सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

अनुहार धप्प बलेको छ ती गाला हेर्दै बुझिन्छ: धर्मानन्द भट्ट !

41
Sana Kishan

महेन्द्रनगर-

अनुहार धप्प बलेको छ ती गाला हेर्दै बुझिन्छ।

Arus

परिश्रम कति गरेछौ तिम्रा पैताला हेर्दै बुझिन्छ।

विचारले सुन्दर कुरुप हुन्छ मैले बुझेको सायद,

नबुझ्नेहरूले भन्छन मान्छे छाला हेर्दै बुझिन्छ।

सबै कुरा भन्नु पर्ने मुर्ख सोच्छौ तिमीले मलाई,

Karnali Traders

अघोषित उद्देश्यहरू तिम्रा चाला हेर्दै बुझिन्छ।

रहर पुर्याउन सकिन अर्कै कुरा हो बुझेको छु,

कति रहर गर्छौ ती घाँटीका माला हेर्दै बुझिन्छ।

केवल भुँडीको चिन्ता गर्नेहरू नेता हुन्छ यहाँ,

यिनीहरूले विकास गर्छन साला हेर्दै बुझिन्छ।

धर्मानन्द भट्ट

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.