बैतडी, ५ माघ– बैतडीको दोगडाकेदार गाउँपालिका वडा न. ७ चडेपानिकी १७ बर्षिय किसोरी भागरथी भट्टको बलत्कारपछि हत्या भएपछि २२ माघमा स्थानिय लवलेक जंगलमा शव फेला प¥यो । भागरथीको शव बलतकारपछि हत्या गरिएको अवस्थामा थियो । शव भेटिएको ५दिनपछि मात्रै प्रहरीले बलत्कारपछि हत्या भएको पुष्टी गर्यो । यसैबिच भागरथीलाई न्यायको माग गर्दै बिभिन्न ठाउँमा युवा, बिद्यार्थी र केहि सामाजिक अभियन्ताहरुले प्रर्दशन सुरु गरिसकेको थिए ।
हत्याको १३दिन सम्मपनि बिभिन्न पाट्रिका नेता, सांसद, स्थानियतहका जनप्रतिनिधिहरु बैतडी र जिल्ला बाहिरबाट भागरथीको घरमा पुगे । डेढ महिना अघिमात्रै श्रीमान गुमाएकी भागरथीकी आमा द्रोपतिलाई भेटेका ब्यक्तिहरु धेरथोर सहयोग रकम समेत दिइरहेकाछन् भने, कोहि सान्वता दिदैँ फर्किरहेकाछन् ।
भागरथी भट्ट बलत्कार–हत्या प्रकरण २हप्ता अघि बाहिरिएपछि प्रहरी उतिबेलै देखि अनुसन्धानमा लाग्यो । यद्दपी प्रहरीले घटनाको १३दिन सम्म आफुहरु अपराधीको नजिक पुगेको मात्रै बतायो । प्रहरीले अपराधी नजिक पुगेको भन्नेकुरा बताएपनि यो घटनाबारे बिभिन्न खालका अड्कलबाजि भैरहेका थिए । घटनामा संलग्न कम्तीमा ३जना र बढिमा ७जना सम्म पक्राउ गरि प्रहरी अनुसन्धान गरिरहेको कुरासम्म बाहिरियो । तर प्रहरी यो कुरा बारे केहिपनि बोलेन् । हामी घटनाको नजिक छौँ मात्रै भनिरह्यो ।
तर मंगलबार राति बल्ल प्रहरीले सञ्चारमाध्यम लाई भागरथीकै छिमेकी दिनेश भट्टले बलत्कारपछि हत्या गरेको कुरा खुलाएको छ ।
यसअघि छिट्टै परिणाम आउँछ भनिरहेको प्रहरी सनातन धर्म माबिमा कक्षा ११मा अध्ययनरत दिनेश भट्टनै वास्तबिक हत्यारा भएको निश्कर्षमा पुगेको छ । प्रहरी श्रोतले भन्यो ‘दिनेशलाई हामी सुरु देखिनै निगरानी गरिरहेका थियौँ । उसको गतिबिधि संकास्पद थियो, उसको परिवारको भागरथीको परिवार लगायत अन्य घरपरिवारसंग पनि रिसिबि रहेछ । यसअघि उसका साथै उसको घरका मान्छेले दैनिक वयान परिवर्तन गरिरहेका थिए । तर मंगलबार दिनेश आफैले बलत्कारपछि हत्या गरेको स्वीकार गर्दै घटना कसरी भयो भन्ने सबैकुरा बतायो ।’ अभियुक्त दिनेश लागुऔषध सेवन गर्ने ब्यक्ति भएको प्रहरीको भनाई छ ।
दिनेशले प्रहरी संग दिएको बयान अनुसार २१माघमा भागरथी स्कूलबाट घर फर्किदैगर्दा उनले भागरथीलाई सानो भीरबाट लडाए र घाइते अवस्थामै बलत्कार गरे, त्यसपछि घाटी थिचेर हत्या गरेको कुरा प्रहरी समक्ष बयानमा भनेका छन् । उनले भागरथीको परिवार संग पुरानो रिसिबीका कारण बलत्कार गरि हत्या गरेको कुरा बयानमा भनेकाछन् ।
(सीपी लोहियाले ninglashainionline.com मा लेखेका छन्।)