सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कोरिया जानेहरुमाथि कडाई: बङ्गुरको मासु लिएर कोरिया गए १ करोड जरिवाना हुने !

102
Sana Kishan

नेपालीहरुको आकर्षक वैदेशिक रोजगारीको लागि प्रख्यात मुलुक दक्षिण कोरियामा केहि समय यता फैलिरहेको अफ्रिकन स्वाइनफ्लुका कारण अहिले कोरिया जानेहरुमाथि कडाई गरिएको छ। ईपीएस मार्फत कोरिया रोजगारीमा जाने नेपालीहरुमाथि पनि कडाई गरिएको छ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल प्रहरीका अनुसार कोरिया जाने जो कोहिले बङ्गुरको मासु लगेमा एक करोड कोरियन वनसम्म जरिमाना तिनुपर्ने भन्दै सचेत गराएको छ। विमानस्थल प्रहरीले शनिबार एक सूचना जारी गर्दै कोरियामा मासुजन्य चिज लैजान प्रतिबन्धित भएकाले मासुजन्य चिज लिएर नजानका लागि सचेत गराएको छ।

 

Arus
epssathi.com बाट साभार

 

योपनि पढ्नुहोस ।

Karnali Traders

बर्डफ्लु फैलिएपछि कोरियामा मासु तथा अण्डको मुल्य बढ्यो
दक्षिण कोरियामा केहि समय यता फैलिरहेको बर्ड फ्लुका कारण यहाँ कखुरा, हाँस जस्ता पोल्ट्रि जन्य कुराहरुको मूल्य बढेको छ। कोरियामा केहि समय यता ८७ वटा फार्महरुमा बर्ड फ्लु भेटिएका छन्। एकदमै छिटो फैलन सक्ने यो रोग रोकथामका लागि सरकारले रोग भेटिएको क्षेत्रका कुखुरा तथा हाँसहरु नष्ट गर्ने गरेको छ।

केहि हप्ता यता गत बर्षको तुलनामा कोरियामा अण्डाको मूल्य ४३.८ प्रतिशतले बढिसकेको छ। कृषि तथा खाध्यान्न मन्त्रालयका अनुसार गत बर्षभन्दा कुखुराको मासुमा १६.६ प्रतिशत तथा हाँसको मासुमा २६.२ प्रतिशतले मूल्य बृध्दि भइसकेको छ।

बर्ड फ्लु भेटिएको ठाउँबाट ३ किलोमिटर वरपर सम्मका सबै हाँस कुखुरा नष्ट गर्ने कोरियन सरकारको निती रहेको छ। रोग फैलिन नदिनका लागि यसो गरिएको हो। अहिले फैलिरहेको बर्ड फ्लुमा कोरियाले करिब २ करोड ६० लाख हाँस तथा कुखरा नष्ट गरिसकेको छ।

केहि दिन अघि छुङछनबुक्दोको ग्वेसानमा बर्ड फ्लु भेटिएको थियो। यो रोग पुष्टि भएको उक्त फार्ममा करिब १५ हजार हाँस पालिएको थियो। जंगली चराहरुमा समेत बर्डु फ्लु भेटिएको छ। कोरियमा जंगली चराचुरुङ्गीमा बर्ड फ्लु भेटिएको केश १६३ पुगिसकेको छ।

यसभन्दा अघिपनि दक्षिण कोरियामा पटक पटक बर्डु फ्लु फैलिएको थियो। यस भन्दा अघिल्लो लहरमा ३४० वटा पोल्ट्री फार्महरुमा यो रोग भेटिएको थियो। अघिल्लो बर्ड फ्लुको लहर सन २०१६ को अक्टोबर देखि सन् २०१७ को फेब्रुअरीसम्म फैलिएको थियो।

 

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.