सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भागरथी हत्या प्रकरण : प्रहरीका यी कुरामा आफन्तले संका गरेका हुन !!

 

बुधबार प्रहरीले मृतक भागरथी अध्यान गर्दै आएको सनातन धर्ममाबीका कक्षा ११ का बिद्यार्थी दिनेश भट्टलाई अभियुक्तको रुपमा सार्बजनिक गरीसकेको छ । दिनेश भागरथीका नातामा भाइ समेत हुन ।

उनको साबुती बयानका आधारमा प्रहरीले दोसी ठहर गरेको छ यद्यपी अदालतले ५ दिन थप अनुसन्दान गर्न म्याद दिएकोे छ । आफन्तहरुले संका गर्ने धेरै ठाँउहरु छन । मुख्य ठाँउ त पोस्टमाटम रिर्पाेटले बलत्कारपछि हत्या गरेको रीर्पाेटसँग अभियुक्तको बयान नमिल्नु नै हो ।

World Link Ads
Mahakali Polytechnic

अभियुक्त दिनेशले हत्या गरेको तर बलत्कार नगरेको प्रहरीलाई बयान दिएका छन । पोष्टमाटम रिर्पाेटमा बलत्कारपछि हत्या भनिएको छ । यस्तै प्रहरीका अनुसार भिरबाट खसालेर हत्या गरेको भन्ने अभिब्याक्तीलाई पनि संकाको घेरामा आफन्तले लिइएका छन ।

घटनास्थलमा प्रहरीले भने जस्तो भिर छैन । ता कि तालिम प्राप्त कुकूरले पनि घटनास्थलबाट दिशानिर्देस तल देखाएको थियो । भागरथी मृत फेला परेको भन्दा माथि घटना घटाएको अभियुक्त बयान र प्रहरीको बयान छ । यसअघि प्रहरीले पनि तथ्यपरकरुपमा अभियुक्तलाई बाहिर ल्याउने बताएको थियो ।

यद्यपी पत्रकार सम्मेलनमा दिनेश आरोपीत रहेको र अहिले दोसी भन्न नहुने डिआइजी उत्तमराज सुबेदीले बताउनुभएको थियो । दिनेशलाई ५ दिनको म्याद थप गरी अनुसन्धानको लागि अदालतले प्रहरीलाई समय दिएको छ ।

Sana Kishan

हुन त भागरथीका आफन्तसँग पनि दिनेश भट्टले आफुले नै भागरथीको हत्या गरेको बताइसकेका छन ।
यता भागरथीका आफन्तले भने घटना घटेको बेला हत्यारालाई खोजतलास गरी हत्यारा कानुनी दायरामा ल्याउन माग गर्दै निबेदन दिएका थिए ।

त्यसपछि प्रहरीले हत्यारा पत्ता लगाइसकेको भनेपछि आफन्तले पनि पिडित दिनेश नै हुन भने थप प्रमाण सहित स्पस्ट पारी कार्वाही गर्न माग सहित निबेदन दिएको आफन्त शिवराज भट्टले बताउनुभयो ।

अभियुक्तले बयानमा हत्या गरेको तर बलत्कार नगरेको बताइरहदा पोष्टमाटम रिर्पाेटसँग नमिलेको भन्दै आफन्तले शव नबुझ्ने बताएका छन ।
आफन्तले भने पोष्टमाटम रिर्पाेट अनुसार बलत्कारमा संलग्नलाई पनि बाहिर ल्याउनु पर्ने माग गर्दे आएका छन ।

 

 

 

(कृष्ण बिष्टले radio7star मा लेखेका छन्)

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.