सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्

नेपाल धितोपत्र बोर्डको सूचीकृत कम्पनीहरुलाई दियो ११ बुँदे निर्देशन , पालना नभए कडा कारबाही !

सुदुरपश्चिम खबर सुदुरपश्चिम खबर
फाल्गुन ५, २०७७
1 मिनेट पाठ

काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले सबै सूचीकृत संगठित संस्थाहरुलाई समयमै सञ्चालन तथा वित्तीय विवरणहरु सार्वजनिक गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ।

सशस्त्रका दुई अधिकृत ५० हजार घुससहित पक्राउ !

फाल्गुन १३, २०७७
72

नवनियुक्त राजदुतले लिए सपथ !!

फाल्गुन १३, २०७७
6

बोर्डले धितोपत्रमा लगानी गर्ने लगानीकर्ताहरुलाई संगठित संस्थाको सञ्चालन तथा वित्तीय अवस्थाका बारेमा सुसूचित गराउन, अध्ययन अनुसन्धानमा सहजता ल्याउन, सुसूचित भई लगानी गर्न र पुँजीबजारलाई स्वच्छ र प्रभावकारी बनाई लगानीकर्ताको हित संरक्षण गर्ने कार्यलाई व्यवस्थित गर्न संगठित संस्थालाई आज बुधबार ११ बुँदे निर्देशन दिएको हो।

संगठित संस्थाहरुले आफ्नो वेबसाइट तयार गरी संस्थाको लेटर प्याडमा पनि उक्त वेबसाइटको नाम उल्लेख गर्न बोर्डले निर्देशन दिएको छ। त्यस्तै संगठित संस्थाहरुले आफ्नो वेबसाइटमा संस्थाको परिचय, सञ्चालक समिति, व्यवस्थापन समिति, गुनासो सुन्ने अधिकारी, अनुपालना अधिकारी र कम्पनी सचिवलगायतको विवरण (नाम र फोन नम्बर) तुरुन्त राख्न निर्देशन दिइएको छ।

कम्पनीहरुले प्रत्येक तीन महिनाको वित्तीय विवरणहरु उक्त त्रैमासिक अवधि समाप्त भएको ३० दिनभित्र बोर्डसमक्ष पेस गर्ने र त्यस्ता प्रतिवेदन राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशन गरी आफ्नो वेबसाइटमा कम्तीमा ५ वर्षसम्मका वित्तीय प्रतिवेदनहरु राख्न पनि बोर्डले निर्देशन दिएको छ।

बोर्डले प्रत्येक आर्थिक वर्ष समाप्त भएको ५ महिनाभित्र वार्षिक प्रतिवेदन बोर्ड र धितोपत्र बजारसमक्ष पेस गर्नुपर्ने र उक्त विवरण आफ्नो वेबसाइटमा पनि कम्तीमा ५ वर्षसम्म राख्ने व्यवस्थान गर्न पनि कम्पनीहरुलाई निर्देशन दिएको छ।

त्यस्तै धितोपत्रको बजार मूल्यमा असर पार्न सक्ने सूचना कुनै घटना वा कारोबार भएमा त्यस्ता विषयको सूचना तत्काल धितोपत्र बजारमा दिई आफ्नो वेबसाइटमा राखी बोर्डमा समेत यथाशीघ्र विद्युतीय माध्यमबाट सूचना पठाउन बोर्डले निर्देशन दिएको छ। त्यस्ता सूचना तथा घटना बोर्डले विकास गरी लागू गरेको विद्युतीय विवरण प्रवाह प्रणाली वा इमेलमार्फत जानकारी गराउन सकिनेछ।

यसैगरी संगठित संस्थाहरुले साधारणसभाको सूचना र सभामा छलफल हुने विषय साधारणसभा हुनुपूर्व र साधारणसभा सम्पन्न भएको ३० दिनभित्र साधारणसभामा पेस भएका प्रस्ताव, छलफल भएका विषय र निर्णयसम्बन्धी विवरण बोर्डमा अनिवार्य रुपमा पेस गर्नुपर्ने र आफ्नो वेबसाइटमा पनि राख्नुपर्नेछ।

कम्पनीहरुले वार्षिक प्रतिवेदनका साथ बोर्डमा तोकिएको ढाँचामा संस्थागत सुशासनसम्बन्धी प्रतिवेदन समेत आफ्नो वेबसाइटमा राख्ने व्यवस्था मिलाउन बोर्डले निर्देशन दिएको छ। कम्पनीहरुले आफ्नो वेबसाइटमा संस्थाको कम्तीमा ५ वर्षको प्रमुख वित्तीय परिसूचकहरु जस्तै– संस्थाको पुँजी, वार्षिक आम्दानी, खर्च, जगेडा कोष, प्रतिसेयर आम्दानी, मूल्य आम्दानी अनुपात, प्रतिसेयर नेटवर्थ, लाभांशलगायतका विवरणको चार्टसहितको प्रोफाइल बनाई राख्न निर्देशन दिइएको छ।

निर्देशनमा यी कामकारबाही समयमै भए नभएको यकिन त्रैमासिक रुपमा सम्बन्धित संगठित संस्थाका प्रमुख कार्यकारी अधिकृत, कम्पनी सचिव वा अनुपालन अधिकृतले गर्नुपर्ने भनिएको छ।

यो निर्देशनका पालना भए नभएको विषयमा बोर्डले फागुन मसान्तबाट अनुगमन गर्ने भएको छ। यदि निर्देशन पालना नभएको पाइएमा धितोपत्रसम्बन्धी ऐनबमोजिम कारबाही दण्ड जरिवाना हुने बोर्डले चेतावनी दिएको छ।

 

(bizshala.com बाट साभार)

 

 

सिफारिस

मुख्य समाचार

सशस्त्रका दुई अधिकृत ५० हजार घुससहित पक्राउ !

फाल्गुन १३, २०७७
72
मुख्य समाचार

नवनियुक्त राजदुतले लिए सपथ !!

फाल्गुन १३, २०७७
6
मुख्य समाचार

गृहकार्य नपुगेको भन्दै नेकपा ओली समुहको बिहिबार बस्ने भनिएको स्थायी समिति बैठक स्थगित

फाल्गुन १३, २०७७
10
मुख्य समाचार

कांग्रेसको दक्षिण कोरिया र क्यानाडाका लागि नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान प्रमुखमा प्रभावसाली दुई युवा।

फाल्गुन १३, २०७७
56
मुख्य समाचार

प्रधानमन्त्रीले राजीनामा नदिने : ओलीका प्रेस सल्लाहकार

फाल्गुन १३, २०७७
14
मुख्य समाचार

नयाँ सरकार गठन गर्न सजिलो छैन

फाल्गुन १३, २०७७
11
अर्को

सिटीजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड को ७५ करोडको आईपीओ आउँदै, कहिले हुँदैछ निष्काशन ?

वेदकोट नगरपालिकाद्धारा नेपाल रेडक्रस सोसाइटीलाई निःशुल्क रगत उपलब्ध गराउन एक लाख सहयोग !

  • लोकप्रिय
  • प्रतिक्रिया
  • सिफारिस

बैतडीमा गाईलाई गोठमा बाँधने बेला हान्दा एक महिलाको मृत्यु !

माघ १७, २०७७

बैतडीमा विद्यालय गएकी १७ बर्षीया किशोरी हत्या गरि फालिएको अवस्थामा फेला !

माघ २२, २०७७

भागरथीको शव आज दाहसंस्कार गरिदैँ : गोठलापानी बजार देखि सेरासम्म शवयात्रा निकालिने !

फाल्गुन ७, २०७७

दिनेश भट्टका बुबाले गरे भागरथी भट्टको हत्या भएको दिन बारे यस्तो खुलाशा !

फाल्गुन ८, २०७७
radio7star.org बाट साभार

दोगडाकेदारमा गुपचुप भएका ५ वटा हत्याका घटनाहरु !

फाल्गुन ३, २०७७

राति अबेर सम्म निन्द्रा नलाग्ने समस्या छ, भने के गर्ने ?

फाल्गुन १३, २०७७

त्रिपुरा माताको दिव्य धाम एकै नजरमा : फोटो फिचर र भिडियो सहित दर्शन गर्नुहोस् !!

फाल्गुन १३, २०७७

छ वर्षअघि म्याद सकिएको दाल नयाँ लेबल लगाएर बिक्री गर्दा तीन लाख जरिवाना !

फाल्गुन १३, २०७७

सशस्त्रका दुई अधिकृत ५० हजार घुससहित पक्राउ !

फाल्गुन १३, २०७७

निर्मला र भागरथीको नियति आखिर कहिलेसम्म ?

फाल्गुन १३, २०७७

सुदूरपश्चिम खबर

आशिर्वाद मिडिया प्रा लि
दर्ता नम्बर : २२४७९७-०७६-०७७
सुचना बिभाग दर्ता नम्बर : २१७५-०७७-०७८
संचालक / प्रबन्धक निर्देरशक : मनिषा भट्ट

प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In