सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुदुरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआइजी सुबेदी सहित प्रहरीहरुको दोगडाकेदार बाट बिदाई !

47
Sana Kishan

बैतडी ५, माघ-  बैतडीको चडेपानिकी भागरथी भट्टको बलात्कारपछि हत्याकाण्डका बिषयमा अनुसन्धानपछि डिआइजी उत्तमराज सुबेदीको टोली फर्केको छ ।

स्थानियबासिले सुदुरपश्चिम प्रदेश प्रहरी प्रमुख (डिआइजी)सुबेदी सहितका प्रहरी अधिकृतहरुलाई दोसीलाई कानूनको कठघरामा उभ्याएको भन्दै सम्मानसहित विदा गरेका छन् ।

Arus

घटनाको अनुसन्धानका लागि प्रहरी नायब महानिरीक्षक सुवेदी, प्रहरी वरिष्ठ उपरीक्षक जनकराज पाण्डे, केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी नायब उपरीक्षक पञ्चकुमार बाखुसहितका प्रहरीको स्थानीय फूलमाला सहित विदाइ गरेका हुन् ।

Karnali Traders

स्थानियबासिले घटनाका दोषीको पहिचान गरि कारवाहीको दायरामा ल्याएकोमा प्रहरीलाई धन्यवाद समेत दिएका छन् ।

२२माघमा बलात्कारपछि हत्या गरिएकी भागरथीको हत्याका आरोपमा प्रहरीले सनातन धर्म माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत दिनेश भट्टलाई पक्राउ गरिसकेको छ । उनले अपराध स्वीकार गरिसकेको प्रहरीको दाबी छ ।

 

(ninglashainionline.com बाट साभार)

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.