सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्

डिआईजी उत्तमराज सुवेदीले भने : घर बसेर ‘यो अपराधी हुनै सक्दैन’ भन्न त सजिलै छ नि !

‘यो ‘सफलता’ प्रहरीको नियमित काम नै हो भनेर बुझ्नुपर्छ’

सुदुरपश्चिम खबर सुदुरपश्चिम खबर
फाल्गुन ७, २०७७
1 मिनेट पाठ

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख हुन् डिआईजी उत्तमराज सुवेदी । गत माघ २१ गते बैतडीको दोगडाकेदार गाउँपालिका ७ की १७ वर्षीय किशोरी भागरथी भट्टको बलात्कार र हत्या भएपछि प्रदेश प्रहरी प्रमुख आफै अनुसन्धानका लागि फिल्डमा खटिए । शव भेटिएको पर्सिपल्ट अर्थात् माघ २४ गतेदेखि नै घटनास्थल नजिकैको खोचलेक प्रहरी चौकीमै बसेर अनुसन्धानमा खटिएका डिआइजी सुवेदी अनुसन्धान सकाएर १३ दिनपछि अर्थात् फागुन ६ गतेमात्रै प्रदेश प्रहरी कार्यालय धनगढी फर्किए । प्रस्तुत छ, डिआईजी उत्तमराज सुवेदीसँग भागरथी भट्टको बलात्कार र हत्यापछिको अनुसन्धानमा केन्द्रीत भएर गरिएको कुराकानीको सम्पादित अंश ।

 बैतडीको सुर्नया गाउँपालिकामा सम्पन्न निशुल्क स्वास्थ्य शिविरमा करिब २ सयले सेवा पाए !!

फाल्गुन २३, २०७७
6

आइतबार मुख्यमन्त्री भट्ट कञ्चनपुर आउँदै !!

फाल्गुन २२, २०७७
62

भागरथी हत्या प्रकरणमा प्रहरीलाई एक तहको सफलता प्राप्त भएको छ । ठूलो भारी बिसाएको जस्तै भएको होला है ?

भारी बिसाएको भन्दा पनि यसलाई सन्तुष्टी मिलेको छ भनौँ । यताबाट जाँदा जसरी भारी मन लिएर गएको थिएँ, योजना बनाउँदै र चिन्ता गर्दै गएको थिएँ, म बैतडीबाट धनगढी फर्कँदै गर्दा शान्त भएर फर्कन सकेँ त्यो नै सबैभन्दा ठूलो खुशीको विषय हो । आज हल्का मन लिएर आउन पाएँ । पीडितलाई न्याय दिलाउने बाटोमा हामी सफल भयौँ भन्ने आत्मसन्तुष्टी प्राप्त भयो ।

आरोपितसम्म पुग्न कत्तिको कठिन भयो ?

घटनास्थलको प्रकृति हेर्दा त्यहाँ अपराधीले कुनै प्रमाण नछोड्नु, घटनास्थल एकान्त भएकाले कसैले नदेख्नु, र पानी परेकाले दोसी–प्रमाण सङ्कलनमा पनि केही समस्या हुनुको कारण कठिन त थियो नै । त्यसबाहेक घटना भएको २४ घण्टाभन्दा पछि मात्रै शव भेटिनु यी सब कारणले गर्दा घटनाको अनुसन्धान चुनौतीपूर्ण छ भन्ने कुरा सूचना पाउनेबित्तिकै थाहा थियो । अनि यो एक्सिडेन्टल डेथ थिएन भन्ने बुझेपछि अपराधी पत्ता लगाउन केही समय लाग्न सक्छ भन्ने कुरामा म मानसिकरुपमा तयार थिएँ ।

घटना सुन्नेबित्तिकै अपराधीबारे दिमागमा कस्तो चित्र बनेको थियो ?

एकजना विद्यार्थी जो आफ्नो घर जाने बाटोको एकान्त स्थानमा मृत्युवरण गर्नु परेको छ, यस्तो कार्यमा कस्तो–कस्तो व्यक्ति संलग्न हुन सक्छ भन्दै खाकाहरु दिमागमा बनाएर त्यसबारे अनुसन्धान सुरु गर्नुपर्ने हुन्थ्यो । त्यस्ता अपराधमा अनुसन्धान गर्न र अपराधी पत्ता लगाउन को को सक्षम छ भनेर मैले मेरो प्रदेशका केही प्रहरी कर्मचारी र अधिकृतबारे जानकारी लिएर बाटोबाट नै त्यस्ता प्रहरी कर्मचारीलाई घटनास्थल बोलाएँ ।

त्यहाँ पुगेपछि घटनाको बारेमा ब्रिफिङ लिएँ र टीम परिचालन गरेँ । कमाण्ड सेन्टरमा म आफै तथा मेरो कमाण्ड टिम बस्यो भने अन्त फिल्डमा थप अनुसन्धान टीम खटायौँ र प्रत्येक दिन रिपोर्टिङ लियौँ ।

यो अपराधमा संलग्न हुन सक्नेमध्ये विद्यालयकै सहपाठी पनि हुनसक्ने विषयमा हामी पहिलेदेखि नै चनाखो थियौँ । यस्तो प्रवृत्तिको अपराधमा संलग्नमध्ये प्रेमी वा पूर्वप्रेमी, सहपाठी, सहकर्मी आदि भएको बिगतका अपराध र अनुसन्धानले पनि देखाएका छन् । त्यसकारण हामीले सँगै क्लासमा पढ्ने, सँगै आउने जाने वा विशेषसम्बन्ध भएका व्यक्तिहरुलाई क्लोज मनिटरिङ गरिरहेका थियौँ ।

म जाँदा त्यहाँ नाराजुलुस र आन्दोलन सुरु भइसकेको थियो । त्यस्तो भएमा प्रहरीलाई त्यतातिर खटाउनुपर्ने हुन्थ्यो, जसले अनुसन्धानलाई थप जटिल बनाउँथ्यो । त्यसकारण मैले स्थानीय बासिन्दा, राजनीतिक दलका अगुवा आदिसँग बसेर छलफल गरेँ र अपराधी पत्ता नलगाइ नफर्कने प्रतिबद्धता जनाउँदै आन्दोलन रोक्न आग्रह गरेँ । हामीले सबैभन्दा धेरै सुराक विद्यालयबाट पाउने भएकाले विद्यालय खोल्न पनि आग्रह गर्यौँ ।

त्यो बाहेक घटनाको प्रकृति हेर्दा घटना स्थानीय व्यक्तिबाटै भएको निष्कर्षमा हामी पुगिसकेका थियौँ । अनि अपराध समाजमै हुन्छ र अपराधी समाजमै छ, त्यसकारण हामीलाई सहयोग गर्नुहोस् भनेर आग्रह गर्यौँ ।

 

हामीले हाम्रो अनुसन्धान सुरु गर्यौँ । सुरुमा हामीले फराकियो घेरा बनाएर अनुसन्धान सुरु गर्यौँ र बिस्तारै क्लोज रिङ तयार पार्यौँ । हामी त्यसपछि डोर टु डोर भिजिटमा जान थाल्यौँ, कैयौँलाई सोधपुछ गर्न थाल्यौँ ।

अहिलेका जुन आरोपी छन्, उनी घटनाको तेस्रो दिनदेखि नै हाम्रो अनुसन्धानको दायरामा थिए । उसका केही फरक हर्कत, केही झुट र समयको ‘मिसम्याच’को कारण उनी हाम्रो शंकितमा थिए । तर एकैपटकमा उनलाई दोषी भन्न सक्ने आधार हामीसँग थिएन । उनलाई धेरैपटक केरकार गरेका छौँ । कैयनपटक बोलाएर उसको बुवासँगै फिर्ता पठाएका छौँ । कैयनपटक अनौपचारिक ढङ्गले ऊ सँगै हामी उसको घरतर्फ गएका छौँ, कुरा गरेका छौँ । हामीले कसैलाई ठूलो स्वर पनि नबोली अनुसन्धानलाई तार्किक निष्कर्षमा पुराउन सफल भयौँ ।

अनुसन्धानको सुरुवातमै अपराधी विद्यालयकै विद्यार्थी पनि हुन सक्छ भन्ने सोच्नुभएको थियो ?

यो अपराधमा संलग्न हुन सक्नेमध्ये विद्यालयकै सहपाठी पनि हुनसक्ने विषयमा हामी पहिलेदेखि नै चनाखो थियौँ । यस्तो प्रवृत्तिको अपराधमा संलग्नमध्ये प्रेमी वा पूर्वप्रेमी, सहपाठी, सहकर्मी आदि भएको बिगतका अपराध र अनुसन्धानले पनि देखाएका छन् । त्यसकारण हामीले सँगै क्लासमा पढ्ने, सँगै आउने जाने वा विशेषसम्बन्ध भएका व्यक्तिहरुलाई क्लोज मनिटरिङ गरिरहेका थियौँ ।

भागरथी घर जाँदा उक्त दिन भागरथीको नजिकै जाने व्यक्तिमा यी आरोपित पनि थिए र सोधपुछका क्रममा पनि केही शंकास्पद हर्कत र झुटहरु पाइएपछि हामीले उनलाई निगरानी गरिरहेका थियौँ ।

अनुसन्धानका लागि कति प्रहरी परिचालित थिए ?

अनुसन्धानमा खटिने प्रहरी कर्मचारीहरु सादा पोसाकमै रहनुपर्छ । किनभने बालबालिका र सर्वसाधरणले बर्दीमा रहेका प्रहरीसँग कुराकानी गर्न पनि अप्ठेरो मान्छन् । त्यही भएर कम्तिमा पनि ४० जना अनुसन्धान अधिकृतहरु सादा पोसाककै थिए ।

त्यसबाहेक त्यहाँ सुरक्षा चाहियो, त्यसका लागि प्रहरी थिए । १० जना बस्ने प्रहरी चौकीमा यति धेरै सङ्ख्यामा प्रहरी हुँदा त्यहाँ व्यवस्थापन गर्नुपर्ने थियो । त्यसका लागि पनि त्यहाँ थप प्रहरी चाहिन्थ्यो । त्यसकारण त्यहाँ बढी नै प्रहरी परिचालित थियो ।

पहाडी क्षेत्र भएकाले हाम्रा लागि ह्युमन रिसोर्स नै बढी महत्त्वपूर्ण भयो । तर यसो भन्दै गर्दा प्राविधिक विश्लेषणले शंका गर्नमा थप मद्दत पुराएकै थियो । तर पनि कुन कम र कुन बढी भन्नुहुन्छ भने यसपटक ह्युमन इन्टिलिजेन्स नै बढी महत्त्वपूर्ण रह्यो ।

अपराधीसम्म पुग्ने गतिलो आधारचाहिँ के पाउनुभयो र आरोपित पक्राउ पर्यो ?

अनुसन्धानको धेरै विषय त भन्न मिल्दैन । तर बलियो आधार भनेको घटना भएको समयमा आरोपी घटनास्थलकै वरिपरी भएको फिजिकल तथा टेक्निकल एनालाइसीस पाइयो, घटनापछि व्यवहारमा आएको परिवर्तन धेरै भएको, कुकुर आउने दिन ऊ घटनास्थल नआएर अन्तै गएको लगायतका केही आधार र प्रमाणले हामीमा ऊ प्रति धेरै शंका बढायो । त्यसबाहेक अहिले मैले भन्न नमिल्ने केही प्रमाण पनि पायौँ, त्यसकारण हामीलाई ऊ प्रतिको शंका झनै बढ्यो र हामी उसको नजिक पुग्यौँ । त्यसैकारण हामी अपराधीसम्म पुग्न सफल भयौँ ।

अनुसन्धानमा ह्युमन इन्टिलिजेन्स प्रमुख रह्यो कि टेक्निकल एनालाइसिस ?

पहाडी क्षेत्र भएकाले हाम्रा लागि ह्युमन रिसोर्स नै बढी महत्त्वपूर्ण भयो । तर यसो भन्दै गर्दा प्राविधिक विश्लेषणले शंका गर्नमा थप मद्दत पुराएकै थियो । तर पनि कुन कम र कुन बढी भन्नुहुन्छ भने यसपटक ह्युमन इन्टिलिजेन्स नै बढी महत्त्वपूर्ण रह्यो ।

संसारलाई हेरौँ न, १४ वर्षका केटोले एके ४७ चलाएर मान्छे मारेको उदाहरण छैन र ? भर्खरै बझाङको घटना पनि हेर्नुहोस् न, अभियुक्त अहिले पनि सुधारगृह मै छन् कि छैनन् ? देशैभरका सुधारगृहमा हेर्नुहोस् न यस्ता अपराधमा मुछिएका कति नाबालकहरु छन् ?

कतिपयले अहिले पनि त्यही व्यक्तिले यस्तो अपराध गर्यो होला र भन्दै शंका गरिरहेका छन्, किन होला ?

मान्छेलाई बोलिदिन, भनिदिन कसले छेक्छ र, फरक पर्छ र ? बोलेको, भनेको पैसा लाग्दैन क्यारे । यस्तो भनेबापत् कोही जिम्मेवार पनि बन्नुपर्दैन । अनि कसैले यस्तो कुरा भनिदियो भने नकारात्मक सोचमात्रै हुने व्यक्तिले तुरुन्तै ग्रहण गरिहाल्छ । व्यक्तिले सकारात्मक र नकारात्मक देख्ने हुन्छ । सकारात्मक देख्ने जिम्मेवार व्यक्तिले प्रहरीले गरेको अनुसन्धानलाई नजिकबाट हेरिरहेको हुन्छ र उसले बुझ्छ, नकारात्मक सोच्नेले त के के बोल्छ र भन्छ भनेर चिन्ता गरेर पनि के गर्नु ?

किनभने यस्तो घटना पहिलो हो र ? यस्ता घटना पहिले पनि भएकै हुन् । संसारलाई हेरौँ न, १४ वर्षका केटोले एके ४७ चलाएर मान्छे मारेको उदाहरण छैन र ? भर्खरै बझाङको घटना पनि हेर्नुहोस् न, अभियुक्त अहिले पनि सुधारगृह मै छन् कि छैनन् ? देशैभरका सुधारगृहमा हेर्नुहोस् न यस्ता अपराधमा मुछिएका कति नाबालकहरु छन् ? अनुसन्धानले अपराध देखाउने, व्यक्ति स्वयम्ले स्वीकार गरेको कुरामा पनि घरमा बसेर यो होइन भन्ने व्यक्तिहरु ओभर स्मार्ट र अजासु (अति जान्ने सुन्ने) मात्रै हुन् ।

यो घटना र निर्मला पन्त प्रकरणमा सार्वजनिक गरिएका व्यक्तिलाई जोडेर पनि हेर्न थालियो, तपाईँ त ढुक्क हुनुहुन्छ नि ?

कुनै अमुक घटनालाई लिएर सबैलाई एउटै तराजुमा राखेर हेर्न मिल्छ भन्ने मलाई लाग्दैन । त्यसो भए बझाङ घटनालाई पनि हेरे हुन्छ त । अपराधी अहिले पनि सुधारगृहमै छँदै छ, त्यसलाई पनि त उदाहरण मान्नु पर्यो नि ।

निर्मला प्रकरणमा भएको कमजोरी र अनुसन्धान प्रक्रियाको विषयलाई लिएर म पनि जिम्मेवारी लिन्छु । तर त्यो घटनामा प्रहरीमात्रै होइन, सबैले जिम्मेवारी लिनुपर्छ । स्थानीय जनता, राजनीतिकर्मी, पत्रकार, मिडिया सबैले यसको जिम्मेवारी लिनुपर्छ ।

सुरुवातमाचाहिँ कत्तिको डर लागेको थियो ?

सुरुवातमा पक्कै डर थियो । देशैभरबाट अपराधी आजै चाहियो, भोलि नै चाहियो भन्ने माग थियो, त्यसले हामीलाई थप दबाव दिएकै थियो । गाउँघरमा मानिसहरु राम्रोसँग नखुलिदिनु, महिला, बालबालिका आदि हामीसँग बोल्न हिचकिचाउनुले सुरुवाती दिनमा केही कठिन भएको पक्कै हो । म आफै पनि धेरै जोखिम मोलेर घटनास्थल पुगेकै हो, करियर दाउमै राखेको हो । यसको सफलता र असफलतासँग म र मेरो सिङ्गो संगठनको इज्जतको सवाल थियो, त्यसकारण मैले जोखिम मोलेकै हो र अनुसन्धान नसकी फर्किन्न भनेको हो । तर पछि स्थानीयहरु बिस्तारै खुल्दै जानुभयो र हामीलाई सूचना दिन थाल्नुभयो । त्यसपछि हामीलाई काम गर्न केही सजिलो भयो । तैपनि यो प्रहरीको नियमित काम नै हो भनेर बुझ्नुपर्छ ।

अनुसन्धानको क्रममा नसुतेका रात पनि छन् कि ?

पक्कै पनि छ । केही नयाँ कुरा आउनासाथ त्यसको फलोअप गर्नुपर्यो, विश्लेषण गर्नुपर्यो । टोली फर्केर आएपछि त्यसको एनालाइसिस हुन्थ्यो । कतिपय दिनमा अनुसन्धान अधिकृतहरु रातको ११ बजेसम्म फिल्डमै हुन्थे । त्यसपछि आएको रिपोर्टलाई समीक्षा गर्दा गर्दा कहिलेकाहीँ रात बितेको पनि थाहा हुँदैनथ्यो । त्यतिबेला हामीलाई निद्राको परवाह नै हुँदैनथ्यो । नसुतेको रात पनि छन् । किनभने दिनभर काम गर्यो, बेलुका रिजल्ट जिरो हुँदा हामीलाई निद्रा पनि पर्दैनथ्यो ।

बैतडीमै पुराना केही ठूला अपराधका घटनाहरु लुकाइएको भन्ने छ, अब त्यो पनि अगाडि बढ्छ कि ?

हो, त्यहाँ ४ वटा ठूला अपराधका घटनाहरु रहेछन् । २ वटा अनुसन्धान भइसकेको तर प्रतिवादीहरु फरार भएको रहेछ भने २ वटा अनुसन्धान गर्नुपर्ने अवस्थाको रहेछ । ती सबै घटनाको तथ्याङ्कलाई हामीले सुक्ष्म अध्ययन गरेर म आँफैले पनि हेर्ने र त्यहीँका प्रहरीलाई अनुसन्धान गर्न पनि निर्देशन दिने काम गरेको छु । ६ गतेसम्म त हाम्रो सम्पूर्ण टिम यही काममा केन्द्रीत थियो । अब तत्कालै ती घटनामा पनि गहनरुपले अध्ययन र अनुसन्धान सुरु हुन्छ ।

मिडिया र राजनीतिक दलले घटनालाई ट्वीस्ट गर्देलान् कि भन्ने डर पनि थियो कि ?

सामाजिक सञ्जालको दुरुपयोगको डर मलाई एकदमै थियो । किनभने पहिलेका केही घटनाहरुमा पनि त्यस्तो देखिएकै हो । विशेषगरी निर्मला पन्त प्रकरणमा सामाजिक सञ्जाल, युटुब, र केही जिम्मेवार भनिएका मिडियाका कारण पनि अनुसन्धान केही ट्वीस्ट भएको थियो । त्यो विषयमा हामी सचेत थियौँ र पहिलो दिनदेखिनै हामी गलत समाचार बाहिर नजाओस् र भ्रम नफैलियोस् भन्नेमा चिन्तित रह्यौँ । हाम्रै भनाइ लिने र त्यो विषयलाई अर्कै प्रकारको टाइटल दिएर अतिरञ्जित बनाउने, विषय नै तोडमोड गरेर प्रसारण तथा प्रकाशन गर्ने सम्बन्धमा हामी सुरुवातदेखिनै सचेत थियौँ । निर्मला पन्त प्रकरणमा जस्तो युटुबहरुले जे पायो त्यही टाइटल दिएर लेख्ने र अतिरञ्जना गरेर भ्रम छर्ने काम सायद यो प्रकरणमा त्यति भएन होला । एकाध युटुबमा त्यस्ता विषय पनि आए, तर यसपटक पहिलेजस्तो न्युनतम आचारसंहिता नै बिर्सिए भन्ने मलाई लाग्दैन ।

म केन्द्रीय प्रवक्ता हुँदाको केही आफ्नै तितो अनुभव पनि छ । पत्रकारको कार्ड लिएर आएपछि बोलिदिनु नै पर्यो । तर मैले बोलेको कुरा एउटा हुन्छ, टाइटलचाहिँ अराजक राखेर अतिरञ्जना गरेका धेरै युटुब भिडियोहरु अहिले पनि पाउनुहुन्छ । त्यही भएर यसपटक म आफैले अनुरोध गरेर अनावश्यक मिडियाबाजी र दुरुपयोग हुन नदिएकै हो । तर पनि अलिअलि त पक्कै भयो होला । हामी काम गर्दै हुन्छौँ, मोबाइल र क्यामेराले खिचेर जे पायो त्यही हाल्न नदिएकोचाहिँ साँचो हो ।

भागरथी हत्याकाण्डको सफल अनुसन्धानले निर्मला पन्त प्रकरणमा थप अनुसन्धान गर्न हौसला थपेको छ ?

यो अनुसन्धानले म केही उत्साहित छु । प्रहरी अधिकृतका लागि अनुसन्धान भनेको ‘लर्निङ बाई डुइङ’ पनि हो । जति काम गर्यो, त्यति नै नयाँ नयाँ सोच आउँछ, आफ्नो क्षमता अभिवृद्धि हुँदै जान्छ । त्यसले गर्दा अहिलेको घटना र निर्मला पन्त प्रकरण पनि उस्तै उस्तै भएकाले यो घटनाको सफल अनुसन्धानपछि उत्साह थप बढेको छ । हामीले निर्मला प्रकरणको सफल अनुसन्धान हुन नसकेकोबाट केही पाठ सिकेका थियौँ र त्यो कमजोरी यहाँ हुन दिएनौँ । अब यहाँ सिकेको अनुसन्धान पनि निर्मला प्रकरणको अनुसन्धानमा जोड्न सक्छौँ ।

तपाईंहरुले पनि बुझ्नुपर्ने कुरा के हो भने सूचना बिना कुनै पनि प्रहरीले अनुसन्धान गर्न सक्दैन । किनभने प्रहरीसँग जादुको छडी हुँदैन र जबसम्म स्थानीयले सुचना दिनुहुन्न, तबसम्म हामीलाई पनि अनुसन्धान गर्न गाह्रो पर्छ । त्यसकारण पनि म आग्रह गर्छु निर्मला प्रकरणमा थप अनुसन्धानका लागि स्थानीयले सहयोग गर्नैपर्छ । आफूलाई लागेको कुरा प्रहरीसमक्ष भनिदिनुपर्छ । सूचना गलत पनि होलन्, तर त्यो सुूचना दिनुपर्छ । म सबैलाई आग्रह गर्छु तपाईंसँग जे सुचना छ, दिनुहोस् हामी त्यसलाई सुक्ष्म विश्लेषण गर्छौँ । यो अनुसन्धानले हामीलाई थप उर्जा दिएको छ, हामी निर्मला प्रकरणको अनुसन्धानलाई फेरि तीब्रता दिन्छौँ ।

(रातोपाटीबाट साभार)

सिफारिस

बैतडी

 बैतडीको सुर्नया गाउँपालिकामा सम्पन्न निशुल्क स्वास्थ्य शिविरमा करिब २ सयले सेवा पाए !!

फाल्गुन २३, २०७७
6
सुदुरपश्चिम

आइतबार मुख्यमन्त्री भट्ट कञ्चनपुर आउँदै !!

फाल्गुन २२, २०७७
62
जिप दुर्घटना
दार्चुला

दार्चुलाको उचाकोटमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु ४ जना घाईते, ३ को अवस्था गम्भीर !!

फाल्गुन २२, २०७७
129
बैतडी

बैतडीमा कोभिड १९ बिरुद्धको खोप ढुक्क भएर लगाउन स्वास्थ्य कार्यालयको आग्रह !!

फाल्गुन २२, २०७७
24
कन्चनपुर

वेदकोटमा नगर स्तरीय युवा सन्जाल गठन अध्यक्षमा पाण्डेय

फाल्गुन २२, २०७७
204
बैतडी

ज्येष्ठ नागरिकलाई खोप लगाउन बैतडीमा तोकिए ४८ खोप केन्द्र!!

फाल्गुन २२, २०७७
13
अर्को

चर्चित कलाकार शिशिर योगीको प्रेरणादायी गीत ‘तिमी हिँडे बाटो बन्छ’ !

अनुहार धप्प बलेको छ ती गाला हेर्दै बुझिन्छ: धर्मानन्द भट्ट !

  • लोकप्रिय
  • प्रतिक्रिया
  • सिफारिस

कञ्चनपुरका  युवाले खोले ८० लाखको लगानीमा विदेशमा नेपाली खाजा रेस्टुरेन्ट !!

फाल्गुन १६, २०७७

एउटै घरका पाँच जना नेपाली सेनामा !!

फाल्गुन १७, २०७७

भागरथीको शव आज दाहसंस्कार गरिदैँ : गोठलापानी बजार देखि सेरासम्म शवयात्रा निकालिने !

फाल्गुन ७, २०७७

दिनेश भट्टका बुबाले गरे भागरथी भट्टको हत्या भएको दिन बारे यस्तो खुलाशा !

फाल्गुन ८, २०७७
radio7star.org बाट साभार

दोगडाकेदारमा गुपचुप भएका ५ वटा हत्याका घटनाहरु !

फाल्गुन ३, २०७७

 बैतडीको सुर्नया गाउँपालिकामा सम्पन्न निशुल्क स्वास्थ्य शिविरमा करिब २ सयले सेवा पाए !!

फाल्गुन २३, २०७७

“मेरो भाषणलाई तोडमोड गरी एडिट गरेर सामाजिक सञ्जालमा पोष्ट गरे” : वनमन्त्री आले

फाल्गुन २३, २०७७
Hindu God Laxmi Ganesh at Diwali Festival

अचानक धनी हुँदा मानिसले गर्छन् यी १४ काम !!

फाल्गुन २३, २०७७

बेदकोटको चौधर नदीमा पुल निर्माण हुने भएपछि स्थानीयलाई राहत

फाल्गुन २३, २०७७

तोरिको साग खानुका ५ फाइदाहरु !!

फाल्गुन २३, २०७७

सुदूरपश्चिम खबर

आशिर्वाद मिडिया प्रा लि
दर्ता नम्बर : २२४७९७-०७६-०७७
सुचना बिभाग दर्ता नम्बर : २१७५-०७७-०७८
संचालक / प्रबन्धक निर्देरशक : मनिषा भट्ट

प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In