सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय कञ्चनपुरमा बैतडीका २ सय १५ उजुरी !!

80
Sana Kishan

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरमा बैतडीबाट २ सय १५ वटा मुद्धा तथा उजुरीहरु परेका छन । आयोगको कार्यालय स्थापना पश्चात आर्थिक बर्ष २०७५÷०७६ देखि चालु आर्थिक बर्षको पुस मसान्त सम्ममा बैतडीका बिभिन्न सरकारी कार्यालयहरुका नाममा २ सय १५ वटा मुद्धा तथा उजुरीहरु परेका हुन ।

आर्थिक बर्ष २०७५÷०७६ मा बिभिन्न कार्यालयको नाममा ७२ वटा उजुरीहरु दर्ता भएकोमा ३७ वटा उजुरीहरुको फच्यौट भईसकेका र ३५ वटा मुद्धा तथा उजुरीहरु अनुसन्धानकै क्रममा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरका सुचना अधिकारी हरिशचन्द्र जोशीले जानकारी दिनुभएको छ । आर्थिक बर्ष ०७६÷०७७ मा ९४ वटा उजुरीहरु परेकोमा ६५ वटा फच्र्यौट भईसकेको र २९ वटा उजुरीहरु अनुसन्धानका क्रममा रहेका छन ।

Arus

यस्तै चालु आर्थिक बर्षको पुष मसान्तसम्ममा ४९ वटा उजुरीहरु परेकोमा १२ वटा उजुरीहरुको फच्र्यौट गरिएको र ३७ वटा मुद्धा तथा उजुरीहरु अनुसन्धानका क्रममा रहेको सुचना अधिकारी जोशीले जानकारी दिनुभएको छ ।

Karnali Traders

यसरी हेर्दा कार्यालय स्थापना भए पछि बैतडी जिल्लाका बिभिन्न सरकारी कार्यालयका नाममा परेका २ सय १५ उजुरीमध्ये १ सय १४ वटा उजुरीहरु फच्र्यौट गरिएको र १ सय १ वटा उजुरीहरु अनुसन्धानका क्रममा रहेका छन । बिभिन्न प्रकारका उजुरीहरुमध्ये खासगरी अनियमितता, भ्रष्टाचार र अनुचितको सम्बन्धका उजुरीहरु बढी आउने गरेका कार्यालयका सुचना अधिकारी जोशीले बताउनुभयो ।

“बैतडीका स्थानिय तहका प्रायः सबैका उजुरीहरु छन । ” जोशीले भने । यस्तै बिकास निर्माणसगं सम्बन्धित कार्यालयहरुको, बनसगं सम्बन्धित र सिचाई तथा सडक लगायतका बिकास निर्माणका काममा हुने अनियमितताका उजुरीहरु रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले जनाएको छ ।

तिन आर्थिक बर्षको तथ्याकं हेर्दा उजुरीको संख्या बढ्दै गएको देखिएको छ । भ्रष्टाचार र अनुचितको सम्बन्धका उजुरीहरु बढी आउने गरेकोमा कार्यालयले भ्रष्टाचार तथा अनियमितताका मुद्धाहरुमा अनुसन्धान गर्ने भए पनि अनुचितको सम्बन्धका उजुरीहरु आफुहरुले सम्बन्धित निकायमा पठाउने गरेको सुचना अधिकारी जोशीको भनाई छ । (जनक साउद ले रेडियो बैतडीमा लेखेका छन्)

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.