सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

राप्रपा अध्यक्ष लोहनीले भने सरकारकै कारण मुलुक राजनीतिक अस्थिरता र अन्योलमा रुमलियो !

 

दाङ । राप्रपा अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले अहिलेको राजनीतिक नेतृत्वको भनाइ र गराइबीच धेरै अन्तर रहेको बताएका छन् । प्रजातन्त्र दिवसका अवसरमा राप्रपा दाङले घोराहीमा गरेको कार्यक्रममा अध्यक्ष डा. लोहनीले अहिलेको नेतृत्वले जनताको हितको नारा दिने र काम उल्टो गर्ने बताए ।

नेपालमा सत्ताका लागि पैसा र पैसाका लागि सत्ता भन्ने गलत दृष्टिकोण विकसित हुँदै गएकोमा उनले चिन्ता व्यक्त गरे । सत्ताधारी पार्टीको भारदारी वर्गको भ्रष्ट स्वार्थमा राज्य केन्द्रित हुन थालेको विश्लेषण पनि उनले गरे । पूर्वअर्थमन्त्री समेत रहेका लोहनीले सरकार सञ्चालन र सुशासनबारे पनि असन्तुष्टि जाहेर गरेका छन् ।

World Link Ads
Mahakali Polytechnic

उनले भने( राजनीतिक समस्या समाधान भयो, अब समृद्धिको युगको सुरुवात हुनेछ भनी तीन वर्षअघि जनतालाई भनियो । तर अहिले परिस्थिति ठीक उल्टो भएको छ ।’ सरकारकै कारण मुलुक राजनीतिक अस्थिरता र अन्योलमा रुमलिएको उनले बताए । उनले राष्ट्रपतिको भूमिका प्रति पनि प्रश्न उठाए ।

Sana Kishan

उनले भने( संविधानको संरक्षण भनिए गराइमा ऐन, कानुन र संविधान सत्ता स्वार्थको हतियार मात्र भएको छ । अध्यक्ष लोहनीले सबै दल र पक्ष सम्मिलित गोलमेच सम्मेलन र संवाद अनिवार्य हुँदै गएको बताए ।

उनले भने( ‘राप्रपाले बोकेको लोकप्रिय एजेन्डा संविधानभित्रको राजसंस्था र सर्वधर्म समभाव नेपालको पहिचान हिन्दुराष्ट्रको सार्थकता अब पहिलेभन्दा पनि जरुरी भएको छ ।’ लोहनीले अब मुलुकका लागि पूर्वराजासहित सबैले छलफल र विचार गर्नुपर्छ भन्ने पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको हालैको भनाइलाई सबै पक्षले सकारात्मक रूपमा लिनुपर्ने बताए ।

कार्यक्रम राप्रपा दाङका अध्यक्ष छत्रबहादुर शाहको सभापतित्वमा भएको थियो । सभामा राप्रपा केन्द्रीय नेताहरू मीनबहादुर कुँवर, मिना स्वर्णकार, जनकराज पाठक, टोपबहादुर शाहलगायतले सम्बोधन गरेका थियो । ·

(ujyaalonepal.com बाट साभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.