सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

के तपाईंको यस्तो बानी त छैन ? नङ टोक्नु गम्भीर बिरामीको संकेत !

70
Sana Kishan

संसारमा लगभग ६० करोड मानिस नङ टोक्ने गर्छन् ।मनोवैज्ञानिकहरूका अनुसार, मानिसहरू चिन्तित वा बोर हुँदा अनायासै नङलाई दाँतमुनि पार्छन् । यो एक प्रवृत्ति मात्र हो ।नङ चपाउनु गलत भएको भनी बच्चाहरूलाई बताउँदा पनि केहीले छोड्दैनन् र पछि ठूलो हुँदासम्म चपाउने बानी बस्छ ।

नङ चपाउनुले मानसिक तनाव र अब्सेसिभ कम्पल्सिभ डिसअर्डरको संकेत दिन्छ । मनोवैज्ञानिकहरूले नङ टोक्नु गम्भीर बिरामीको संकेत भएको बताएका छन् । अनि टोक्दा नङको मूल आकार पनि बिग्रन्छ ।खासमा नङ चपाउनु व्यक्तित्वको अस्थिरताको संकेत हो । कुनै जटिल समस्याको समाधान निकाल्न नसक्दा मानिसहरू रनभुल्लमा परेर नङ चपाउँछन् । यसो गरेर उनीहरू आफ्नो रिस उतार्छन् ।

Arus

नङ चपाउने मानिसहरू अतिवादको शिकार हुन्छन् । अत्यधिक महत्त्वाकांक्षा भएका वा आफूलाई बेकामे ठान्ने मानिसले नङ चपाउँछन् । तर ९० प्रतिशत नङ चपौवाहरू हीन भावना पाल्ने नै हुन्छन् ।आँकडाअनुसार, नङ चपाउने बानीबाट सबभन्दा बढी प्रभावित १४ देखि २५ वर्षका युवा हुन् । यसमा ३४ प्रतिशत महिला छन् भने ६६ प्रतिशत पुरुष पर्छन् ।

यो पनि पढ्नुहोस् : के तपाईंको औंला पड्काउने बानी छ ? यसो भन्छन् वैज्ञानिक !!ःऔंला पड्काउँदा आवाज आउँछ नि । कहिल्यै याद गर्नुभएको छ किन आवाज आउँछ भनेर ? अनि यसो गर्नु खतरनाक हो कि होइन ?एउटा कुरा सुनिश्चित छ । औंला पड्काउँदा बाथरोग लाग्दैन । कसैले लाग्छ भन्यो भने त्यो झुटो हो ।

वैज्ञानिकहरूको एक समूहले औंला पड्किने आवाज जोर्नीहरूको बीचमा घर्षण घटाउनका लागि जिम्मेवार साइनोभियल पदार्थमा रहेको ग्यास भरिएको प्वालबाट आउने बताएको छ ।

एमाआरआई गरेर अनुसन्धानकर्ताहरूको टोलीले यो कुरा पत्ता लगाएको हो । एकजना मान्छेलाई औंला पड्काउन लगाएर वैज्ञानिकहरूको यो पत्ता लगाएका थिए ।यसरी आवाजको स्रोत पत्ता लगाएपछि वैज्ञानिकहरूले यसो गर्नु हानिकारक हो कि सुरक्षित पनि पत्ता लगाउन सक्ने आशा गरेका छन्

यो पनि पढ्नुहोस् : घरमा नराख्नु यस्ता ७ टुटेफुटेका सामान जसले बढाउँछ घरमा नकारात्मक उर्जा !!ःबास्तु दोष भयो भने घरपरिवारमा आर्थिक संकटसम्बन्धी समस्याहरु आउने गर्छ । त्यतिमात्र होइन पारिवारीक माहोल पनि खटपट हुने, सधैँ असफल हुने कारण पनि बन्न सक्छ । बास्तुको अनुसार घरमा टुटेफुटेका सामान राख्दा नकारात्मक उर्जा पैदा हुन्छ । यसका साथै आर्थिक रुपमा हानी नोक्सानी हुने गर्छ । यति मात्र होइन घरमा भएका अनावश्यक टुटेका फुटेका सामानले मानसिक तनावको कारण पनि बन्ने गर्छ ।

Karnali Traders

भाँडाकुँडा ःभान्साकोठामा पुराना भइसकेका र टुटेफुटेका भाँडाकुँडा राख्दा महालक्ष्मी अप्रसन्न हुने र घरमा दरिद्रताका साथसाथै आर्थिक हानी हुने गर्छ ।
घडीःबास्तुको अनुसार घरमा चल्न छोडेको वा बिग्रिएको घडी घरमा राख्नु अशुभ मानिन्छ । यसले परिवारको सदस्यको उन्नति हुन रोक्छ । साथै, यसले घरमा नकारात्मक उर्जा पनि फैलाउँछ ।

ऐनाःफुटेको, चर्केको वा ऐनाको टुक्रा बास्तुको अनुसार एकदमै ठूलो दोष हो । यसले घरमा नकारात्मक उर्जा सक्रिय गराउँन मद्दत गर्छ । जसले गर्दा परिवारको सदस्य मानसिक तनावको सामाना गर्नुपर्छ ।खाटरपलङःयदि तपाईंको वैवाहिक जीवन सधैँ सुखद बनाउँन चाहानुहुन्छ भने घरमा भएको पलङ वा खाट भाँचिएको हुनुहुँदैन । यदि सुत्ने विस्तारा भाँचिएको छ वा टुटेको छ भने वैवाहिक जीवनमा तनाव सिर्जना हुन्छ ।

तस्बिरःघरमा राखिएको तस्बिरका फ्रेम पनि फुटेको वा चर्किएको छ भने तुरुन्तै हटाइदिनुपर्छ । च्यातिएको र यस्ता फुटेका तस्बिर राखेमा घरमा परिवारकोबीचमा मतभेद पैदा हुन्छ ।ढोकाःघरभित्र छिर्ने ढोका वा गेट टुटेको छ भने अशुभ मानिन्छ । यसबाट घरमा नकारात्मक उर्जा गर्छ ।फर्निचरःबास्तुको अनुसार घरमा टुटेफुटेका फर्निचर राख्दा अशान्ति फैलन्छ ।

यो पनि पढ्नुहोस् ःके तपाईंको औंला पड्काउने बानी छ ? यसो भन्छन् वैज्ञानिक !!ःऔंला पड्काउँदा आवाज आउँछ नि । कहिल्यै याद गर्नुभएको छ किन आवाज आउँछ भनेर ? अनि यसो गर्नु खतरनाक हो कि होइन ?एउटा कुरा सुनिश्चित छ । औंला पड्काउँदा बाथरोग लाग्दैन । कसैले लाग्छ भन्यो भने त्यो झुटो हो ।

वैज्ञानिकहरूको एक समूहले औंला पड्किने आवाज जोर्नीहरूको बीचमा घर्षण घटाउनका लागि जिम्मेवार साइनोभियल पदार्थमा रहेको ग्यास भरिएको प्वालबाट आउने बताएको छ ।

एमाआरआई गरेर अनुसन्धानकर्ताहरूको टोलीले यो कुरा पत्ता लगाएको हो । एकजना मान्छेलाई औंला पड्काउन लगाएर वैज्ञानिकहरूको यो पत्ता लगाएका थिए ।यसरी आवाजको स्रोत पत्ता लगाएपछि वैज्ञानिकहरूले यसो गर्नु हानिकारक हो कि सुरक्षित पनि पत्ता लगाउन सक्ने आशा गरेका छन्।

(gnewsnepal.com बाट साभार)

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.