सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बेदकोटका सफल बृद्ध कृषकबाट युवाहरुले सिक्नुपर्ने पाठ!

29
Sana Kishan

उमेरले ६० काटीसकेका कृषक उद्यमी हुन बेदकोट नगरपालिका वडा न ६ मुसेपानीका कृत बहादुर चन्द । आधा जीवन पहाडी पुख्यौली जिल्ला बैतडीको पाटन नगरपालिका वडा न ५ बसन्तपुरको धनचुलीमा बिताउदै आएका चन्द २०१७ सालमा बुवा बिसा चन्द र आमा कलसा चन्दको कोखबाट जन्मेका चन्द अती मिहनेती छन पहाडी जिल्लाबाटै कृर्षि क्षेत्रमा लागेका तराईमा २०६९ सालको असारमा तराईमा झरेका हुन ।

 

उनका ३ छोरी र २ छोरा छन तिनै छोरीको बिवाह भईसकेपछि उनी तराईमा आफना दुई छोरा र श्रीमतीका साथमा आएका थिए । २०२९ सालमा गरिवीका कारण ५ कक्षा सम्म मात्रै पढन सकेका चन्द २०६९ सालमा आएर ४६ बर्षको उमेरमा लगातार बिद्यालयमा भर्ना भएर कक्षा ८ पास द्धितृय श्रेणीमा पास समेत गरेका थिए । उनको तराईमा आफना दाजु यो भन्दा अगाडी आएका थिए उनले १८ कटटा जमीन घर जोडेका थिए तर उनी भारतको नया दिल्लीमा काम गर्दथे । वेदकोट नगरपालिका वडा न ६ को मुसेपानीमा अवस्थित घरमा बस्न थाले पहाडमा तरकारी खेतीमा सक्रिय चन्द आर्थिक अभावले तराईमा लगतै ब्यवसाय संचालन गर्न सकेनन ।

 

Arus

आफना दाजुको घरमा बसाई सरीसकेपछि दाजुको १८ कटटा जमिनमा तरकारीका लागी काम गर्न थाले । बिगतमा जमिन अभाव तथा घरयासी समस्याका कारण उनले २०६९ सालदेखि तराईमा आफनो दाईको घर तथा जमिनमा बसेपनि उनले तरकारी खेतीलाई अगाडी बढाउन सकेनन । छोराहरु लाई पढाउनका लागी मजदुरी गर्न थाले अनी समान्य गाउमै पसल समेत थापे तर प्रगती हुन सकेन उनी भन्छन गाउमा समानहरु उदारो गएपछि ब्यवसाय चौपट भयो ब्यवसाय घाटामा गएको थियो ।

 

उनले थोरै भएपनि पुरानै ब्यवसाय लाई पुर्नप्राप्तिका लागी काम गर्न थाले । तरकारी खेतीमा लाग्न शुरुवात गर्ने निधो गरेपछि २०७६ मा कृर्षि शाखा वेदकोट नपाबाट खुर्सानी को बिर्नाका लागी सहयोग गरेपछि उनले खुर्सानीबाट आफनो १० बर्ष पहिला गरेको ब्यवसायको शुरुवात गरेका थिए । आर्थिक अभाव तथा तराईमा बिना अनुभवका कारण अगाडी काम बढाउन सकेनन । यो बर्ष युएनडिपी र वेदकोट नगरपालिकाको सहयोग र स्वीट नेपालको आयोजनामा संचालित कोभिड १९ प्रतिक्रिया र समाजिक आर्थिक पुर्नप्राप्ति परियोजनाबाट वडा स्तरबाट छनौट भईसकेपछि बेमौसमी तरकारीका लागी आवश्यक पर्ने स्रोत साधन तथा तालिम पाएपछि चन्द पुर्ण रुपमा तरकारी खेतीमा होमिएका छन ।

 

Karnali Traders

अहिले उनले १० कटटा जमिन भाडामा लिनका साथै दाईको जमिनमा समेत तरकारी खेती गरेका छन । उनले आफनो एक फर्म समेत दर्ता गरिसकेका छन । अहिले उनले आफनो बारीमा बन्दागोवि,काउली,टमाटर,खुर्सानी,गाजर,मुला,करेला,लौका,फर्सि लगायत तरकारी लगाएका छन । उनले यही मौसममा २५ हजार बराबरको बन्दा बेचिसकेका छन भने ५१ ह्जार बराबरको प्याजको बेर्ना समेत बेचिसकेका छन । खुर्सानी समेत २२ हजारको बेचिसकेका छन । अनी खेतभरी बेचिनै लागेका तरकारी र हुदै गरेका तरकारी हरु टन्न देख्न सकिन्छ । उमेरले ६० काटीसकेका चन्दले आफुले ५० बर्षमा पढाईलाई अगाडी बढाउनका लागी ८ कक्षाको परिक्षामा सामेल भए प्रथम श्रेणीमा पास समेत भएका थिए ।

 

उनको धोको थियो दुवै छोरालाई ईििञ्नयर बनाउने त्यो धोको पुरा गर्दे हुनुहुन्छ एक छोराले पढाई पुरा गरी नोकरीमा लागी सकेका छन भने एक छोरा सव ओभरसियर पढदै हुनुहुन्छ । उनीहरुको सम्पुर्ण खर्चहरु यसै ब्यवसायिक खेतीबाट गर्दे आईरहेका छन अहिले उनले मासिक रुपमा ४० हजार देखि ५० हजार सम्म मासिक रुपमा कमाउने गर्दछन । खेतवारीमा आफै काम गर्छन ठृलो काम भएका बेला मजदुर हरु समेत प्रयोग गर्ने गर्दछन । अहिले उनी नियमित रुपमा दाईको घरमै बसी १० बर्ष अघी तरकारी खेतीमा लागेका चन्द अहिले यो बर्षदेखि तरकारी खेत ीगर्नका लागी सहयोग गरेकोमा स्वीट नेपाललाई धन्यवाद समेत दिएका छन ।

 

अहिले उनले आफनो कृर्षि फर्ममा बिउ उर्मार्ने,बेर्ना बेच्न जस्ता कामको समेत शुरुवात गरेका छन । अहिले उनी दिनभरी तरकारी बाली लाई सुधार गर्नमा लागी परेका हुन्छन उनको तरकारी घरबाटै पसलेहरुले उठाउने गरेका छन भने आफै पनि साईकलमा लगेर गाउघरमा बेच्ने गर्दछन । उनको कामले सबै युवाहरु लाई चुनौति दिएको छ । घरमा बसी खाने उमेरमा उनी उद्यमी बनेका छन । समुदाय तथा अन्य क्षेत्रका ब्यक्तिहरु समेत उनीबाट सिक्नका लागी आउने गर्दछन । उनले बेरोजगार युवाहरुलाई सन्देश दिने गरेका छन मेरो तागत रहीत शरिरले यती काम गर्न सक्छ भने युवाको शक्तिमय शरिरले कती काम गर्न सक्छ । युवाहरु रोजगारीका लागी देशबिदेश घुम्नका लागी जानु भन्दा सानो जमिनमा सुन फलाउन सक्ने सन्देश तर्क बाजेले दिनुभएको छ ।

 

 

(खडक कोलीले जनसरोकार पोष्टमा लेखेका छन्।)

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.