बैतडी, फागुन ८ – नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बैतडीको ३७ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । जिल्ला शाखा बैतडीका सभापति भीमदत्त पाण्डेयको सभापतित्व र दशरथचन्द नगरपालिकाका नगप्रमुख नरेनद्र सिहँ थापाको प्रमुख आथित्यतामा शनिबार ३७ औँ साधराण सभा सम्पनन भएको हो ।
साधारण सभा कार्यक्रममा गत वर्षको प्रगति प्रतिवेदन, अगामि वर्षको प्रस्तावित प्रतिवेदन, आर्थिक प्रतिवेदन ,अगामि वर्षको प्रस्तावित बजेट आर्थिक प्रतिवदेदन प्रस्तुत गरिएको नेपाल रेडक्रस जिल्ला शाखा बैतडीका मन्त्री रमेश सिहँ भण्डारीले जानकारी दिनुभयो । कार्यक्रममा गत वर्षको प्रगति प्रतिवेदन, अगामि वर्षको प्रस्तावित प्रतिवेदन रमेश भण्डारीले प्रस्तुत गरेका थिए भने आर्थिक प्रतिवेदन ,अगामि वर्षको प्रस्तावित बजेट आर्थिक प्रतिवेदन शाखाका कोषाध्यक्ष पूर्णान्द लेखकले प्रस्तुत गर्नुभएको थियो ।
यस्तै साधारण सभा कार्यक्रममा २१ ओटा उपशाखाहरुको गत वर्षको प्रतिवेदनहरु माथि पनि छलफल भएको रेडक्रस बैतडीका मन्त्री भण्डारीले बताउनुभयो । यस्तैकार्यक्रममा ७ सिद्धान्त र ७ ओटा मैन बत्ती बालेर नेपाल रेडक्रससंस्थापक जँ हेनरी ड्युनाको तस्बिरमा माल्यापर्ण समेत गरिएको उहाँले बताउनुभयो ।
रेडक्रसले राष्ट्रियता, जाति, धार्मिक विश्वास, वर्ग र राजनीतिक विचारधाराको आधारमा कुनै भेदभाव नगरि विपत्तिको अवस्थामा मानवलाई सहयोग गर्दै आएको र अगामिदिनमा पनि विपत्तिमा परेकालाई प्राथमिकतामा राखेर काम गर्ने नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बैतडीले जनाएको छ ।
(रेडियो बैतडीबाट साभार)