सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

दुध सम्बन्धी केही जानकारी! कस्तो विरामीले दुध सेवन गर्नु हुदैन ?

कुनै पनि स्तनधारी कुनैपनि स्तनधारी प्राणीका लागि दुध अतिनै आवश्यक पदार्थ हो ।अझ मानव जीवनका लागि त झनै महत्वपूर्ण पदार्थ हो । कुनै पनि शिशुका लागि जन्मेको ६ महिना सम्म उसको सम्पूर्ण खानेकुरा भनेकै दुध मात्र हो ।

अर्थात दुध बाहेक अरु चिज दिन सकिदैन वा हुदैन पनि । बच्चाको उमेर बढदै जाँदा विस्तारै आमाको दुध आउने र बच्चाले खानेक्रम घटदै जान्छ । त्यसको पूर्ति गाई , भैँसी, भेडा, बाख्रा लगायतका जनावरका दुधबाट पूर्ति गर्ने गरिन्छ । दुध ‘माइक्रो न्युट्रेन्ट’ हो , जसले शरीरको सम्पूर्ण बृद्धिविकासका लागि सहयोग पुर्याटउछ ।

दुधबाटै शरीरका लागि आवश्यक पर्ने प्रोटिन, कार्वोहाइट्रेड, फ्याट र मिनरल्स लगायतका तत्वहरु पाइन्छ । शरीरका लागि आवश्यक पदार्थ दुधबाटै पाइने हुनाले नियमित रुपमा दुध पिउने व्यक्ति शारीरिकरुपमा तन्दुरुस्थ र निरोगी हुन्छ । दुधमा पानीको मात्रा निकै बढी हुन्छ । त्यसैले साना बच्चाहरुलाई दुध खुवाएपछि छुट्टै पानी खुवाईदैन । किनकी दुधले पानीको काम पनि गर्छ । १०० ग्राम दुधमा ८७. ७ ग्राम पानी हुन्छ । ३.३ ग्राम प्रोटिन, ३.६ ग्राम लिपिड, ४.६ ग्राम कार्वोहाइट्रेड ०.२ ग्राम अर्गानिक एसिड र ०. ७ ग्राम मिनरल्स हुन्छ । दुधमा पाइने प्रोटिनले शरीरको वृत्तिविकासको लागि काम गर्छ । बोसो र कार्वोहाइट्रेडले शरीरलाई शक्ति प्रदान गर्छ । तुलनात्मक रुपमा गाईको भन्दा भैँसीको दुधमा कार्वोहाइट्रेड र बोसोको मात्रा बढी हुन्छ । तर कोलिस्ट्रोल र मिनरल्सको मात्रा गाईको दुधमा बढी पाइन्छ ।

World Link Ads
Mahakali Polytechnic

दुधले शरीरलाई शक्ति दिने काम गर्छ । शरीरका अंग तथा कोशहरुको बृद्धिविकास वा शरीर बढाउनमा मद्दत गर्छ । त्यस्तै पानीको मात्रा पनि बढाउछ ।दुधमा पाइने क्याल्सीयमले हड्डीको विकास गर्छ । आइरनले हेमोग्लोविनको अर्थात शरीरलाई चाहिने रातो पदार्थको काम गर्छ । फोस्पोरसले हडडीलाई चाहिने बस्तुको काम गर्छ । सोडियम पोटासियमले पानीको मात्रा मिलाउने काम गर्छ । त्यस्तै प्रत्येक कोषका लागि चाहिने लवणहरु पाइन्छ ।

Dirghayu Ads
Sana Kishan

यो पनि पढ्नुहोसः यो कुरा सुरु भएको थियो २०७४ सालको नयाँ वर्षको दिन। बैशाख १ गते निन्द्राबाट ब्युझिए लगतै देब्रे हतको नाडीमा केही असहज महसुस भएको थियो। खस्रो चिज हातमा कोरिएको थियो, हेर्दा ट्याटुजस्तो देखिने छाम्दा भने कुनै कुरा टाँसिए जस्तो। बेलुका सुत्दा सामान्य नै रहको हातमा एकाबिहानै आएको अस्वभाविक परिवर्तनसंगै अनौठो अनुभुति भएपनि म डराएँ। छिटो छिटो खाटबाट उठेर बाथरुम पसेर हातमा साबुन लगाएँ। मज्जाले मिचे,पखाले। सो ट्याटु जस्तो चिज पखालिएन, बरु त्यसको रंग चेन्ज भयो। कालो गोलो घेरा देखियो। गोलो घेरा भित्र रेखाहरु आफसे आफ कोरिन थाले। हेर्दा हेर्दै गोलो आकारको दाँया बाँया घडीको दम जस्ता दुई आकार देखियो। अब घडी जस्तो आकृति प्रस्ट देखियो। घडीको १२ अंकको ठाउँमा एउटा सानो थोप्लो र ६ अंक रहने ठाउँमा अर्को थोप्लो देखे।

पानीभित्रबाट सहतमा निस्केसरी छालामा बिस्तारै तीनवटा फरक(फरक रंगका सुईहरु प्रस्ट देखिन थाले। रातो रंगको धर्सो १२ अंकतिरको थोप्लो तिर सोझियो। निलो र हरियो रंगको सुई ६ बजेको थोप्लो तिर तेस्रियो। सुईहरु देखिएको ठाउँ छाम्दा पनि महसुस हुन्थ्यो।बाथरुमबाट निस्किए। सोच्दै नसोचेको क भयो, कसलाई भन्ने मन डरायो। ‘के भएको देखाउन हस्पिटल जाउँ कि? फेरी दुखेको पोलेको केही छैन। के होला पहिले पत्ता लगाउनु पर्ने सोचे। सोच्दा सोच्दै कोठा बाहिर निस्के। नजिकै रहेको सानिमाको घर तिर तेर्सिए। सानिमाको छोरा मैरै उमेरको थियो। उसैले भन्ने आँटेर कल गरे। ‘आयुष कता छस्?’ ‘घरमा’ ‘म आउँदै छु है’ ‘ओके’, उसले फोन राख्यो।

हातको अनौठो घडी हेरे। घडीमा देखिएको दुईवटा दाँयाँबाँया रहेका दमजस्ता मध्ये एउटा अलिक बाहिर र अर्को केही भित्र छिरेको जस्तो थियो। बाहुला सारेर त्यसलाई छोपी बानेश्वर तिर लम्के। बानेश्वर चोकमा बाटो काट्नेको भित्र सदा झै बाक्लो थियो। कलेज जान लागेका केटीहरु चर्को स्वरमा गफ गर्दै थिए। चोकको बिचमा ट्राफिकको सिठ्ठिको आवाज झनै चर्को थियो। धुवाँ, धुलो, कोलाहाल, यो भन्दा त गाउँकै वातावरण ठिक। गाउँसंग तुलना गर्दै मान्छेको भिड भित्र बाटो काट्न उभिरहेको थिए। बाहुला सारेर घडी हेरे। त्यो बाहिर निस्किएको जस्तो दम थिचेझै औलाले धकेलेको मात्र के थिए, त्यो त साच्चै थिचियो, भित्र पस्यो। यो भित्र पस्नासाथ पहिले दबिएझै रहेको अर्को तिरको दम फुत्त बाहिर आयो। १२ बजे तिर तेर्सिएको रातो सुइ ६ बजेमा झर्यो। निलो सुई १२ तिर तेर्सियो। हरियो सुईमा कुनै हलचल देखिएन। छालाको सहतमा आएको हलचलबाट आँखा उठाए, अर्को अनौठो घट्यो। वरिपरि रहको बाटो काट्नेको भिड गायब! वरिपरि हेरे, डाँडापाखा अनि वनजंगल मात्र।

ती डाँडापाखा अरु कतै नभइ उही पुरानो गाउँको थियो, जुन केही बेर अघि सम्झदै थिए। यताउता डुले, बानेश्वरबाट एकाएक गाउँमा कसरी आइपुगे, केही बुझ्न सकिन। हातको घडी हेरे। घडीको कालो गोलाकार आकार कालो थिएन। बरु चम्किलो सेतो गोलाकार भित्र रातो, निलो र हरियो सुई प्रस्ट थियो। घर भएको ठाउँमा आइपुगे। अर्को अनौठो भयो। ठाउँ त त्यहि थियो तर त्यहाँ घरको कुनै नामनिशान थिएन। केही बेर बसेर केही परको बजार तिर लागे। बजारमा सबै घरहरु उस्तै छन्। चलहपलह उस्तै छ। मोबाइल निकालेर समय हेरे। मोबाइलमा सवा सात बजेको थियो। बिहान कोठाबाट निस्किदा सात बजेको थियो। त्यहाँबाट बानेश्वर पुग्दा सवा सात भएको हुनुपर्छ। बाटोकाट्न केही मिनेट बसे, अनि एकाएका गाउँमा पुगेको प्रस्ट याद छ। बजार आइपुग्नु अघि घर हुनुपर्ने ठाउँमा १० मिनेट त बसेको हुदो हुँ। तर मोबाइलमा सवा सात मात्र किन, रहस्यहरुको चाङ एकपछि अर्को थपिदै गयो।

(frommandu.com बाट साभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.