सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चनपुरमा ७ सय ७९ जनालाइ खोप दिईयो

94
Sana Kishan

महेन्द्रनगर । कञ्चनपुरमा पहिलो चरणको दोस्रो लक्षित समूहका लागि बुधवार बुधवार ७ सय ७९ जनालाइ खोप दिईएको छ । २ वटा खोप केन्द्र शुक्लाफाँटा र श्रीपुर प्रथमिक स्वास्थ्य केन्द्र बेलौरीबाट ७ सय ७९ जनालाइ खोप लगाईएको हो ।

विश्व कोरोनाको कारण आर्थिक तथा भौतिक रुपमा त्रसित भईरहेको बेला नेपाल सरकारले विभिन्न देशको सहयोगमा कोरोना विरुद्धको खोप लगाउदै आएको छ । पहिलो चरणको दोस्रो लक्षित समूह प्राथमिकतामा रहेका व्यक्तिहरुलाई खोप लगाईन लागेको जिल्ला जनस्वास्थ्य कार्यालले जनाएको छ ।

Arus

खोप अभियान अन्र्तगत बुधवार कञ्चनपुरमा १ सय ६९ महिला ६ सय १० पुरुष गरि ७ सय ७९ जनाले खोप पाएको जिल्ला स्वास्थ्य कार्यालयका कम्प्युटर अपरेटर महेन्द्रा भटटले जानकारी दिईन् ।

पहिलो चरणमा छुटेका स्वास्थ्यकर्मीहरु ११ महिला १८ पुरुष, स्थानीय तहका जनप्रतिनिधी ५१ म्हिला १ सय ७२ पुरुष, निजामती सेवाका कर्मचारीहरु, १५ महिला, ७८ पुरुष, जनपद प्रहरी २ महिला ४४ पुरुष, सशस्त्र प्रहरी १६ महिला १ सय पुरुष, बैंक तथा बित्तिय संस्था ६३ महिला १ सय ३८ पुरुष, प्राधिकरण र संस्थानमा कार्यरत ९ महिला ४८ पुरुष र पत्रकार २ महिला १२ पुरुष गरि ७ सय ७९ जनालाई खोप दिईएको जिल्ला स्वास्थ्य कार्यालयका कम्प्युटर अपरेटर महेन्द्रा भटट्ले बताईन् ।

Karnali Traders

कञ्चनपुरमा ६ गते सम्म विभिन्न खोप केन्द्र मार्फत लक्षित समूहलाई खोप दिने कार्यक्रम रहेको जनस्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरले महाकाली अस्पताल सहित जिल्लामा विभिन्न ४ स्थानमा निर्धारण गरिएका केन्द्रबाट लक्षित समूहले खोप लगाउन पाउने स्वास्थ्य कार्यालयले जनाएको छ ।

स्वास्थ्य कार्यालयका प्रमुख शिवराज सुनारले महकाली अस्पताल,श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्र बेलौरी, शुक्लाफाँटा नगरपालिका, र दोधारा चाँदनी नगरपालिकाबाट कोरोना विरुद्धको खोप लगाइने जानकारी दिए । संघीय सरकारले निर्धारण गरे बमोजिम सबै सरकारी कार्यालयका कर्मचारी, जनप्रतिनिधी, सरकारी गैरसरकारी संघसंस्थाका कर्मचारीहरुलाइ खोप दिईने बताए ।

यस्तै, सार्वजनिक संस्थान तथा बैँकका कर्मचारी, पत्रकारहरु, यसअघि छुटेका स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंम सेवक, एम्बुलेन्स तथा शवबाहान चालक, शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मीलाई खोप लगाइन लागेको हो ।

स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्रका निमित्त प्रमुख पदमबहादुर बिष्टले सुदूरपश्चिममा १६ हजार १ सय १० जनालाई लगाउन मिल्ने गरि खोप पठाइएको बताए । कञ्चनपुरमा ३ हजार जनालाई लगाउन पुग्ने खोप पठाइएको जानकारी दिए । मानसखण्ड

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.