सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

वेदकोट नगरपालिकाद्धारा नेपाल रेडक्रस सोसाइटीलाई निःशुल्क रगत उपलब्ध गराउन एक लाख सहयोग !

339
Sana Kishan

कञ्चनपुर, ५ फागुन-  कञ्चनपुरको वेदकोट नगरपालिकाले नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर जिल्ला शाखाद्धारा सञ्चालित निःशुल्क रक्त सञ्चार सेवा अभियानका लागि सहयोग स्वरुप एक लाख रुपैया सहयोग गरेको छ ।

बुधबार वेदकोट नगरपालिकाका नगरप्रमुख अशोक कुमार चन्दले एक लाख रुपैयाँको चेक नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर शाखालाई हस्तान्तरण गरेको छ ।
नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर शाखाद्धारा सञ्चालित रक्त सञ्चार सेवा केन्द्र महेन्द्रनगरले कञ्चनपुरमा निःशुल्क रुपमा रगत उपलब्ध गराउँदै आएको छ यस अभियानलाई सहयोग गर्न जिल्लाको वेदकोट नगरपालिकाले यस वर्षको बजेट मार्फत यस आर्थिक वर्षका लागि एक लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको हो ।
वेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्दले जिल्लामा निःशुल्क रुपमा रक्त सञ्चार सेवाका लागि वेदकोट नगरपालिकाले विगत देखि निरन्तर रुपमा सहयोग गर्दै आएको र आगामी दिनमा पनि उक्त कार्यक्रमलाई बजेट मार्फत नै निरन्तर रुपमा सहयोग गर्ने प्रतिवद्धता समेत गरेको नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर शाखाका कोषाध्यक्ष थिरेन्द्र चन्द्र भट्टले जानकारी दिनु भयो ।

Arus

उहाँका अनुसार उक्त रकम बुधबार नगर प्रमुख चन्दले सहयोग स्वरुप चेक हस्तान्तरण गरेका हुन् । उक्त रकम रक्त सञ्चार सेवा केन्द्रमा रगत परिक्षण लगायतका विभिन्न रक्तदान सम्बन्धि क्रियाकलापमा खर्च गरिने कोषाध्यक्ष भट्टले बताउनु भयो ।

Karnali Traders

रक्त सञ्चार सेवाले विगत ३ वर्ष देखि कञ्चनपुरमा निःशुल्क रुपमा रगत उपलब्ध गराउँदै आएको छ । यसका लागि जिल्लाभरका सबै स्थानीय तहहरुले पनि सहयोग गर्दै आइरेहेका कोषाध्यक्ष भट्टले बताउनु भयो । यस मानवीय सेवामुखी कार्यलाई निरन्तरता दिनका लागि जिल्लाका सबै स्थानीय तहहरुलाई निरन्तर सहयोग गर्न आग्रह गरिएको बताउनु भयो ।

कार्यक्रम मार्फत चेक हस्तान्तरण गर्दै नगर प्रमुख चन्दले रेडक्रसले गरेको मानवीय सेवाको प्रशंसा गर्दै, रेडक्रस संग संधै हातेमालो गरेर समन्वय र सहकार्य गर्न वेदकोट नगरपालिका सदैव तत्पर रहेको र आगामी दिनमा पनि बजेट मार्फत नै छुट्टयाएर सहयोग लाई निरन्तरता दिइने बताउनु भयो । उहाँले वेदकोट नगरपालिकामा रगतको अभाव परेर कोही पनि मर्न नपरोस भन्ने मनसायले वेदकोट नगरपालिकाले सहयोग गरेको बताउनु भयो ।

बुधबार वेदकोट नगरपालिकामा नगर प्रमुख चन्दको सभापतित्वमा आयोजित चेक रकम हस्तान्तरण कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर जिल्ला शाखाका कोषाध्यक्ष भट्ट लगायत, वेदकोट नगरपालिका वडा नं ९ का वडा अध्यक्ष राम सिहँ धामी, वेदकोट नगरपालिकाका बरिष्ठ लेखा अधिकृत प्रेम निटाल नगरपालिकाका इन्जिनीयर शतिस शाही लगायत स्थानीय सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.