डडेल्धुरा : डडेल्धुरामा एक पुरुषको कंकाल फेला परेको छ।जिल्लाको परशुराम नगरपालिका–७ चिउराखान भिरमा पुरुषको कंकाल फेला परेको हो।
सोमबार जंगलमा कुच्चो काट्न गएका स्थानीयले कंकाल फेला पारेको इलाका प्रहरी कार्यालय जोगबुढाका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताएका छन् । कंकाल फेला परेको सूचनापछि प्रहरी टोली गएर घटनाबारे अनुसन्धान गरेको उनले बताएका छन् ।
लगभग २ महिना पहिलेको शवबारे बुझ्न खुट्टाको हड्डी विधि विज्ञान प्रयोगशालामा पठाइएको प्रहरी निरीक्षक अवस्थीले बताएका छन् ।हाल नाम, थर, वतन नखुलेका उक्त पुरुषको कंकाल व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ।
(unitykhabar.com बाट साभार)