बैतडीमा एक जना वृद्ध मृत फेला परेका छन् । जिल्लाको दशरथचन्द नगरपालिका वडा नं ९ का करिब ६५ वर्षिय मान सिहँ पन्त देहिमाण्डौँ बजारको सडक छेउमा मृत फेला परेका हुन् ।
मंगलबार विहान साढे ८ बजे उनि देहिमाण्डौँ बजारमा मृत फेला परेका देहिमाण्डौँ प्रहरीचौकीका इन्चार्ज उपेन्द्र तिमिलसेनाले जानकारी दिनुभयो । आफन्तहरुका अनुसार उनि मदिरा सेवन गर्दथे ।
सोमबार घरबाट बजार आएका उनले मदिरा सेवन गरेको र मदिरा सेवनका कारण राति चिसोले कठ्याङग्रीएर ज्यान गएको हुन सक्ने प्रहरीको अनुमान छ ।
वडा नं ९ को रौतगाडा घरभएका पन्त वडाकै नागाजुर्न स्वास्थ्य चौकीका पूर्व कार्यालय सहयोगि हुन् । उनले उमेर हदको कारण ५ वर्ष पहिले मात्रै अवकास प्राप्त गरेका हुन् ।
उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतल बैतडीमा राखिएको छ ।घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।मृतको घरमा श्रीमती,एक छोरी र ३ छोरा रहेका छन।
(रेडियो बैतडी बाट सभार)