सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु, आठजना घाइते (अपडेट)

41
Sana Kishan

गुल्मी : गुल्मीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य आठजना घाइते भएका छन् ।

सदरमुकाम तम्घासबाट पराल्मी जादै गरेको लु १ ज १९८८ नम्बरको जीप रेसुंगा नगरपालिका–१४ को वडा कार्यालय नजिकै दुर्घटना भएको प्रहरीले जनाएको छ ।

Arus

दुर्घटनामा एक जनाको घटनास्थलमै र थप दुई जनाको उपचारको क्रममा तमघास अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए ।

Karnali Traders

पाण्डेका अनुसार दुर्घटनामा पराल्मीकै शान्ति नेपाली, गंगा नेपाली र एकराज पोख्रेलको मृत्यु भएको हो ।


गम्भीर घाइते दुई जनालाई उपचारका लागि पाल्पा पठाइएको छ भने अन्य चार जनाको तमघास अस्पतालमा उपचार भइराखेको छ । अन्य दुईजना भने सामान्य उपचारपछि घर फर्किएका छन् ।

(गंगा खड्काले अन्नपुर्ण पोष्टमा लेखेका छन्।)

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.