सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

अभियुक्तको बयानको आधारमा घटनास्थल नजिकबाट भागरथीको घडी भेटियो

काठमाडौँ । बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका किशोरको बयानको आधारमा घटनास्थल नजिकैबाट प्रहरीले भागरथीको घडी फेला परेको छ ।

प्रहरी स्रोतका अनुसार सोधपुछका क्रममा ती किशोरले भागरथीको हत्यापछि उनको घडी घटनास्थलभन्दा केही फालेको बयान दिएका थिए । उनको बायनको आधारमा खोजतालस गर्दा घडी फेला परेको प्रहरीको भनाइ छ । स्थानीयको रोहबरमा सो घडी बरामद गरिएको थियो ।

Sana Kishan

प्रहरीले भागरथीको हत्या गरेको आरोपमा उनी अध्ययनरत सनातन धर्म माध्यामिक विद्यालयका कक्षा ११ का एक छात्रलाई पक्राउ गरेको छ । भागरथी त्यही विद्यालयको कक्षा १२ मा अध्ययनरत थिइन् । व्यक्तिगत रिसिइबीको कारण आफूले भागरथीको हत्या गरेको ती किशोरले प्रहरीसमक्ष स्वीकार गरेका छन् ।

World Link Ads
Mahakali Polytechnic

माघ २१ गते बिहान ९ बजे घरबाट विद्यालय हिँडेकी भागरथी त्यसपछि कहिल्यै घर फर्किनन् । माघ २१ गते साँझसम्म पनि घर नफर्केपछि खोजी सुरु गरेका परिवारले माघ २२ गते साँझ ५ बजे मात्रै भागरथीको शव लवलेक जंगलको बाटोभन्दा करिब ७० मिटर तल बनमाराको झाडीभित्र फेला पारेका थिए । ratopati बाट सभार 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.