सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

धनगढीमा बैतडी समाज कैलालीले आज धरक्तदान कार्यक्रम गर्दै, सहभागिताको लागी आह्वान !

65
Sana Kishan

धनगढी । बैतडी समाज कैलालीले यही फागुन ८ गते (आज) बृहत् रक्तदान कार्यक्रम गर्ने भएको छ ।

कोरोना कहरले विश्वव्यापी रूपमा ठुलो जन धनको क्षति त भएकै छ । पछिल्लो समय ब्लड बैक हरूमा रगतको चरम अभाव भइरहेको छ । सोही रगत अभावको समस्या लाई मध्यनजर गर्दै बैतडी समाज कैलालीले पाँचौँ पटक बृहत् रक्तदान कार्यक्रम गर्ने भएको हो ।

Arus

बैतडी समाज कैलाली ले आफ्नो स्थापना काल देखि नै विविध सामाजिक र मानवीय सेवामा टेवा पुग्ने कार्यहरू गर्दै आइरहेको जनकारी दिँदै कार्यक्रम संयोजक राज बहादुर चन्दले यही फागुन ०८ गते (शनिवार) का दिन बिहान ९ बजे होटेल जलसाको प्राङ्गणमा बृहत् रक्तदान कार्यक्रम सञ्चालन हुने जानकारी दिनुभयो ।

Karnali Traders

संयोजक चन्दले रक्तदान जीवनदान को नारालाई आत्मसात् गर्दै हामी पाचौं पटक रक्तदान कार्यक्रमको आयोजना गरिरहेका बताउनुभयो ।

त्यस्तै, उहाँले भोलि हुने रक्तदान कार्यक्रमको तयारी पूरा भएको र आम रक्तदाता हरूलाई रक्तदान कार्यक्रममा सहभागी भई कार्यक्रम पुर्णरुपमा सफल पारिदिन आह्वान गर्नुभएको छ ।

(धनगढी खबरबाट साभार)

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.