सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीमा कांग्रेस र नेकपा कार्यकर्ताबीच झडप हुँदा ६ जना घाइते !

बैतडी-   बैतडीको डिलासैनी गाउँपालिकामा नेपाली कांग्रेसका नेता एपी साउद र डिला संग्रौला सहभागी विरोध सभामा झडप भएको छ ।

डिलासैनी गाउँपालिका ३ को पङसेरा भन्ने गाउँमा नेकपा र कांग्रेसका कार्यकर्ताबीच झडप भएको हो । झडपमा ६ जना घाइते भएका छन् । पङसेरामा मंगलबार नेपाली कांग्रेसको विरोधसभा थियो ।

विरोधसभामा कांग्रेस नेता, एनपी साउद, डिला सङ्ग्रौला र नैनसिंह महरलगायतको सहभागिता थियो । सभा सुरु भएपछि, नेकपाका कार्यकर्ताले ढुङ्गामुढा प्रहार गरेपछि झडप भएको नेपाली कांग्रेस डिलासैनी गाउँपालिका कार्यसमितिका सचिव वीरबहादुर बिष्टले बताए ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

सभा बिथोल्ने नियतले नेकपाका कार्यकर्ताले ढुङ्गा प्रहार गरेपछि दोहोरो झडप भएको सभामा सहभागि प्रेस युनीयनका कैलालीका अध्यक्ष श्रवण देउवाले बताए ।

Dirghayu Ads

नेपाली कांग्रेसले नेकपा ओली समूहका नेता सुरेन्द्र पालका छोराको नेतृत्वमा गएको समूहले सभा चलिरहेका बेला आक्रमण गरेको आरोप लगाएको छ । नेकपा ओली समूहका बैतडी जिल्ला संयोजक सुरेन्द्र पालले भने आफूलाई घटनाबारे जानकारी नभएको बताए ।

कांग्रेसका कार्यकर्ताले, केही नेकपाका व्यक्ति कांग्रेस प्रवेश गरेको र उनीहरुको सभामा सम्बोधन हुने थाहा पाएपछि ढुंगामुढा गरेको आरोप लगाएका छन् ।

 

(शिवराज भट्टले annapurnapost.com मा लेखेका छन्।)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.