सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

महिलालाई आत्म निर्भर बनाउन तालिम !

92
Sana Kishan

कञ्चनपुर –  महिलालाई आत्मनिर्भर बनाउनका लागि सीमुलक तालिम संचालन गरिएको छ । व्यवसायिक तथा सीप विकास तालिम केन्द्रले भीमदत्त नगरपालिकामा महिलाका लागि तालिम संचालन गरेको हो ।

महिलालाई आत्मनिर्भर बनाउनका लागि फेसन डिजायन र केश श्रृङगार तालिम दिएको छ । व्यवसायिक तथा सीप विकास तालिम केन्द्रका प्रमुख तर्कराज विष्टले आत्मनिर्भर बनाउनका लागि व्यवसायिक तालिम संचालन गरिएको बताए ।

Arus

केन्द्र प्रमुख विष्टका अनुसार भीमदत्त नगरपालिका ३ नौलाखेतमा केस श्रृङगार र भीमदत्त नगरपालिका ४महेन्द्रनगरमा फेसन डिजायनिङ्ग तालिम संचालन गरिएको बताए ।

‘व्यवसायिक तथा सीप विकास तालिम केन्द्र र भीमदत्त नगरपालिकाले संयुक्त साँझेदारीमा फेसन डिजायन तालिम संचालन गरेका हौँ, ‘केन्द्र प्रमुख विष्टले भने, ‘बजारको माग अनुरुप महिलालाई तालिम दिएका हौँ ।’ फेसन डिजायन तालिम प्रदेशकै नयाँ तालिम भएको बताउदै उनले यस तालिमबाट कपडामा चाहे अनुरुप फेसन निकालिने बताए ।

Karnali Traders

फेसन डिजायन २० र केश श्रृङगार २० जना गरि ४० महिलालाई तालिम दिईएको छ । मंसिरदेखि शुरु गरिएका तीन महिने तालिम फागुन दोस्रो साता समापन गरिएका छन ।

तालिममा सहभागि प्रशिक्षार्थीहरुले सिकेका विषयबस्तु व्यवसायिक ज्ञान प्रयोजनमा लगाईने बताएका छन । भीमदत्त नगरपालिका ६बनखेतकी रत्ना जोशीले चित्रका विधिबाट तालिम सिकाईएको बताईन ।

‘हामीले त्यही आधारमा कपडा काटेर फेसन निकालेका छौँ, ‘उनले भनिन, ‘यस अघि घरमै सिलाईकटाई गर्दै आएको थिए, अब व्यवसाय गर्छु ।’ भीमदत्त नगरपालिका १६ बसन्तपुरकी पुर्णा थापाले पहिले तालिम सिक्दा अप्ठेरा भएपनि अब सहज भएको बताईन । ‘पहिला पहिला समस्या हुन्थ्यो, ‘उनले भनिन, ‘अब सहज भएको छ, जस्तो डिजाउन पनि बनाउन सक्छु ।’ फेसन डिजायनका प्रशिक्षक भूमिका पौडेलले बजारको माग अनुरुप कपडा दिन सके व्यवसाय फस्टाउने बताईन ।

केश श्रृङगार तालिमको समापन कार्यक्रमका प्रमुख अतिथि पुर्वराज्यमन्त्री एव प्रदेश सभा सदस्य प्रकास रावलले तालिममा सिकेका विषयबस्तु व्यवहारमा कार्यान्वयनमा जोडदिदै प्रदेशका तर्फबाट समेत महिलालाई आत्मनिर्भर बनाउने योजना अघि सारिएको बताए । भीमदत्त नगरपालिका ३का वडाध्यक्ष राम बहादुर जप्रेलको अध्यक्षतामा तालिम समापन गरिएको थियो । फेसन डिजायन तालिमको समान भीमदत्त नगरका नगर उप प्रमुख शुशिला चन्दको प्रमुख आथित्यमा भएको थियो । नगर उप प्रमुख चन्दले सीपको सदुपयोगमा जोडदिनुभयो ।

(विकास सिह महताले esudurdarpan.com मा लेखेका छन्।)

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.