सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

ग्रीनलाइफ हाइड्रोपावरको आइपिओ बाँडफाँड कहिले हुँदै? जान्नुहोस्!

58
Sana Kishan

माघ २३ गतेबाट खुलेको ग्रीनलाइफ हाइड्रोपावरको आइपीओ यसै साता बाँडफाँड हुने भएको छ। यस कम्पनीको बिक्री प्रबन्धक बिओके क्यापिटलले बताएअनुसार सर्वसाधारणमा बिक्री गरेको आइपीओ यसै शुक्रबार बाँडफाँड गर्ने तयारी गरिएको छ।

यस कम्पनीको आइपीओमा १३ लाख ३७ हजार ९४२ जना आवेदकबाट २ करोड ३९ लाख ७६ हजार ६०० कित्ता शेयर खरिदको लागि आवेदन परेको थियो। यो संख्या माग गरिएकोभन्दा ७.३७ गुणा धेरै हो। मागभन्दा धेरै आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार गोलाप्रथाबाट न्युनतम १० कित्ताका दरले शेयर वितरण हुनेछ।

Arus

ग्रीनलाईफ हाइड्रोपावर कम्पनी लिमिटेडमा ३ लाख २५ हजार १६५ जनाले मात्रै १० कित्ताका दरले शेयर पाउनेछन्। हालसम्म आवेदन दिएकामध्ये १० लाख १२ हजार अर्थात ७५.७ प्रतिशलले शेयर नपाउने देखिन्छ।

स कम्पनीले केहि समय पहिला स्थानिय आयोजना प्रभावितहरुका लागि सेयर बेचेको थियो। स्थानीय बासिन्दाको लागि खोलिएको सबै सेयर बिकेको थिएन। स्थानियका लागि खोलिएको सेयरमध्ये ९४ प्रतिशत सेयर बिक्री भएको थिएन। १ हजार २१६ जना स्थानियले मात्र आइपिओ किनेका थिए। ग्रीनलाईफ हाइड्रोपावर लिमिटेडले १०० अंकित दरको १८ लाख कित्ता शेयर तथा स्थानीय बासिन्दाको लागि बिक्री खुल्ला गरिएको शेयरमध्ये बिक्री नभएका १६ लाख ९६ हजार ४०० कित्ता शेयर गरी जम्मा ३४ लाख ९६ हजार ४०० साधारण शेयर सर्वसाधारणका लागि अहिले बिक्री खुल्ला भइरहेको छ।

Karnali Traders

३४ लाख ९६ हजार ४०० कित्तामा सामुहिक लगानी कोष, कर्मचारी पनि समावेश छन्। कम्पनीमा काम गर्ने कर्मचारीहरुका लागि ६९ हजार ९२८ कित्ता छुट्याइएको छ भने म्युचुअल फण्डहरुका लागि १ लाख ७४ हजार ८२० कित्ता छुट्याइएको छ। बाँकी रहेको ३२ लाख ५१ हजार ६५२ कित्ता भने सर्वसाधारणले पाउनेछन्। ग्रीनलाईफले दोलखाको मार्बु गाविसमा ४० मेगावाटको खानिखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ।

ग्रीनलाइफ हाइड्रोपावरले माघ २३ गतेदेखि प्रतिशेयर १०० अंकित मूल्यका १८ लाख कित्ता र स्थानीय बासिन्दाका लागि जारी शेयरमा बिक्री नभएको १६ लाख ८६ हजार ४०० कित्ता गरी कुल ३४ लाख ९६ हजार ४०० कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो।

त्यसमध्ये १ लाख ७४ हजार ८२० कित्ता शेयर सामूहिक लगानी कोषका लागि र ६९ हजार ९२८ कित्ता शेयर कर्मचारीहरुका लागि बाँडफाँट गरिएको छ। त्यसमध्ये बाँकी रहेको ३२ लाख ५१ हजार ६५२ कित्ताका शेयर सर्वसाधारणको लागि छुट्टाएको थियो।

 

(epssathi.com बाट साभार)

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.