सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

महाकाली नदिको सेरा घाटमा गरिएको अन्तिम संस्कार संगै : सदाका लागि अस्ताईन भागरथी !

134
Sana Kishan

बैतडी, ०७ फागुन-  बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ चडेपानीकी भागरथी भट्टका आफन्तले शव बुझेर अन्तिम संस्कार गरेका छन्।

परिवार भीत्रकै भाइ नाता पर्ने १६ वर्षका दिनेश भट्टले हत्या र बलात्कार गरेको सरकारी वकिललाई बयान दिएपछि आफन्तले शुक्रबार शव बुझेका हुन। दिनेशलाई बुधबार जिल्ला प्रहरी कार्यालय बैतडीमा सार्वजनिक गरिएको थियो।

Arus

भागरथीको माघ २१ गते दोगडाकेदार गाउँपालिकाको वडा नम्बर ३ मा रहेको सनातन धर्म माविबाट घर आउने बेला, बाटोमा पर्ने लवलेक सामुदाययिक वनमा बलात्कारपछि हत्या भएको थियो।

माघ २२ गते उनको शव बलात्कारपछि हत्या गरिएको अवस्थामा फेला परेको थियो भने २३ गते उनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल बैतडी लगिएको थियो। आफन्तहरुले भागरथीका बलात्कारपछि हत्या गर्नेहरु सार्वजनिक नहुँदासम्म शव नबुझ्ने अडान लिदै आएका थिए।

Karnali Traders

आफन्तले शुक्रबार १५ दिनमा शव बुझेका हुन्। प्रहरीले बलात्कार र हत्यामा सार्वजनिक गरिएका दिनेशले, उनका बुवाकै सामुन्ने सरकारी वकिलको कार्यालयमा आफुले नै बलात्कारपछि हत्या गरेको स्वीकार गरेपछि आफन्तहरुले शव बुझेका हुन।
भागरथीको शव बैतडी जिल्ला अस्पतालबाट सिधै महाकालीको घाटमा लगिएको थियो।

परम्परा अनुसार, विवाह नगरेकी छोरीको शव सेरा घाटमा गाडिएको छ। भागरथीको शवयात्रामा आफन्तसँगै ठूलो संख्यामा सर्वसाधारण सहभागी भएका थिए।

भागरथीको परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले ५ लाख दिने घोषणा गरेको छ।

 

(शिवराज भट्टले अन्नपुर्ण पोष्टमा लेखेका छन्।)

 

 

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.