सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

करिब डेढ बर्ष पहिला नै बनेको थियो भागरथीलाई मार्ने योजना, बयान सहित !

59
Sana Kishan

महेन्द्रनगर । बैतडीको दोगडाकेदार गाउँपालिका–७, चडेपानीका भागरथी भट्टको बलात्कार तथा हत्या प्रकरणको गुत्थि १४ दिन पछि सुल्झिएको छ । प्रहरीले गाउँकै एक छिमेकी किशोरलाई पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एसएसपि मुकेश सिंहका अनुसार पक्राउ पर्नेमा दोगडाकेदार गाउँपालिका–७, चडेपानी लमकट्टे बस्ने अन्दाजी १८ बर्षका किशोर दिनेश भट्ट रहेको बताए ।

मङ्गलबार राति १० बजे घरबाटै पक्राउ परेका किशोरलाई जिल्ला प्रहरी कार्यालय ल्याईएको छ । किशोरलाई बुधवार ११ बजे पत्रकार सम्मेलन गरि सार्वजनिक गर्ने योजना रहेको उनले बताए ।

Arus

किशोरले विद्यालयबाट घर फर्कदा आफुले भागरथीको बलात्कार र हत्या गरेको स्विकारी सकेका छन् । हत्या र बलात्कार प्रकरणमा समातिएका किशोर भागरथी अध्ययनरत सनतान धर्म माविकै विद्यार्थी हुन् । उनले एक डेढ बर्ष पहिला देखि नै भागरथीलाई मार्ने योजना बनाएको प्रहरी समक्ष बयान दिएकोे सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एसएसपि सिंहले जानकारी दिए ।

पारिवारिक रिसईबीका कारण भागरथीको हत्या गरेको ती युवाले प्रहरी समक्ष बयान दिएका छन् । आरोपीत दिनेशले आफ्नी फुपुलाई बिगतमा भागरथीको परिवारले दुव्र्यवहार गरेकोले उनको हत्या गरेको बयानमा भनेका छन् । पक्राउ परेका किशोरको गतिविधि शंकास्पद रहेको थियो । सँगै पढ्ने अन्य विद्यार्थीले जसरी भागरथीका बारेमा खुलेर बताएका थिए, पक्राउ परेका दिनेशले घुमाएर कुरा गर्न थालेको प्रहरीले बताए ।

Karnali Traders

घटना भएकै दिनदेखि प्रहरीको निगरानीमा रहेका उनलाई सोधपुछ पछि छोडिएको थियो । ती युवक भागरथीको न्यायका लागि हुने प्रर्दशनमा समेत सहभागी हुने गरेका थिए । अभियोग पुष्टि हुने सबुत प्रमाण समेत मिलेपछि प्रहरीले पक्राउ गरि उनलाई मंगलबार राति नै जिल्ला प्रहरी कार्यालय पुगाएको छ ।

दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्ट गत माघ २१ गते विद्यालयबाट घर फर्कदा हराएकी थिईन् । भागरथीको शब भोलि पल्ट माघ २२ गते खोचलेक–चडेपानी ग्रामीण सडकखण्डको लडालेक जंगलम फेला परेको थियो ।

(सुजित सिनालले manasakhanda.com मा लेखेका छन्।)

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.