर एक मानसिक रुपमा विक्षिप्त व्यक्तिले चिसोबाट बच्नका लागि पाँच पाँच सयका थुप्र नोटहरुमा आगो लगाइदिए ।

त्यहाँ वरिपरि सरसफाईको काम गर्ने मानिसहरुलाई विश्वास गर्ने हो भने ती व्यक्तिले लाखौंको नगद, दुईवटा एन्ड्रोइड मोबाइल र सुन चाँदीको गहनासहित धारिलो हतियार पनि आगोमा स्वाहा बनाए ।

आजतकका अनुसार फोहोरमा लाखौंको नगद बालेर यी मानसिक रुपमा विक्षिप्त व्यक्तिले भने हास्दै भने, ‘के गरुँ, मलाई चिसो लाग्यो, जे भेटेँ त्यो बालेर शीतलहरबाट छुटकारा पाएँ ।’

घटनाबारे जानकारी पाउने बित्तिकै घटनास्थलमा पुगेको प्रहरीले यसबारे अनुसन्धान सुरु गरेको बताइएको छ । प्रहरीले यो मामिलामा विभिन्न पाटोलाई ध्यानमा राखेर अनुसन्धान गरिरहेको छ । तर यहाँ प्रश्न उठ्छ कि यी व्यक्तिसँग यति धेरै नगद कहाँबाट आयो ? यो अचम्मको घटनामा प्रहरी प्रशासनले केही जानकारी दिएको छैन ।

 

(gnewsnepal.com बाट साभार)

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.