सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

आरोपीत भट्टबाट आफैले घाइते बनाई बलात्कार पछि हत्या गरेको स्विकार !

87
Sana Kishan

– बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार ७ चडेपानिकी भागरथी भट्टको हत्याका आरोपीत दिनेश भट्टले आफैले बलात्कार पछि हत्या गरेको कुरा स्वीकार गरेकाछन् । बिहिबार प्रहरीले आरोपीतका बुवा समेतलाई संगै राखी लिइएको बयानमा दिनेशले आफैले भागरथीलाई बलात्कार गरि हत्या गरेको कुरा स्वीकार गरेका हुन् ।

प्रहरी श्रोतले भन्यो ‘हाम्रो न्यायीक हिरासतमा आरोपीतका बुवा सहित राखेर लगातार ४ घण्टासंम्म कुरा ग¥यौँ, हाम्रा सबै प्रमाणहरु ठ्याक्कै उसको बयान मिल्न गएकाछन् । आफैले फलानो ठाउँमा घडि फालेको छुँ भन्यो, हाम्रो टोली त्यहाँ पुग्दा भनेकैै ठाउँमा घडि भेटियो । उनले भागरथीको जुत्ता भेटिएको ठाउँबाट पश्चिमतर्फ रहेको खोल्सामा घडी फालेको बताएपछि त्यहाँ पुगेको प्रहरी टोलीले घडी फेला पारेको थियो । भागरथीलाई लडाएर घाइते अवस्थामै बलात्कार गरेको कुरा दिनेशले स्वीकार गरेकाछन् । दिनेशले भने ‘बलात्कारपछि घाटीमा थिचेर हत्या गरेको हुँ ।’

Arus

मृतक भागरथी २१माघमा हराएर २२गते साझँसम्म नभेटिएपछि आरोपीत दिनेशले नै घटनास्थलतर्फ खोज्नका लागी अरु ब्यक्तिलाई समेत लगेका थिए ।

दिनेशले हत्या गरेको कुरामा विश्वास गर्न सकिने ठोस प्रमाण प्रस्तुत गर्न नसकेको भन्दै मृतकका आफन्तले शव बुझ्न अस्वीकार गरेपछि प्रहरीले परिवारका सदस्यलाई उनीसँग एक्लाएक्लै भेटाएर कुराकानी गर्न लगाएको हो ।

Karnali Traders

बिहिबार जिल्ला प्रहरी कार्यालयको न्यायीक हिरासतमा आरोपीतका आफन्त सहित राखेर लिइएको बयानमा आरोपीत दिनेशले घटना आफैले गराएको कुरा स्वीकार गरेको मृतक र आरोपीतका काका शिबराज भट्टले बताए । मृतकका आफन्तले शव बुझ्ने कुरा प्रक्रियामा रहेको र घटनाको बिषयमा थप अनुसन्धान समेत भैरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले दिनेश बाहेकका ब्यक्तिका बिषयमा समेत अनुसन्धान भने जारी राखेको जनाएको छ । अहिले ५दिनको म्याद थपगरि अनुसन्धान गरिरहेको प्रहरीले उनलाई ५दिनमा अदालतमा पेश गर्ने प्रक्रिया सुरु गरेको छ ।

प्रहरीले आरोपीत दिनेश भट्टलाई बुधबार दिउँसो पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिसकेको छ ।

(सीपी लोहियाले ninglashainionline.com मा लेखेका छन्।)

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.