सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

महिला लघुवित्तको आइपिओमा रेकर्ड, अहिले सम्मकै सबैभन्दा धेरै आवेदन !

58
Sana Kishan

महिला लघुवित्त वित्तिय संस्था लिमिटेडको आइपिओमा आजसम्मकै उच्च आवेदन परेको छ। नेपालकै इतिहासमा प्राथमिक निष्काशनमा यो नै सर्वाधिक आवेदन हो। यस कम्पनीको आइपिओमा बुधबार साँझ ५ बजेसम्ममा १५ लाख ७७ हजार ३१६ जना आवेदकले करोड ४६ लाख १२ हजार १३८ कित्ताका लागि आवेदन दिएका छन्।

यसअघि नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) को आईपीओमा १५ लाख ५० हजार आवेदन परेको थियो। महिला लघुवित्त वित्तिय संस्था लिमिटेडले गत माघ ३० गतेबाट ४ लाख कित्ता आइपिओ निष्काशन गरेको थियो। सुरुमा फागुन ४ गतेसम्म भर्न पाइने भनेर मिती तोकिएपनि गत शुक्रबार सरकारले सार्वजनिक बिदा दिएपछि आइपिओ भर्ने समय १ दिन थपिएको हो।

Arus

आइपिओ खोलिएको ४ लाख कित्तामध्ये त्यसको ०.५ प्रतिशत अर्थात ५ हजार कित्ता यसै कम्पनीमा काम गर्ने कर्मचारीहरुका लागि छुट्याइएको थियो। त्यसैगरी ४ लाख कित्तामा ५ प्रतिशतले हुन आउने सेयर म्युचुअल फण्डहरुका लागि छुट्याइएको थियो। म्युचुअल फण्डहरु र कम्पनीका कर्मचारीहरुका लागि छुट्याइ बाँकी रहने ३ लाख ७५ हजार कित्ताभने सर्वसाधारणका लागि बाँडिने छ। महिला लघुवित्तको आइपिओ निष्काशनकर्ताका रुपमा एसबिआइ मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ। यस कम्पनीको आइपिओमा न्युनतम १० कित्ता तथा अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सकिन्छ।

Karnali Traders

महिला लघुवित्तको आइपिओलाई रेटिङ गर्ने संस्था इक्रा नेपालले ‘इक्राएनपी इस्युअर रेटिङ डबल बी’ प्रदान गरेको छ जसले बित्तिय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ। हाल लघुवित्तको चुक्ता पूँजी ६ करोड रुपैयाँ छ। यस ४ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशनपश्चात लघुवित्तको चुक्ता पूँजी १० करोड रुपैयाँ पुग्नेछ।

गत आर्थिक वर्ष अर्थात आर्थिक वर्ष २०७६र७७ मा प्रतिशेयर आम्दानी ५८ रुपैयाँ ८५ पैसा रहेको यस लघुवित्तले चालु आर्थिक वर्ष अर्थात आर्थिक वर्ष २०७७र७८ मा यस्तो आम्दानी ५१ रुपैयाँ २३ पैसा पुग्ने प्रक्षेपण गरेको छ। लघुवित्तको प्रतिशेयर नेटवर्थ गत आर्थिक वर्ष ३१३ रुपैयाँ १६ पैसा रहेको छ भने चालु आर्थिक वर्षमा २९४ रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ।

 

(epssathi.com बाट साभार)

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.