सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका ट्राफिक इन्चार्ज भट्ट प्रदेशकै ट्राफिक व्यवस्थानमा उत्कृष्ठ !

कञ्चनपुर- जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक ट्राफिक इन्चार्ज केशव राज भट्ट सुदूरपश्चिम प्रदेशकै टाफिक व्यवस्थापनमा उत्कृष्ठ भएका छन ।

बुधबार सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरिया कैलालीले जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक ट्राफिक इन्चार्ज भट्टलाई सुदूरपश्चिम प्रदेशकै टाफिक व्यवस्थापनमा उत्कृष्ठ भएको घोषणा गर्दै पुरस्कार दिएको छ ।

प्रदेशकै उत्कृष्ठ ट्राफिक व्यवस्थापनमा भूमिका निर्वाह गरेको भन्दै भट्टलाई नगद १५सयका साथै प्रमाण पत्र प्रदान गरिएको छ ।

World Link Ads
Mahakali Polytechnic

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक बामदेव गौतमले ट्राफिक प्रहरी निरीक्षक भट्टलाई प्रमाण पत्र हस्तान्तरण गरेका थिए ।

Dirghayu Ads
Sana Kishan

प्रहरी निरीक्षक भट्टले जिल्ला ट्राफिक कार्यालय कञ्चनपुरको इन्चार्जको जिम्मेबारी सम्हालेपछि जिल्लामा ट्राफिक व्यवस्थापनमा नौलोपन र दृर्घटना न्यूनिकरण भएको स्थानीयको भनाईछ ।

सवारी चालक अनुमति पत्र पाएकाहरुलाई भट्टकै पालादेखि अभिमुखिकरण समेत गराईरहेको सडकमा ट्राफिक चिन्हदेखि सचेतना कार्यक्रम सचालन गरेका भट्टको चौतर्फि प्रसंसा भईरहेको छ ।

यस अघि उनी काठमाण्डौँमा समेत ट्राफिक प्रहरीमा काम गरेर कञ्चनपुर इन्चार्ज भएर ६ महिना अघि कञ्चनपुर आएका थिए ।

 

(विकास सिह महताले esudurdarpan.com मा लेखेका छन्।)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.