कञ्चनपुर- कञ्चनपुरमा १४ वर्षीया बालिकामाथी यौन दुव्र्यवहार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन् ।
जिल्लाको बेलौरी नगरपालिका–६ विद्यानगरस्थित माहाकाली माध्यमिक विद्यालयमा कार्यरत ५३ वर्षीय शिक्षक मधुविलाश ढङ्गानालाई आफ्नै विद्यार्थीमाथी यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो ।
बालिकाले शिक्षक विरुद्ध यौन दुव्र्यवहारको उजुरी दिए पछि थप अनुसन्धानका लागि शिक्षकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी अमर थापाले जानकारी दिए ।
शिक्षक ढुङगाना अहिले प्रहरीको हिरासतमा छन् । फागुन ५ गते दिउँसो शिक्षकले विद्यालयमा यौन दुव्र्यवहार गरेको बालिकाको आरोप छ ।
(दैनिक सञ्चारबाट साभार)