सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीमा टुहुरा तथा अपाँगता भएका बालबालिकालाई शैक्षीक सामाग्री र पोषाक वितरण !!

57
Sana Kishan

बैतडीमा एक जना युवाले टुहुरा तथा अपाँगता भएका बालबालिकाहरुलाई शैक्षीक सामाग्री र पोषाक वितरण गरेका छन् । जिल्लाको सुर्नया गाउँपालिका वडा नं ५ मड घरभएका समाजसेवि युवा रिजन मडैले आफ्नो स्वर्गिय बुवाको समझनामा रौलेश्वर मावि रामकि बरायलमा अध्यनरत ३५ जना बालबालिकाहरुलाई पोषाक र शैक्षीक सामाग्री वितरण गरेका हुन् ।

सुर्नया घर भइ हाल जपान बस्ने लक्ष्मी मडै , मोहन सिँह मडै र काठमाडौँ मा बस्ने रिजन मडै तिनैजना भाइबहीनिहरुको संयुक्त आर्थिक सहयोगमा बालबालिकाहरुलाई पोषाक र शैक्षीक सामाग्री वितरण गरिएको स्थानिय निराजन मडैले जानकारी दिनुभयो ।

Arus

आमा बुवा गुमाएका र अपाँगता भएका बालबालिकाहरु आर्थिक अभावले शिक्षाबाट बञ्चीत नुहन भनेर उनिहरुले सहयोग गर्दै आएका उहाँको भनाई छ । उनिहरुले मंगलबार सरस्वती पूजाको अवसर पारेर विद्यालय मार्फत अनाथ तथा अपाँगता भएका बालबालिकाहरुलाई विद्यार्थी पोसाक र शैक्षीक सामाग्री वितरण गरेका विद्यालय प्रधानाध्यापक उद्दब बहादुर विष्टले बताउनु भएकोछ ।

Karnali Traders

मंगलबार सरस्वती पूजाको दिन टुहुरा तथा अपाँगता भएका बालबालिकाहरुलाई युवा तथा समाज सेवि मडैभाइबहीनिले दिएको पोषाक र शैक्षीक सामाग्री हस्तान्त्रण गरेको उहाँले बताउनुभयो । प्रधानाध्यापक विष्टका अनुसार कक्षा १ देखि १० सम्म अध्यनरत टुहुरा तथा अपाँगता भएका बालबालिकाहरुले पोषाक र शैक्षीक सामाग्री पाएका हुन् ।

विगत ५ वर्षदेखि उहाँँले रौलेश्वर मावि अध्यनरत टुहरा तथा अपाँगता भएका बालबालबालिकाहरुलाई पोषाक र शैक्षीक सामाग्रीहरु वितरण गर्दै आएका छन । पोषाक र शैक्षीक सामाग्री पाउँदा टुहुरा तथा आपाँगता भएका बालबालिकाहरु खुसिभएका छन । खर्च अभावले पोषाकर कापिकलम समेत किन्न नसक्ने टुहुरा तथा अपाँगता भएका बालबालिकाहरुलाई उनिहरुको सहयोगले धेरै राहत मिलेको रौलेश्वर माविका शिक्षक नरबहादुर मडैको भनाई छ । (डीआर भट्ट ले  रेडियो बैतडी मा लेखेका छन्)

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.