सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

प्रहरीले सार्वजनिक गर्यो पत्रकार सम्मेलन मार्फत भागरथी हत्याको आरोपीत ब्यक्ति !

बैतडी, ५ फागुन-  बैतडीको दोगडाकेदार गाउँपालिका ७ चडेपानीकी १७ बर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका ब्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ ।

घटना भएको १३ दिनसम्म सुक्ष्म ढंगले अनुसन्धान गरेको प्रहरीले सनातन धर्म माबि श्रीकोटमा कक्षा ११मा अध्ययनरथ भागरथीकै सहपाठि दिनेश भट्टलाई पक्राउ गरि आज पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो ।

प्रहरीले संकलन गरेका प्रमाणहरु संग दिनेशको गतिबधि पुर्ण रुपमा मिल्न गएको र दिनेश आफैले समेत घटनामा संलग्न भएको स्वीकार गरिसकेकाले दिनेशनै अभियुक्त गएको सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरिक्षक(डिआइजी) उत्तमराज सुबेदीले बताउनुभयो ।

World Link Ads
Mahakali Polytechnic

घटना भएकोदिन माघ २१गते दिउँसोको समयमा आरोपित ब्यक्ति घटनास्थलकै लोकेशनमा भएको प्राबिधिक अध्ययनले पुष्टी गरिसकेको उहाँले बताउनुभयो । यसैगरि मृतकको परिवारका ब्यक्तिहरुले समेत आरोपीत प्रति पुर्ण आसंका गरेको र आरोपीतका नाममा किटानी जाहेरी दर्ता गराएको बताउनुभयो ।

यस घटनामा अरु ब्यक्ति समेत संलग्न हुनसक्छन् की ? भन्ने पत्रकारहरुको प्रश्नमा डिआइजी सुबेदीले त्यो कुरापनि हुनसक्ने भएकाले सबै कुराको अनुसन्धान हुने बताउनुभयो ।

Sana Kishan

दिनेशले प्रहरी समक्ष दिएको बयान र भेटिएका प्रमाणहरुको आधारमा प्रहरी उनले नै घटना गराएको निस्कर्षमा पुगेको हो ।

भागरथीको न्यायका लागी भन्दै भएका प्रर्दशनमा समेत सहभागी दिनेशलाई संकास्पद माने प्रहरीले निगरानी गरिरहेको थियो ।

उनले आफैले सुरुमा सानो भीरबाट लडाएको र त्यसपछि बलत्कार गरी हत्या गरेको बयान दिएकाछन् । उनले भागरथीको घरपरिवारसंग पहिलेदेखिको दुस्मनी रहेकाले यसरी हत्या गरेको बयान दिएकाछन् । प्रहरीका अनुसार यी दुबै परिवार बीच पहिलेदेखी रिसिवी हुनुका साथै आरोपितको परिवारका ब्यक्तिहरु दैनिक बयान परिवर्तन गरिरहेका थिए ।

तर मंगलबार आफैले घटनाबारे जानकारी दिएको र हत्या स्वीकार गरेको सुदुरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तमराज सुबेदीले बताउनुभयो ।
अहिले आरोपीत दिनेश कतै दोसी नठहरिन सक्छ की ? भन्ने पत्रकारहरुको आसंकामा डिआइजी सुबेदीले यस बिषयमा अदालतले अनुसन्धान गर्ने र आफुहरु समेत अनुसन्धान हुने बताउनुभयो ।

यसअघि कञ्चनपूरबाट अर्का एकजना सार्वजनिक पद धारण गरेका ब्यक्ति लाई प्रहरीले पक्राउ गरेको भन्ने कुरा बाहिर आएको बिषयमा भने, सुबेदीले केहि खुलाउनु भएन् । उहाँले त्यो ब्यक्ति बारे हामीलाई जानकारी भएन् । अरु घटनाका बिषयमा त्यहाँकै प्रहरीले समातेको हुनसक्छ भन्नुभयो ।

 

(सीपी लोहियाले निङ्गलाशैनी अनलाईनमा लेखेका छन्।)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.