सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

म्यानमारको शैनिक कू बिरुद्ध कोरियामा प्रदर्शन !

37
Sana Kishan

केहि दिन अघि म्यानमारमा सेनाले कू गरि सत्ता कब्जा गरेपछि अहिले त्यहाँ आन्दोलन चर्किरहेको छ। त्यसको असर कोरियामा पनि देखिएको छ। कोरियामा काम गरिरहेका म्यानमारका कामदारहरुले ब्यानरसहित शैनिक कू को बिरोध गरेका छन्।

 

म्यानमारमा सेनाले केहि दिनअघि सत्ता कब्जा गरेको थियो। सत्ता कब्जा गरेसँगै सेनाका कमान्डर इन चिफ कमान्डर इन चिफ जनरल मिन आङ हलिङले एक वर्षका लागि संकटकाल घोषणा गरेका थिए।

 

Arus

संकटकाल घोषणासँगै सहरका सडकमा सेना परिचान भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका थिए। संकटकाल घोषणासँगै शीर्ष नेताहरूलाई नजरबन्दमा राख्ने तथा नियन्त्रणमा लिने काम भइरहेको छ। सेनाले मुख्यमन्त्रीहरूको निवास घेरेको बताइएको छ।

Karnali Traders

यसैगरी राजधानी नेपितामा सञ्चार सम्पर्क विच्छेद भएको छ। सञ्चार सम्पर्क विच्छेद भएसँगै त्यहाँको अवस्था थाहा हुन नसकेको बताइएको छ।

 

मुलुकका प्रमुख सहरहरूमा इन्टरनेट र केही फोन सेवाप्रदायकको सेवा अवरुद्ध गरिएका छन् भने पुरानो राजधानी यान्गुनमा सीमित रूपमा फोन र इन्टरनेट चलेको बीबीसीले बताएको छ। तर धेरै सेवाप्रदायकले आफ्नो सेवा बन्द गरेका छन्।

(epssathi.com बाट साभार)

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.